ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।
चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?
प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?
राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?
कृष्णपक्ष
म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु ।
साँच्चै मिठो गजल हजुर !!
ReplyDeleteगज़ल मिठो लाग्यो मामाको ..
ReplyDelete"चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
ReplyDeleteफेरि के सोचेर, छुनु भयो हजुर?"
...सब, यो लोभी मनको दशा हो -हजुर !
aafno bolok kasari banaune ke malai shyo din saknu hunchh
ReplyDeletewow!!!!!!!!!!!!!!it really nyc n heart touchable sir...........malie gazal sarai man par6 .............yo pane dammi 6.
ReplyDelete