Responsive Ad Slot

Showing posts with label News Magazines. Show all posts
Showing posts with label News Magazines. Show all posts

झापाको कंचनजंघामा तिर्खाको समीक्षा

2 comments

Sunday

विर्तामोड, झापाको पत्रिका 'कंचनजंघा'मा तिर्खा कथा संग्रहको पुरानो रिभ्यु (जी के पोख्रेलजीले लेख्नु भएको) प्रकाशित भएको रहेछ । यस हार्दिकताको लागि मेरा आत्मीय मित्र लेखक साहित्यकार जिके पोख्रेल तथा कंचनजंघा पत्रिकालाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।

संसारमा अनेक तिर्खाहरू हुन्छन आदत, लत र अम्मलहरु हुन्छन । यसरी तिर्खाहरु अतृप्त हुन्छन । जो लागिरहन्छन, मेटिइरहन्छन र फेरी लागिरहन्छन । यो क्रम अनन्त चलिरहन्छ । चलिरहोस ।

kanchanjangha
Next Story: Older Posts Home

पराजयका भक्काना - जोतारे धाइबा (शव्दकोश )

2 comments
[caption id="attachment_2065" align="alignright" width="150"] जोतारे धाइबा जोतारे धाइबा[/caption]

मरुभूमिमा एउटा प्यासी यात्रालाई अघिल्तिर पानीले भरिएको सडकले थप दौडको निम्तो मात्रै दिइरहन्छ । मृगतृष्णाको त्यही खिरिलो धागोमा असिनपसिन भएर जिन्दगीले सर्कस चलाउँछ । त्यस्तो सकसमय सर्कस चलाउन बाध्यमध्येकै हुन्, वैदेशिक रोजगारीमा जानेहरू । कृष्णपक्षको नवीनतम कथासंग्रह 'तिर्खा' मा त्यस्तै प्यासी आत्माहरूको काकाकुल जिन्दगीका नसा छाम्न पाइन्छ ।

 
'तिर्खा'भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन् । तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना र यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन् । यौवन र तन्नेरी सपनालाई खुब स्वादले चपाइरहेको वैदेशिक रोजगारीको विवशता जति निष्ठुर छ, कठिन दिनचर्याबाट थाकेको मन-मगज टेको लगाउन प्रेम जस्तै कुनै साथको खोजीमा भौंतारिएका मनको दुर्दशा त्यति नै कारुणिक लाग्छ ।

कुनै पनि कथा समाज र त्यहाँ रहेका व्यक्तिका केही हाँसो पोतिएको व्यथा नै हो । यस मानेमा 'तिर्खा'भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन् । तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना र यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन् । यौवन र तन्नेरी सपनालाई खुब स्वादले चपाइरहेको वैदेशिक रोजगारीको विवशता जति निष्ठुर छ, कठिन दिनचर्याबाट थाकेको मन-मगज टेको लगाउन प्रेम जस्तै कुनै साथको खोजीमा भौंतारिएका मनको दुर्दशा त्यति नै कारुणिक लाग्छ । भ्यागुता जस्तै उफ्रिएर खुसीको सिकार गर्न तम्सिने यात्रीहरू आफैं विभिन्न खाले सिकारमा परिणत भएको कहाली हुन् कृष्णपक्षका कथाहरू ।

उनले एउटा कथामा 'पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमति' प्रकट गरे जस्तै श्रमशील, स्वप्निल र हारेको जिन्दगीलाई ऐना देखाउनु नै उनको कथाकोण देखिन्छ । खासमा सामाजिक न्याय पनि उत्पीडित, अपहेलित र शोषितहरूसम्म पुगेर उनीहरूको आवाज उत्खनन गर्नु नै हो । पात्रहरूका पराजित जिन्दगीसँग पाठकहरूले आफ्नै घाँटी जोडिएको पाउन सक्छन् ।

अधिकांश कथा भावनाप्रधान छन् । मन एकतमासको पार्दै लैजाने कोमल गद्य छ कथाकारसँग । इन्टरनेटको जालोभित्र ब्लगरका रूपमा लेखनमा रत्तिएका उनका कथामा पनि ब्लगमा जस्तै मनमौजीपन छ । त्यस्तो फुक्काफाल लेखनको शक्ति र सीमा दुवै हुन्छ । शक्ति : पात्र र परिवेशमा चाहेजसरी कल्पनाशीलता खेलाउन सकिने । सीमा : त्यही अधिक खुकुलो कथानकले घटना र चरित्र चित्रणको विश्वसनीयता बलियो नहुने । यही पछिल्लो विशेषताको सिकार भएका छन् अधिकांश कथा । कथाको अनपेक्षित अन्त्यमा हतारिने कथाकारले 'फिल्मी क्लाइमेक्स' को मोह राखे झैं देखिन्छ । कथामा प्रभाव पैदा गर्ने क्रममा झटपट एक सय ८० को कोणमा घटना देखा पर्छ ।

विभिन्न देशबाट इजरायल पुगेका श्रमिक युवायुवतीका दुःखान्तका साथै इजरायल - प्यालेस्टाइनबीचको वर्षौंदेखिको संघर्ष र त्यसले उब्जाएका सामाजिक जटिलतामा केन्द्रित छन् कथाहरू । वृद्धवृद्धाको सुसार गर्ने केयरगिभरको काममा खटिने क्रममा आफैं एकुन्टा कथा बाँचिरहेका युवायुवती दयनीय लाग्छन् । रोजगारीका लागि प्यालेस्टाइनबाट अवैध रूपमा इजरायल छिर्न असफल प्रयास गर्ने युवक शेरिफ होस् या वर्षौंदेखि प्यालेस्टाइनी भूमिमा रहेकी आफ्नी वृद्धा प्रेमिकासँग भेट्ने लालसामा जीवनको आखिरी सास गनिरहेको अरबी मूलको वृद्ध होस्, हतभागी पात्रहरूको ताँती छ । 'माइ लाइफ इज अ मिराकल', 'बूढो मान्छेको मन', 'जेरुसलायम सेल जहाव' र 'बा' जस्ता कथामा आएका वृद्ध पात्र त उस्तै लाग्छन् । कताकता पुनरावृत्ति भएका छन् पात्र र परिवेश ।

ती वृद्धहरू कतै सन्तानबाट परित्यक्त ज्येष्ठ नागरिकका रूपमा नयाँ पुस्तामा मौलाएको व्यक्तिवादी सोचको प्रमाण बनेर आएका छन् त कतै देशको इतिहासकै सग्लो धरोहर भएर पोखिएका छन् । इजरायल र प्यालेस्टाइनको विवादको चुरो र युद्धले निम्त्याएका दूरगामी असर बुझ्न त्यस्ता पात्रलाई प्रवक्ता नै मान्दा हुन्छ कथामा । प्यालेस्टाइन भूमि हडपिएको सम्बन्धमा एक ठाउँमा वृद्ध पात्रको विश्लेषण छ : युरोपमा यहुदीहरूमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालिस्टिनीहरूले मूल्य चुकाउनुपरेको मात्र हो ।' भूगोलमाथि आ-आफ्नो हकदाबी गर्दै चलेको संघर्षका बीच कतिपय किंवदन्ती जस्ता लाग्ने द्विदेशीय प्रसंग थुप्रै छन् । वृत्तान्त पढ्दै जाँदा कथाकारले कथा कम र बढी चाहिं संस्मरण र टिपोट लेखे जस्तो पनि लाग्छ । धेरै कथामा रिपोर्ताज शैली देखिन्छ ।

कथाकार कृष्णपक्ष केही कथामा उही परिवेशमा 'क्रिश' बनेर देखिनुले पनि कथानक-घेरो माछाको अक्वारियम जस्तो बन्न पुगेको झल्को मिल्छ । तर, क्रिश अरबी बालुवामा पसिना फिटेर जीवन चिल्याउन अन्त्यहीन प्रयास गर्ने ती तमाम श्रमिकको प्रतिनिधि बनेर देखिएका छन् । 'अनुहार', 'अपरिभाषित प्रेम', 'डायरीका पानाहरू' लगायतका केही कथाले त पुस्तकलाई अनावश्यक मोटो मात्रै बनाएका छन् । कला कलाका लागि भने झैं कथा कथाका लागि बनेका छन् ती ।

परदेशमा दुःखको असिनापानीले चुटेको सपनाको बिस्कुनदेखि स्वदेशको सशस्त्र युद्धको छिपछिपे प्रसंगसम्मको आयाम छ कथामा । शीर्ष कथा 'तिर्खा' मा यौनलाई भोक र प्यास जस्तै शारीरिक आवश्यकताका रूपमा अर्थ्याउने प्रेमा जस्ता खुला सोचका पात्र एकातर्फ छन् । अर्कातिर, मुस्लिम संस्कारमा निकै सङ्कुचित घेरामा बाँचेका इसरत जस्ता नारी पात्र सम्बन्धको मोडमा काँचो धागो जस्तै फुस्किएर हराउने सामान्य जस्तो लाग्ने तर नमीठो सामाजिक रीत छ । अहिले हामीले बाँचिरहेकै समाजका फरक अभ्यास र गतिका सजीव चरित्र हुन् दुवै ।

समग्रमा भर्भराउँदो यौवनको क्षय गरेर भए पनि सुरक्षित जीवनको खोजीमा फन्को मारिरहेको आम जिन्दगीको कथा हो यो संग्रह । तर, बुढ्यौलीसम्म यात्राको दूरी नाप्दा पनि कुनै कथाले पूर्णता पाउँदैन । कृष्णपक्षले पहिलो कथाकृतिमार्फत मध्यपूर्व र अरबको तापमान बुझ्न सघाउँदै पाठकसामु आशलाग्दो कथाकार हुर्काएका छन् । आफू बाँचिरहेको समाजको एक्स-रे गर्दै उनको कथायात्राले उँचाइतिर निशाना ताकेको छ, भलै इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा दीर्घकालीन युद्धविराम भएको होस् ।
Next Story: Older Posts Home

देश बाहिरको अनुभूति - प्रवीण बानियाँ (नागरिक दैनिक )

2 comments

Saturday

[caption id="attachment_2068" align="alignright" width="150"]प्रवीण बानियाँ प्रवीण बानियाँ[/caption]

हाम्रो देशबाट बर्सेनि लाखौंको संख्यामा पौरखी युवाहरू श्रमबजारको खोजीमा विदेसिन बाध्य छन्। आफू र आफ्ना परिवारका लागि धेरथोर खुसी किन्ने, घर बनाउने, अभावको धारिलो घेरा नाघेर अलिकति भए पनि आनन्दको सयम बाँच्ने, ऋण तिर्ने आदि इत्यादि सपनाका साथ हरियो राहदानी बोकेर अरब जाने युवाको लस्कर आज पनि उस्तै छ। उनीहरूसँगै अलिकति यो देश पनि उतै जान्छ।

देशका सपना–विपना, सुख–दुःख पनि उनीहरूसँगै जान्छन्। यो देशको भाग्य र भविष्यको ठूलो हिस्सा पनि सँगै जान्छ। र, ती युवाहरू विदेशमा गएर पैसासँग आफ्ना सपना–रहरहरू विनिमय गर्छन्। यही यथार्थ बोकेका बलिया कथाहरू पढ्न पाइन्छ, ‘तिर्खा'मा। एक वाक्यमा भन्नुपर्दा ‘तिर्खा' देशबाहिरको श्रमबजारमा बाँचिरहेको सानो नेपाल हो।
उनका कथामा पाइने एउटा विशेषता उनी निर्माण गर्दागर्दै कथामा कविता लेखिसक्छन्। कविताको सौन्दर्य कथाहरूमा पोखिसक्छन्। र, कथालाई कविताजस्तो बनाइदिन्छन्। आफूले भन्न चाहेको कुरा सुकिला विम्ब समातेर भनिदिन्छन्। उनका कथाहरु पढ्दै जाँदा कथा कम र बढी कविता पढेझैं लाग्छ।

युवा कथाकार कृष्णपक्षको नवीन कृति तिर्खामा २३ थान छोटा कथा छन्। अधिकांश कथाको मूल विषय डायास्पोरा र त्यसले जोड्ने जीवनका विविध सिलसिलाहरू नै हुन्। एउटा नेपाली नागरिक देशबाहिर गएर के–के गर्छ, जीवन कसरी बाँच्छ, त्यहाँको देशकाल, समाज, संस्कृति, राज्यव्यवस्था र इतिहासले उसलाई कसरी र कुन रूपमा प्रभावित पार्छ भन्ने कुरा प्रस्तुत कृतिभित्र समेटिएका अधिकांश कथामा खास विषय बनेका छन्। कथा नितान्त अनुभूतिपरक छन्। तर, त्यो अनुभूतिमा आफ्नो देश कहीँ छुटेको छैन। यहाँको राष्ट्रियता कतै हराएको छैन। घर र परिवारका सम्झना कथामा हरबखत उभिन आइपुग्छन्। आफू कामदारका रूपमा रहँदै आएको ठाउँ र त्यहाँका विभिन्न पक्षहरूले कथामा प्रशस्तै ठाउँ लिएका छन्।

कृष्णपक्षका कथाको जग अनुभूति नै हो। जसले गर्दा कथाहरू बढी निबन्धात्मक चरित्रमा संरचित छन्। सरसर्ती कथा पढ्ने पाठकलाई उनका कथा कविता पढेजस्तो सक्छ। अर्थात्, उनका कथामा काव्यिक सौन्दर्य र त्यसखाले तत्वहरूको उपस्थिति बलियो छ। कथाको विषय र त्यसको केन्द्रियता, कथाले माग गर्ने पात्र र पात्रहरूको विस्तार, घटनाक्रमको सिलसिला तथा परिस्थितिको निर्माणले कथाहरूले घुमौरो बाटो बनाएका छन्। अर्थात्, कथामा तात्विक दायरा भत्किँदै, सम्हालिँदै अघि बढेको छ। कथाले आंशिक आख्यानको माग गर्दछ। कथालाई घटनाक्रम र पात्रको आवतजावतका बीचमा फिँजाउन सकिएन भने कथा दबाबका बीचमा टुंगिन्छन्। त्यो बेला कथाकारिता खुम्चिन पुग्छ। त्यसको हानि कृष्णपक्षका कथामा खड्किएको पक्ष हो।
यौन अन्त्यहीन र नितान्त प्राकृतिक भोक हो, यसमा फरक मत नहोला। सम्बन्धमा समझदारी बन्छ भने यौनको भोक जहाँ र जहिले पनि परिपूर्ति गर्न सकिन्छ। यौनको भोक मेट्नका लागि कुनै वैधानिक सम्बन्ध नभए पनि फरक पर्दैन भन्ने कुरालाई छुट दिएको छ, कृतिको शीर्ष कथा ‘तिर्खा'मा। बहुसंख्यक कथामा इजरायल स्थान विशेषका रूपमा बारम्बार दोहोरिएर आएको छ। प्यालेस्टाइन र इजारायलबीचको राजनीतिक द्वन्द्वको पृृष्ठभूमि र द्वन्द्वोत्तर समाजमा अघि बढिरहेको दुई देशीय राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक अवस्था र त्यसले सिर्जना गरेका थुपै्र घटनाक्रम कथाहरूमा सहायक विषय बनेर आएका छन्। त्यसैगरी, नेपाली युवा देशबाहिर रहँदा कसरी त्यहाँको परिवेशसँग मिल्छ, अतिरिक्त सम्बन्ध कसरी सुरु हुन्छन्, कुन रूपमा विकसित हुन्छन् र कसरी अन्त्य हुन्छन् भन्ने कुरा पनि केही कथामा विषय बनेका छन्। अतः कृतिभित्रका बहुसंख्यक कथा डायस्पोरिक जीवनशैली र त्यससँग रोकार राख्ने अन्य पक्ष परिपरि घुमेका छन्।

पुरानो ‘फर्म्याट'का कथाहरू पढ्दै आइरहेका पाठकका लागि कृष्णपक्षका कथा नयाँ लाग्छन्। उनी कथामा फरक चरित्र देखाउन रुचाउँछन्। त्यसले कथाकारितालाई कुनै न कुनै रूपमा उज्यालो थपेकै छ। कथामा परम्परागत अनुशासन र दायरालाई अनिवार्य नठानी फरक शैली प्रस्तुत दिन खोजेको देखिन्छ। उनका कथामा पाइने एउटा विशेषता उनी निर्माण गर्दागर्दै कथामा कविता लेखिसक्छन्। कविताको सौन्दर्य कथाहरूमा पोखिसक्छन्। र, कथालाई कविताजस्तो बनाइदिन्छन्। आफूले भन्न चाहेको कुरा सुकिला विम्ब समातेर भनिदिन्छन्। उनका कथाहरु पढ्दै जाँदा कथा कम र बढी कविता पढेझैं लाग्छ।

सरल भाषामा उन्नत कथा खोज्नेका लागि कृष्णपक्षका कथा गुरुकुल लाग्छन्। कथाहरूमा चोखा विम्ब, संगीत र ओजपूर्ण शब्द खोज्नेहरूका लागि उनका कथाले झनै ठूलो महत्व राख्नेछन्। समसामयिकतालाई बुझ्ने र व्यक्त गर्ने अनि जीवन र जगतलाई हेर्ने उनको कथाको झ्याल नितान्त बेग्लै छ। कथाकारले त्यो झ्याल भर्खरै खोलेजस्तो लाग्छ, जसको उज्यालो उनका कथाभरि पोखिएको छ। उनका हरेक कथामा पाइने प्रस्तुतिको कोमलता, लालित्यले कुनै पाठकीय मन र मस्तिष्कलाई थाहै नपाई छोइसक्छ।

यी सबै कुराका बीचमा पनि कथाकारले कथाहरूमा केही रिक्तता, केही अभाव छाडेका छन्। केही टिप्पणी गर्ने सुविधा दिएका छन्। विषयको छनोटमा कथाकारले जुन चेतनास्तर र क्षमता राखेका छन्, कथा निर्माण र प्रस्तुतिमा भने चाहिने प्राविधिक कौशलता चित्तबुझ्दो पाइँदैन। कतिपय अवस्थामा कथा राम्ररी बुनिएका छैनन्। आवश्यकीय ठाउँमा कथाले मागेअनुसार पात्र पेस गरिएको छैन। कतिपय कथा पात्रहरूकै अभावमा टुंगिएका छन्। कति ठाउँमा कथालाई तन्काउन कन्जुस्याइँ गरिएको छ। उत्तम कथाका लागि भने यी घाटाकै कुरा हुन्।

अंग्रेजी साहित्यको ‘नन् फिक्सन राइटिङ'मा पाइने विविध कलेवर विषयको प्रभाव कृष्णपक्षका कथामा पाइन्छन्। यिनका कथामा अंग्रेजी साहित्यका १८/१९ औं शताब्दीका प्रसिद्ध कथाकार र कथाको चित्र पनि भेटिन्छ। भलै, सिर्जनाको प्रभाव पर्छ। नत्रभने कवि, लेखकका पछाडि संसार किन लाग्ने? सिर्जनाका माध्यमबाट आम मानिस र जगतले आफ्ना दुःख र पीडालाई सुख र आनन्दमा रूपान्तरण गर्न सक्दैन भने उनीहरूका रचना किन पढ्ने? कृष्णपक्षका कथाले पाठक हृदयलाई छुँदैनन्, आम मानिसलाई सुखद् अनभूति दिलाउँदैनन् भने उनका कथाको पछि किन लाग्ने?

 
Next Story: Older Posts Home

यौन आदर्शको कथा - राम गोपाल आशुतोष (नयाँ पत्रिका )

2 comments

Tuesday

[caption id="attachment_2056" align="alignright" width="150"]राम गोपाल आशुतोष राम गोपाल आशुतोष[/caption]

एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज –

पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
या आजै र राती के देखेँ सपना मै मरी गएको.....
वा तिमी जुन रहरले ममा फुल्न आयौ ...

सोही परिवेशमा प्रेम÷यौनकथा पढ्दाको आनन्द ! त्यस्तै अवस्थाबाट गुज्रनु, आफ्ना विस्मृतिहरूमा बहनु । कल्पेर कुनै कालखण्डमा मनको अतिथि । अथवा प्रेमी वा प्रेमिका सम्झनु । घात वा प्रतिघात, विछोड वा मिलन !
तिर्खा समग्रमा प्रेममा यौन आदर्शको कथा हो । सबलपक्ष के हो भने विपी कोइरालामा जस्तै कथाकार कृष्णपक्षमा पनि राजनीति नियमग्रस्त सामाजिक वस्तु हो र साहित्य स्वच्छन्द वैयक्तिक तत्व हो भन्ने धारणा स्पष्ट छ ।विपीले मानवमनका अन्तरनिहित सत्यहरू खोजी गरेर, अनुसन्धान गरेर सूक्ष्म हृदयका तर बलाई अध्ययन गरी कथामा प्रयोग गरे । कृष्णपक्षले आधुनिक वा उत्तर आधुनिक युवामनभित्र छिरेर उनीहरूको जीवनलाई खोतलेर प्रेम र यौनजीवनलाई उजागर गर्ने कोसिस गरेका छन् । विदेशी भूमि र जनजीवनलाई चपक्क टिपेर कथामा उन्ने प्रयास प्रशंसनीय छ ।

काठमाडौँमा अचेल धेरै पुस्तक आएका छन् । धार फरकफरक । काव्य, गीत, गजल, कथा, उपन्यास, नियात्रा, निबन्ध, आत्मकथा जीवनी आदि । अब प्रभाव वा अनुगुञ्जनको आदि वा अन्त्य हुन्न । कवितामा गोपालप्रसाद रिमाललाई लेख्नेहरू, भूपिलाई छुने हरू, वैरागी काँइला वा ईश्वर बल्लभलाई आदर्श मान्नेहरू धैरै छन् । कथामा विपीलाई अनुवाद गर्न खोज्नेहरू, इन्द्रबहादुर राईलाई पछ्याउन खोज्ने हरू, गुरूप्रसादलाई पुनरलेखन गर्नेहरू, परशु प्रधान वा हृदयचन्द्रसिंह प्रधानका पदचापमा आफ्नो लेखनको भविष्य देख्नेहरू धेरै छन् । यो एब्जायटी अव् इन्फ्लुयन्स् हो । ह्यारोल्ड ब्लुम्सले यस मनोवैज्ञानिक प्रक्रियालाई प्रभावको चिन्ता भनेका छन् ।

हामीले अनुभूत गरेको तर स्वीकार नगरेको सत्य कि एउटा लेखकले अन्यको प्रभाव वा रस ग्रहण गर्छ । तर आपूmले ग्रहण गरेको प्रभावको आभास आम पाठक वा लेखकलाई नहोस् भन्ने हरेक युवा वा वृद्ध लेखकको मनोदशा हुन्छ । उसले भरपुर प्रयास पनि गर्न खोज्छ । तर अध्येयतालाई थाहा हुन्छ । नयाँ कथा पुरानालाई चिरेर निस्कन्छ । यसरी अध्ययन गर्दा एउटा दुर्घटनाको डर सधैँभरि रहन्छ । पुराना कथा वा काव्यमा रहेका विचलन वा विडम्बना नयाँमा पनि रहने ।

यस्तै अभिगुञ्जन या अनुगुञ्न वा प्रभावमा सिर्जित कथासञ्चयन हो तिर्खा । युवा आख्यानकार कृष्णपक्षको नवीनतम कथाकृति । कूल २३ थान कथाको यो यस सब्ग्रहभित्र स्वदेश र विदेशका कथाव्यथाहरू छन् । प्रेम र युद्ध, यौन र हिंसा, इतिहास र सभ्यता, देश र अर्थतन्त्र समाज र सामाजिक विडम्बना र दुर्घटना आदिको दस्तावेज हो यो कथासञ्चयन । तिर्खा समग्रमा प्रेममा यौन आदर्शको कथा हो । सबलपक्ष के हो भने विपी कोइरालामा जस्तै कथाकार कृष्णपक्षमा पनि राजनीति नियमग्रस्त सामाजिक वस्तु हो र साहित्य स्वच्छन्द वैयक्तिक तत्व हो भन्ने धारणा स्पष्ट छ । विपीको राजनीति र साहित्यिक व्यक्तित्व फरक छ । कृष्णपक्षमा पनि आर्थिक लाभ र कथालेखनको धेय फरक देखिएको छ । विपीले मानवमनका अन्तरनिहित सत्यहरू खोजी गरेर, अनुसन्धान गरेर सूक्ष्म हृदयका तर बलाई अध्ययन गरी कथामा प्रयोग गरे । कृष्णपक्षले आधुनिक वा उत्तर आधुनिक युवामनभित्र छिरेर उनीहरूको जीवनलाई खोतलेर प्रेम र यौनजीवनलाई उजागर गर्ने कोसिस गरेका छन् । विदेशी भूमि र जनजीवनलाई चपक्क टिपेर कथामा उन्ने प्रयास प्रशंसनीय छ ।

कथासञ्चयनको पहिलो कथा ।।।नूर एल लाइन’ इजरायल, सिरिया र प्यालेस्टाइनबीचको युद्धको कथा हो । भूमि, धर्म र जातीय अस्तित्वका लागि भएको द्वन्द्वले फैलाएको आतब्कबाट विश्वको कुनै पनि देश अछुतो रहने छैन भन्ने मूल उद्देश्य यस कथाको रहेको छ । यस कथाकी मूलपात्र नूरलाई मानव बमको रूपमा प्रयोग गरिएकी एक अभिशप्त देशभक्त प्यालेष्टिनी नागरिकका रूपमा चित्रण गरिएको छ । प्रेमको आदर्श र दर्शन यस कृतिको अर्को विशेषता हो । वास्तविक लेखक वा साहित्यकार पर म्परागत सामाजिक निषेधको विपक्षमा हुन्छन् । वेद वा ग्रन्थ वा विविध पक्षबाट प्रभावग्र हण गरेर सारसंक्षेपले यो कथासञ्चयन सजिएको छ । दोस्रो कथा ।।।अपरिभाषित’ प्रे म पढेपछि आम पाठकले यही अनुभूत गर्नेछन् । प्रविधि र सञ्चारको विकासले लेखक, कलाकार वा आरजेका प्रशंसक घटाइदियो । नत्र, आदर्श मान्ने र प्रशंसकका रूपमा उनीहरूप्रतिको अनुराग र आदर्श बयान गरिनसक्नुको हुन्थ्यो । पाठक र लेखकबीचको आदर्श र दर्शन अनि कलाको भाषा र भूगोल हुँदैन भन्ने सन्देश दिन कथाकार सफल देखिन्छन् । तेस्रो कथा ।।।तिर्खा’ एक्काईशौँ शताब्दीको नारीको प्रेम हो । मिडियाको शक्ति र दुरुपयोगदेखि कथाकी नारी पात्र प्रेमाको खुल्ला यौनधारणा र सम्बन्ध यो कथाको मूल कथावस्तु हो । पुरुषसत्तालाई लात हानेर पुरुषले भोग्दै र फाल्दै आएको नारीले पुरुषलाई भोग्दै फाल्दा कस्तो विपरित क्रिया हुन्छ भन्ने पुरुष मनोदशाको द्वन्द्वात्मक प्रस्तुति सघन छ । ।।।अर्को मृत्युको कथा’ विदे शीभूमिमा श्रम खर्चिने र यो देशको अर्थतन्त्र धान्ने युवाको कथा हो । जसले प्र त्याक्रमणमा गरेको हत्याको सजाय मृत्यदण्ड पाउँछ । यो कथा पढेपछि पाठकको आँखामा आँशु अवश्य आउँछ । अरबीभूमिमा यस्ता घटना सामान्य हो ।

नेपाली साहित्यमा इतिहासदेखि वर्तमानसम्म आर्यहरूले एकछत्र राज्य गरेका छन् । उत्कृष्टदेखि भुईँफुट्टासम्मले इज्जत पाएका छन् । १२८ भाषाभाषिका यही ने पाली भाषाकै कारण दमित भएको आरोप गैर नेपालीभाषिहरूले लगाएका छन् । भाषिक र जातीय अहब्कार प्रायः नेपालीभाषिमा छ । आफ्नो जातिलाई उच्चकोटीको र तप र त्यागले मात्र अघि बढेको हो भन्ने बताउने प्रयास कथाकारले ।।।इसरत’ कथामार्पmत गरेका छन् । मुसलमान केटीको प्रेमप्रस्ताव अस्विकार गर्ने ।।।म’ पात्रले आफ्नो उद्देश्य र लक्षका अघि उभिएकी मुसलमान इसरतलाई तगारो ठान्छन् । भित्र कतै गढेको प्रेमलाई मारेर उनी आदर्श पात्र बन्ने अ÷सफल प्रयास गर्छन् । ।।।पर्खालपारिको देश – इजरायल’ यस कथासञ्चयनको एक महत्वपूर्ण कथा हो । यसले प्रत्येक मानवीय संवेदनालाई छुन्छ । यसरी अध्ययन गर्दै जाँदा मृत्यु चिन्तन कथाकार कृष्णपक्षको रु चिको विषय हो कि भन्ने भान हुन्छ । मृत्यु र पराजयका विषयमा उनको दर्शन निकै प्र शंसनीय छ । उनी भन्छन्, ।।।पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमत छु ।’ हो पनि । अचेल प्रत्येक पाइलामा मृत्यु छ । जागिर या अन्य कामका सिलसिलामा बिहान सकुशल बाहिर गएको पतिपत्नी, विद्यालय वा कलेज गएका छोराछोरीको मृत्युको खबर कुन शीर्षकमा आउने हो थाहा नै हुँदैन । इजरायल र पालेस्टाइनको युद्धको शिकार निर्दोष बेरोजगार युवा भइरहेकामा कथाकार विक्षिप्त छन् । ।।।मनोरम वस्ती’ लेखकको सेल्फ पोट्रेट हो । आफ्नो लेखन आदर्श र शैली प्रस्तुत गर्ने क्रममा उनले सरल वा क्लिष्टबीचको द्वन्द्वात्मकता प्रस्तेत गरेका छन् । स्पष्ट लेख्ने कि कालजयी लेख्ने भन्ने द्वन्द्वात्मक कलाशैलीको दुई पात्रबीचको सम्बाद पढेपछि थाहा हुन्छ कथाकार दिगोपनमा विश्वास गर्छन् । सरलताको वकालत गर्ने कथित सर लवादी मनोरम वस्तीजस्ता लेखकको भविश्य सुनिश्चित नभएको ठहर उनी गर्दछन् ।



विश्वविद्यालयका पाठ्यक्रममा अहिलेसम्म १७ औँ शताब्दीका कथा वा एकादेश शैलीका कथा पठनपाठन हुनु विडम्बना हो भन्ने कथाकार कृष्णपक्षको भाषा निकै सरल छ । काव्यात्मक कथा भन्ने उनको शैलीले पाठकको मन छुने छ । आँशु, हाँसो, अनुभव र भोगाइका अनेक जब्घार तरेपछि उनी कवि बनेका हुन् । प्रत्येक जीवनको आफ्नै दृष्टिकोण र दर्शन हुन्छन् । एकै आदर्श र उद्देश्य भएका राजनीतिक पार्टीभित्र पनि मतभेद हुन्छ । सत्यको धरातल सबैको एकै हुन्न । फरक हुन्छ । यस कथासञ्चयनको अर्को विशेषता भन्नु रुने र हाँस्ने, दुख्ने र पीडा भोग्ने सबै हामी नै हौँ । पसिनाको खेती गर्नेहरूको हो । विदेशमा श्रम बेच्न अभिशप्त नेपाली युवाहरूको हो । सपना देख्ने तर सपना हराएका विपन्न वर्गको हो । के ही यथार्थ र केही कल्पनाजस्ता लाग्ने सत्य बुन्ने कृष्णपक्षले खडा गरेका तमाम पात्र हामी नै हौँ । भोगेको दुःख र गुमाएको सपना हाम्रै हो । ईश्वरको तस्बिर, माइ लाइफ इज अ मिराकल, बा, रीत आदि कथा राम्रा छन् । औसत कथाले कथा परम्परारालाई नै धानेको छ । विपी कोइराला, सुवास घिसिब वा युधिर थापाका कथाका कथालाई आदर्श मानेजस्ता लाग्नेलाई तिर्खाभित्रका कथाले तिर्खा मेट्ने छन् ।  यदि उत्तरआधुनिक साहित्यका जनक ज्याक्स डेरिडाले झैँ टेक्स्टलाई
टुक्राटुक्रा पार्ने र टेक्ट बाहिर होइन भित्र पसेर पढ्ने हो भने कृष्णपक्षका कथा औसत लाग्ने छन ।

 

yaun adarsha ko katha
Next Story: Older Posts Home

कृष्णपक्षको शुक्ल संकेत - जिके पोखरेल (पुलेसो )

No comments

Saturday


सिर्जनाको मूल्यबोध न भ्याल्युमा हुन्छ न त भोल्युममा नै ! त्यसको आफ्नै सत्ता हुन्छ पाठकसित सिधा सम्पर्कको । र, प्यास बोकेर बसेका पाठकको असीमित ‘तिर्खा’ मेट्ने जिम्मेवारी हुनुपर्छ लेखकको । हुन त लेखक र पाठकको सत्ता सकुनी पाशाजस्तै हुन्छ, महाभारतको । एक सिक्काका दुई पाटा, जो समिपमा भएर पनि सम्मुख हुनै सक्दैनन् । उता साउनको उत्तरार्धमा ‘रूखो झरी’ बोकेर नेपाली आकाशको कालो बादल मडारिएर देश जलमग्न र पैरोले ध्वस्त भएको छ । यता भदौको पूर्वार्धमा काव्यिक ‘तिर्खा’को कुराले पाठकमा क्रोध नै जन्मिहाले पनि अन्यथाचाहिँ हुनेछैन ।

‘कृष्णपक्ष’ उपनामधारी कृष्ण थापाले ‘तिर्खा’ नाम राखेर मध्यम कलेवरको किताबमा बाइस थान छोटा कथा समेटेर बर्खायामको गर्मीमा ‘तिर्खा’को कुरा उठाएका छन् । इजरायलमा कार्यरत नेपाली युवाको अन्तष्करणले देखेको मध्यपूर्वी एसियाको जीवनपद्धतिको रूपमा किताबका पानाहरूमा अङ्कित भएर आएको ‘तिर्खा’लाई डायोस्पोराको डकार सम्झिने छुट पनि छ पाठकलाई । तर, बुझ्नुपर्ने के छ भने यो इजरायलमा बस्ने नेपालीको बासी आप्रवासी ह्याङओभर होइन । विदेशी कामदारको हैसियतले युद्धग्रस्त क्षेत्रमा जीवन व्यतीत गर्नुपर्दाका तीतामीठा सम्झनाको सौगात भन्दा झन उपयुक्त हुन्छ यसलाई । गत महिना इजरायल र प्यालिस्टाइनको गाजा क्षेत्रमा राम्रै ‘बमदोहोरी’ चल्यो । रूस र युक्रेनको ‘क्षेप्यास्त्र देउडा’ पनि हेर्न लायक थियो । यी र यस्तै द्वन्द्वको चपेटामा परेका विश्वमानवका साझा वेदना पात्रहरूका अनुभूतिसँग घोलेर सिर्जना गरिएका यथार्थपरक घटनाहरूको नालीबेली छ किताबमा ।
संस्कार, संस्कृति, मानवतावाद र विश्वपरिवेश सेटिङका उम्दा कथाकार हुन् ‘कृष्णपक्ष’ । विहान गड्गडाएर बेलुका सुक्ने खहरे खोलाका कित्तामा राख्न सकिँदैन यिनका कथालाई । माक्र्सवादीहरूले भन्ने गरेको ‘बुर्जुवा कित्ता’का यी ‘कामदार’ लेखकले विदेशी भूमिमा पसिना मात्रै बगाएनन्, उब्रिएको थोरै समयमा लेखेका कथामा दिमाग पनि लडाएका छन् । फुर्किने र सुर्किने नेपाली लेखकहरूका साझा प्रवृत्तिहरूबाट बचेर आगामी दिनमा आफूमा केही सुधार ल्याउन खोजे भने यी ‘तिर्खालु’ कथाकार कृष्णपक्षका कथा शुक्लपक्षजतिकै शीतल र चम्किला बन्नेमा शंका गर्नुपर्दैन ।

‘तिर्खा’ कथासंग्रहका सर्जकको नोस्टाल्जिक पाटो ढलान नगरेको पुलजत्तिकै कमजोर छ । ‘तिर्खा’ र ‘कहाँ गइस दिदी’बाहेक अरू कथाले पाठकको मन जित्छन् भन्ने भ्रम नपालेको भए हुन्थ्यो लेखकले । तर पारदेशिक स्थान, काल र पात्रका मनोदशाको चित्रण गरिएका ‘नूर एल आइन’, ‘अर्को मृत्युको कथा’, ‘बा’, ‘ईश्वरको तस्बिर’ आदि कथाले नेपाली कथाको क्षेत्रमा आफ्नो ‘स्पेस’ बनाउने हैसियत राख्छन् । भाषिक कला र बिम्वको भरमार प्रयोगले कथा पढुञ्जेल लेखकलाई सराप्नु पर्दैन, बरू समय कटानीको राम्रो बहाना बन्न सक्छ ।
कथाको परिवेश सेटिङ, वस्तुविन्यास, चरित्राङ्कन र भाषिक कलाको तालमेलमा यदाकदा कथाको विधातात्विक चिन्तन पराजित भएको देखिन्छ । कथा पढ्दै जाँदा निबन्ध हाबी भइदिन्छ । र, पात्र त कता विलाउँछ कता । यतिखेर झिनो कथानक ९एयित० आकाशम्म बिलाएको बोइङ विमानजस्तो थर्को मात्रै छोडेर हराउँछ । भाषा खिरिलो छ, वस्तुविन्यास पत्यारिलो छ र, छ परिवेशको अनुपम बान्की । यी तीन कुराको यस्तो राम्रो सेटिङ हुँदाहुँदै पनि बबुरो ‘प्लट’ कतै शून्य आकाशमा हराएको पात्रको खोजीमा जुनकिरीको पीँधजस्तो धिपाधिपे टुकी बालेर खोजी हिँड्छ ।

अर्को कुरा यो अाधि उपन्यास हो । अर्थात्, कथोपन्यास । कथाको लेखक कृष्णपक्ष र बहुकथाको पात्र कृष्णले इजरायली भूमिका आख्यानचूर्णहरूलाई एउटै मालामा उन्न ‘न्यारेटेर’को भूमिका खेलेको प्रतीत हुन्छ । यस क्रममा इजराइल–अरब संघर्ष र त्यसले निम्त्याएको ‘गाउँलाई नै निर्जन बनाउने दीर्घक्रीडा’ भित्रका धार्मिक–राजनैतिक आक्रोशको अङ्कन गरिएको छ । जन्मजात दुस्मनीका कारण त्यस्ता दुई जात र दुई धर्मका बीचमा तेस्रोमुलुक (युरोप–अमेरिका) ले राम्रोसँग चलखेल गर्न भ्याएको राजनीतिक यथार्थको पाटोमा अन्देखा हुन खोज्नु लेखकको ‘फ्लप चतुर्याइँ’ साबित भएको छ । तथापि सुरूदेखि अन्त्यसम्म एकै बसाइमा पढिसक्ने हो भने आख्यानहीन उपन्यासको स्वाद चाख्छ पाठकले ।
०००
‘जीवनका अनेक रूपहरू छन् । रङहरू छन् । आयामहरू छन् । मौसमसँगै र परिवेशसँगै मानिसका कथाहरू कति लेखिन्छन् कति । यसरी प्रत्येक मानिस आख्यानका अलिखित अध्यायहरू बाँचेका हुन्छन्,’ यो प्रस्टोक्ति लेखक स्वयंको हो । यस हिसाबमा कथाकार कृष्णपक्ष शुक्लपक्ष बनेका छन् पात्रहरूको जीवनचित्रको उत्खननमा । राज्य, कानुन र वर्गशीर्षको रेखांकनबाहिरका प्राणी ठानिएका सडकछापको ‘हिरोइज्म’ चर्चेर लेखकले पाठकीय सहानुभूति र संवेदना जित्ने उपक्रममाथि विजय प्राप्त गरेका छन् । यद्यपि, यस सिलसिलामा उनले संवेदना र सहानुभूति बिक्री गरेर सस्तो लोकप्रियता कमाउने ‘लुब्ध शैली’को भने तिरोहण गरेका छन् । यी कथा बालुवाउपर बिस्कुन फिँजाएर तिर्खैतिर्खा तड्पीएको मरूभूमिका व्याथा मात्र होइनन् । लेखक आफैँ भाँैतारिएका परदेशका प्रतिविम्ब र नोस्टाल्जिक मनले कोरेका आम मानिसका साझा संवेदना पनि हुन् ।

सत्य एउटै हुँदैन । र, सापेक्ष अर्थ आरोपित हुन्छ सत्यको । यस सन्दर्भमा गत महिना विश्वको समाचारको स्रोत बनेको इजरायली आक्रमण ‘सापेक्ष अर्थ’का रूपमा उल्लेख्य देखिन्छ । नेपाली युवा पत्रकारले ‘गाजाका हातहरू’ बनाउन सहयोग याचना गरिरहँदा उता इजरायलमा बस्ने नेपाली युवाचाहिँ त्रासमा पिल्सिरहेका थिए भन्ने यथार्थको चित्रण छ यी कथाहरूमा । त्यस स्थान र कालका सामाजिक, राजनीतिक, भौगोलिक र पारदेशिक भोगाइको पृथक् अर्थसम्प्रेषणमा केन्द्रित छन् यी सीमापारिका कथाहरू ।

संस्कार, संस्कृति, मानवतावाद र विश्वपरिवेश सेटिङका उम्दा कथाकार हुन् ‘कृष्णपक्ष’ । विहान गड्गडाएर बेलुका सुक्ने खहरे खोलाका कित्तामा राख्न सकिँदैन यिनका कथालाई । माक्र्सवादीहरूले भन्ने गरेको ‘बुर्जुवा कित्ता’का यी ‘कामदार’ लेखकले विदेशी भूमिमा पसिना मात्रै बगाएनन्, उब्रिएको थोरै समयमा लेखेका कथामा दिमाग पनि लडाएका छन् । फुर्किने र सुर्किने नेपाली लेखकहरूका साझा प्रवृत्तिहरूबाट बचेर आगामी दिनमा आफूमा केही सुधार ल्याउन खोजे भने यी ‘तिर्खालु’ कथाकार कृष्णपक्षका कथा शुक्लपक्षजतिकै शीतल र चम्किला बन्नेमा शंका गर्नुपर्दैन ।
Next Story: Older Posts Home

तिर्खा कथा संग्रहको बिक्रिबाट आएको रकम मध्ये एक लाख परोपकारी कार्यमा

No comments

Wednesday

तिर्खा कथा संग्रहप्रति देखाउनु भएको यहाँहरुको अपार मायालाई हामीले पहिरो पिडितको सहयोगमा बाड्ने निर्णय गरेका छौं । तिर्खा कथा संग्रहको बिक्रिबाट आएको रकम मध्ये एक लाख परोपकारी कार्यमा ...

यहाँले खरिद गर्नु भएको तिर्खा कथा संग्रहको प्रत्येक पुस्तकको लाभांश अब सामाजिक कार्यका लागि पनि जानेछ । समाचारको लागि कान्तिपुर दैनिकलाई हार्दिक धन्यवाद ।
Next Story: Older Posts Home

शुक्लपक्षको उज्यालो - राजकुमार बानियाँ (कान्तिपुर दैनिक)

2 comments

Tuesday



[caption id="attachment_2074" align="alignright" width="150"]राजकुमार बानियाँ राजकुमार बानियाँ[/caption]

रेगीस्तान अन्जान सहर, गल्ली, महल वा झ्यालखानामा हजारौंले आफ्नो यौवन, बल र पसिनाका साथै समय नै बेच्छन । र त्यसै क्रममा आफू शुन्य समय बाँचेको जस्तो अनुभूति गर्छन । बालुवाको अपार बिस्कुन फिजाएर तिर्खै तिर्खाले तड्पिएको रेगीस्तानी श्रम शिविरमा खुन संग नुन साटिरहेका युवक युवतीका सुख र दुख, आशा र उदासी. प्रेम र प्रणय अनि साहस र सपनालाई समेटिएको छ कथा संग्रह तिर्खामा ।

पुस्तकका २३ थान छोटा कथामा आफ्नै किसिमको मिठास छ । उनको आख्यान-विमर्श छ ' प्रत्येक मानिसले आख्यानका अलिखित अध्यायहरु बाँचेका हुन्छन । हामीले आख्यान बाँचेका छौं, मिथ्या बाँचेका छौं, सपना बाँचेका छौं ।'

rajkumar baniya
Next Story: Older Posts Home

समर खेल्न शत्रु छैन, जित्नुपर्ने युद्ध छैन I

2 comments

Monday


इजरायलको तेल अभिभमा नेपाली समुदायका विभिन्न संघ संस्थाको सामुहिक आयोजनामा बुद्ध जयन्ती मनाइयो । सहभागी हुने इच्छा हुदाहुदै पनि विदा मिलाउन सकिन । त्यो घडी धेरै 'मिस' गरें, यतिखेर आफ्नै एउटा लेख सम्झिएँ । सन्दर्भ - बुद्ध जयन्तीकै । ब्लगमा यसलाई नयाँ शिर्षक दिएँ - समर खेल्न शत्रु छैन, जित्नुपर्ने युद्ध छैन ....

तथापि हामी आफु आफूमै लडिरहेका छौं यसबेला । हामी आ आफैले अंगालेका आस्थाहरुले हामीलाई एक आपसमा शत्रु बनाइरहेका छन । विद्रोह, बन्द र हड्तालका शृंखलाहरु पुन दोहोरिन थालेका छन, यो अवस्थाको अन्त्य कहिले होला ? यो लेखको अन्त्यमा लेखिएको र गोपाल योन्जनले गाएको स्वदेश गानको एक हरफ उद्धृत गर्न चाहन्छु - शान्तिभन्दा पर अर्को भेट्नु पर्ने बुद्ध छैन ।

नेपाल चौतारीको पुरानो अंकमा प्रकाशित यो लेखलाइ इमेजमा क्लिक गरेर पनि पढ्न सक्नु हुन्छ ।



भत्किएका पत्थरहरु
कृष्णपक्ष



आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विर्सिएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचीसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म नियालीरहेँ ।…… म अहिले पनि आस्दोदमै छु यहाँ संगै काम गर्दा तिमीले भनेको भिक्षु उपासकका कथाहरु आजसम्म सम्झिरहन्छु । शायद वुद्धमार्गी भएर पनि हुनसक्छ तथागतका धेरै आख्यानहरु मेरो स्मृतिमा सधै ताजा रहेको छ जुन तिमीबाट सुन्न पन पराउँथे ।

..... र आज फेरि एउटा पाठककै हैसियतले सही तिमीले मेरो बुद्धधर्मको विषयमा केही लेखेको म पढ्न चाहान्छु । यहुदी इश्लाम वा क्रिश्चियनलाई छोएर लेखहरू लेखिरहँदा तिमीले बुद्धलाई किन सम्झिएनौ ? यसलाई इर्ष्र्या भन्छौ भने पनि मान्छु तर एउटा अङ्क बुद्धको लागि लेख है…॥

साथी निमा

पाठक प्रतिक्रिया भन्न पनि मिल्दैन, निमा साथी हो मेरो र यो उसको इमेल । इजरायल आएपछि शुरुको दिनमा उ र म आस्दोदमा संगै काम गथ्र्यौ । नयाँ वर्षको शुभकामना सहित उनले एउटा मेल सन्देश पठाएका रहेछन् ।

म के लेखुँ कुनै खास विषयमा केहि लेखुँ भनेर मैले कल्यिै केही लेखेको छैन । शायद कुनै प्रसंगमा कतै धर्मका कुरा पनि आए होलान् तर तिम्रो आस्थाको उपेक्षा गरें भन्ने नठान । तिम्रो यो अनुरोध संगै मेरो सम्झनामा परशु प्रधानको माइ लिटिल वुद्धुको कथा स्मरण हुन्छ । जापानतिर पलायन भएका शेर्पा युवकको विवशता उनले समेटेका छन् यसमा । तिमीले पनि वौद्धका गल्लीहरुमा उनी व्यापारीको हैसियतले मानेपेमे गर्दै प्रेयर ह्वीलु घुमाउदा र आज इजरायलको सडकहरुमा ह्वील चेयर घुमाउदाको अन्तरमा तितो वास्तविकतासँग साक्षात्कार गरेका छौ । तिम्रो मेरो र हामी सबैको नियति इजरायलमा लगभग उस्तै छ । हामीसँग महत्वाकाँक्षा जोडिएका समयका घातहरु छन् । वौद्धिक शुन्यता भरिएका कर्महरु छन् अनि त्यही कर्म गर्न हामी अभ्यस्त भएका छौं ।


तिम्रो सानो वुद्धलाई तिमीमा अनुवाद गरेर यस्तै केहि लेखुँ जस्तो लागेको थियो तर यस विषयले धर्मसंग कुनै सम्वन्धै राख्दैन जुन तिम्रो अनुरोध प्रति अन्याय हो । फेरि तिमी लेखको शीर्षक मानेपेम्मे हुँ राख भन्छौ । मित्र मानेपेमेको शाब्दिक आकारलाई श्पर्श सम्म गर्न सकें । यसको गहिराईमा चुर्लुम्म डुबेर लेखको शीर्षक नै मानेपेमे राख्ने साहस गर्न नसकेकोमा मलाई माफ गर्नेछौ ।


यसैपनि सन्दर्भ र अध्ययनको अभाव छ इजरायलमा । यदि तिमीले त्यो सानो वुद्ध प्रतिमाको सट्टामा धम्मपद वा नेपालीमा उल्था गरिएको कुनै वुद्ध ग्रन्थ उपहार दिएको भए सम्भव पनि हुन्थ्यो होला । तिम्रो अनुरोधको विरोधाभाष जस्तैलाग्ने गरि यसको शीर्षक "भत्किएका पत्थरहरु" लेखिरहेछु पत्थरहरु भित्रबाट तिमी वुद्धको आत्मा खोजिहेर ।



वर्षौ पहिले मध्य एशिया, यूरोप, मध्यपूर्व अनि भारत र चीनसंगको प्रमुख व्यापारिक मार्गको रुपमा विकसित भएको सिल्करोड अफगानिस्तानको वामियान उपत्यका हुँदै जान्छ । जस्को छेउमा उभिएका पहाडहरुबाट विशाल चट्टानी श्रृंखला शुरु भएको छ । आदिवासीको स्वर्ग जस्तै प्रतित् हुने ती चट्टाना पहाडमा अनौठा र अनकन्टार सुरुङहरुमात्र थिएनन् शताब्दीऔं पुराना कलाकृति र मूर्तिहरु यी चट्टानहरुमा कुदिँएका थिए । र मानव इतिहासकै सवैभन्दा विशाल बुद्धमूर्तिहरु कोषैपरबाट ती पहाडमा चम्किरहेका देखिन्थे । आजसम्म कुनै कालीगढले यस्तो विशाल भीमकाय मूर्ति किहं बनाएकै छैन । पत्थरको अग्लो पहाड नै मूर्तिमा ढालिएको यो विश्वकै सबैभन्दा ठूलो वुद्धमूर्ति थियो ।

सुन्दर वामियान उपत्यकाको सुरक्षार्थ यसको नजिकै एउटा पहरेदारी वस्ति वसाइएको थियो । ३००० मनिसहरुले यो उपत्यकालाई शत्रुका हातबाट बचाउन एउटा शहर नै निर्माण गरेको थिए । वाह्रौ र तेह्रौ शताब्दीतिरको त्यो शहरुलाईृ लालशहर भनिन्थ्यो जुन वामियान उपत्यका प्रवेश पूर्व ८०० फिट नजिकै थियो । १२२१ मा यहाँ जेंगिज खानका नातिले आक्रमण गरेको थिए । त्यो युद्धमा उनी मारिएपछि आक्रोशित भएका जेंगिज खानले वदलामा सारा वस्ति खण्डहरुमा परिणत गराइ दिएका थिए । यो आक्रमणपछि लाल शहरले कल्यिै जीवन्तता पाएन पौराणिक इट्टाका भित्ताहरु चाहि यथावत रहिरहे किनकी यो मरुभूमि शहरमा तिनको अस्तित्व सखाप बनाउन सक्ने भीषण वर्षा शायद कहिल्यै आएन होला ।

उता वामियान उपत्यकाको वुद्ध वस्तिबाट वुद्ध धर्मावलम्वीहरु सधै सधैंका लािग विस्थापित भएर गए । अफगानिस्तान भन्ने वित्तिकै आतँककारी ओसामा विन लादेनलाई खोज्दै अमेरिकाले ध्वस्त वनाएको मुस्लिम राष्ट्रको चित्रण हुन्छ-हाम्रो मनमा ।

तर हामीले सुनेको यही आतंकको थलो कुनैवेला हजारौ वुद्धगार्मीहरु भिक्ष्ा र तपस्वीहरुको तपोभूमि थियो । धर्मचक्रहरु घुमिरहेका त्यहाँका गुम्वाहरुमा खीटका धुन सँगै "ओम मणि पद्मे हुँ" का मन्त्रहरु गुञ्जिरहेका सुनिन्थे । मानव सभ्यताको विकास हुदै जाँदा शुरुको समयमा तेस्रो वा चौथो शताब्दी देखि नै यहाँ वुद्ध धर्म फक्रिएको थियो । "ॐ माने मेम्मे हुँ" को संकेत वुद्ध ध्वजाहरु गुम्वाका भित्ताहरु र घुमाउने चक्रहरु जहितिहं कोरिएको हुन्छ किन सम्मानित वुद्ध मन्त्र ॐ मणि पद्मे हुँ -ओम मानेपेमे चल्तीमा को प्रत्यक्ष कमल पुष्पको यज्ञमाथि मणिको अर्पण भन्ने जनाउँछ । यस मन्त्रोच्चारणले आत्मालाई मुक्तिको बाटोतर्फ डो-याउछ । यो सुक्तिलाई लाखौ वुद्धगार्मीहरुले दैनिक धार्मिक अभ्यासको रुपमा हजारौं पटक उच्चारण गरेर वा जप गरेर आफूलाई नितान्त अनाशक्त शान्त र पवित्र बनाइरहेका हुन्छन् । मणिको अर्पणले वहुमूल्य जुहारतको दान भन्ने प्रत्यक्ष अर्थमात्र राख्दैन कि यसले लोभ लालच आशक्ति र व्यग्रतालाई पन्छाएर मनलाई दुःखबाट छुटाउछ । वुद्धधर्ममा यसको महत्व र अर्थ यति व्यापक छ कि यसले सुख शान्ति समृद्धी खुसी र ज्ञान र महामुक्तिको सम्पूर्ण कामना एकैपटकमा गरेको हुन्छ ।



चीनको हिमाली भूभाग सम्म लम्बिएको ुहिनुदक्रशु पहाडि श्रृंखलाको अन्तिम लहर र लालशहरलाई काखमा राखेर तरेली जस्तै परेको ुकोही बाबाु पहाडी श्रृंखला । यी दुई पहाडी श्रंृखलाहरुको बीचमा शान्तिको सुन्दर वामियान उपत्यका अवस्थित थियो जुन अफगानिस्तानको काबुलदेखि करीब २३० किलोमिटर पर रहेको छ । विशेषतः तेस्रो शताब्दी देखी नवौ। शताब्दीसम्म यहाँ बुद्ध धर्मावलम्वीहरुको घना वस्ती रहेको थियो पछि विस्तारै इश्लाम धर्मको प्रभाव वढ्दै गएको कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

चिनीया तीर्थयात्री हुआङ साङले वामियान उपत्यका सन् ६३० मा भ्रमण गरेको थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्- "हजारौं भिक्षुहरु र दशवटा गुम्वाहरु भएको वामियान वुद्धिष्टहरुको केन्द्र हो । ती आश्चर्यलाग्दा भीमकाय वुद्ध प्रतिमा जुहारतले सजिएको रंगिन र सुन्दर थिए । यति बिशाल चित्राकर्षक मूर्ति भविश्यमा शायदै वन्नेछ ।" उनले अझ अर्को तेस्रो वुद्ध मूतिको विषयमा पनि उल्लेख गरेका छन् तर त्यो धेरै पहिले नष्ट गरिएको मनुमान गर्न सक्छौ ।

साच्चै नै आजसम्म त्यो अति नै भिमकाय वुद्धको प्रतिमा कतै बनेकै थिएन जसलाई दुष्ट तालिवानीहरुले केवल पत्थरमात्र देखे र विश्वकै अमूल्य सम्पदा सधैंको लागि भत्काएर धार्मिक कट्टरताको परिचय दिए ।

कुनै समयमा ती बुद्ध प्रतिमाहरु कोषौ परबाट सम्म निश्चय नै सुन्दर अलौकिक देखिन्थे होलान् । तामाका मुहार र हातहरुयुक्त ती दुई प्रतिमाले संसारमा वुद्धज्योति छरिरहेको जस्तो लाग्थ्यो । बाह्रौ शताब्दीसम्म वामियान भारतीय उपराज्य गान्धाराको अधिनमा थियो । वुद्धमार्गी वा हिन्दुहरुको धार्मिक क्षेत्र तथा धर्म दर्शन र ग्रीक-भारतीय कलाको केन्द्रस्थलको रुपमा स्थापित भएको थियो ।

गुम्वाका भिक्ष्ाहरु वामियानका पत्थरी पहाडका गुफाहरुमा कुटी बनाएर ध्यान गर्थे । ती मध्य धेरैले गुफाहरुमा र नीर्जीब पत्थरहरुमा बुद्धधर्मका अनेकौं आकॄति कुंदेर जीवन थपेका थिए । वामियान उपत्यकाका ती पौराणिक अवशेषहरु र दुइ विशाल बुद्ध आकृतिलाई युनेस्कोले विश्व सम्पदासूचिमा सुचिकृत गरेको थियो । एउटा वुद्ध प्रतिमा ५०७ र अर्को सन् ५५४ मा निर्माण भएको अनुमान छ । जसको उचाई क्रमशः १२५ फिट र १७५ फिट थियो । वुद्धधर्म फैलिएको त्यो कालखण्डमा ती चट्टानी पहाडभित्र तस्स्या गरेर शान्तिको खोजिमा लागेका भिक्ष्ाहरुले वर्षौको मेहनत लगाएर संसारकै गौरव ती पत्थरका प्रतिमाहरुको सृजना गरेका थिए । उभिएको मूर्ति विरोचनको र वसेको मूर्ति शाक्यमूनि वुद्धको थियो । हजारौ वर्ष अघि अनकन्टार चट्टानी गुफाहरुमा सांसारिक मोहबाट टाढा रही भूमिगत जस्तै अलप भएर तपस्या गर्ने तपस्वीहरुले त्यो अग्लो चट्टानी पहाडलाई नै खोपेर वुद्ध आस्थाको कलामात्र देखाउन खोजेका थिएनन् उनीहरुले कुदेका प्रतिमाका प्रत्येक वस्त्र गहना वा अंग आकृतिहरु प्रेम शान्ति र सहनशिलताका प्रतिक थिए ।

विरोचनको यो एतिहासिक सिला आत्मालाई ढुंगामात्र ठानेर करिव १ महिना सम्म सैयौं रकेट गि्रनेट र विस्फोटकहरु प्रहार गरेर मानव धर्म विरोधीहरुले क्रुरताको कस्तो उदाहरण देखाउन खोजेका थिए जसले विश्व समुदायलाई नै आश्चर्यमा पार् यो । हाम्रो युगको सवैभन्दा दुखदायी घट्ना घटाएर आफ्नै समुदायबाट समेत आलोचित र कलंकित भएका उनीहरुले पत्थरमाथि आक्रमण गरेर धर्मको अर्थलाई नै भत्काउन पुगे ।

वामियान वुद्धमाथिको आक्रमण धेरै पहिले देखि नै गरिदै आएको थियो । विश्व राजनीति िहंश्रक र अशान्त वन्दै गइरहेको परिपे्रक्ष्यमा यस्तो कि्रयाकलापलाई हामी शान्तिमाथिको आक्रमणको संज्ञा दिएर हेर्न सक्छौं । पश्चिम भारत र अफगानिस्तानलाई वाह्रौ शताव्दीतिर धांजीका मुहम्मदले आक्रमण गरेपछि त्यहाँका धेरै गुम्वा र अन्य कलाकृतिहरु लुटिए वा नष्ट गरिए । इश्लाम प्रसारकहरुद्धारा कैयांै पटक ती विशाल प्रतिमाहरु भत्काउने प्रयासहरु भए । तर ती प्रतिमा भत्काउनु पहाड फुटाउनु जस्तै कठिन थियो । अन्तिम मुगल सम्राट औराङजेवले पनि धार्मिक इष्र्याको कारणले बाँकी रहेका कलाकृतिमाथि वारुद र तोपगोला वर्षाएर कुकर्मको हद पार गरेका थिए भने त्यसरी नै नदीर शाह नामक शासकले पनि ती मूर्तिमाथि निरन्तर आगो लगाएर नष्ट गर्ने असफल कोशिष गरेको थिए ।

बामियान बौद्धस्थल यूरोप भारत र चीन बीचको ऐतिहासिक व्यापारिक केन्द्रमार्ग त थियो नै साथै तीर्थयात्री भिक्ष्ा योगी वा लामो यात्राका व्यापारीहरुको अस्थायी आवासको रुपमा पनि ती चट्टाना गुफाहरु रही आएका थिए । पछिल्ला वर्षहरुमा ती खुल्ला र चिसा गुफाहरु अफगानिस्तानको िहंसात्मक गुहयुद्धको चपेटामा पि_िल्सएका आन्तरिक शरणार्थीको वासस्थान पनि भएको थियो ।

दुष्टहरुका कैंयौ कोशिष वावजुद पनि हामीले पाइला टेकेको २१ औ। शताब्दीसम्म ती भीमकाय प्रतिमाहरु यथावत रहेका थिए तर आजको यो चेतनसिल युगमा आइसकेर पनि हामीले तिनलाई यसरी गुमाउन पुग्यौ। कि विश्व समुदायले केही गर्न सकेन । मानव शान्ति माथि मानवरुपी दानवहरुद्धारा यसरी नै जघन्य आक्रमण भइरहेको छ । अर्को तिर चेतनशील वर्गहरु निरिह भएर मौनता अंगाल्न विवश भइरहेको छन् । तालिवानीहरुको घृणित कार्यले मानव सभ्यतामै दाग लगायो । चट्टानहरु संगै यसले धामिृक सहिष्णुतामा विश्वास गर्ने सबै मानिसहरुको विश्वास माथि आघात पुर् यायो । पर्वत समान प्रतित हुने ती प्रतिमाहरु महायाना वुद्धमार्गका महान विम्बहरु थिए । जसले भिक्ष्ा वा तपस्वीहरुमात्र नभई जो कोही पनि आत्मज्ञानको उज्यालो प्राप्त गर्न सक्छ भन्ने पे्ररणा दिइरहेको हुन्थ्यो । ती ऐतिहासिक वुद्ध प्रतिमाहरुको महत्व र मूल्य आजको पुस्ताको लागि अमापनीय थियो अनमोल थियो । लामो वामियान उपत्यकाको चट्टानी पहाड जसले हिन्दुकुश र कोहीवावा पर्वनीय श्रंखलालाई विभाजन गरेको छ त्यहाका ती धरोहर भत्काउन प्रयुक्त वम विष्फोटको आवाजले शान्तिप्रेमी सम्पूर्ण मानव समुदाय त्रसित हुन पुग्यो ।



मान्छे भित्रको बुद्ध आत्मा स्वार्थले पुरिदै गएको छ । आज समस्त शान्ती प्रीय मानिससमा यस्ता कुकृत्यको विरुद्धमा कसरी प्रश्तुत हुने सोच्न सकिरहेका पनि छैनन् । व्यस्तता मानवीय समवेदना हीनता र आधुनिकताले निम्त्याएको परिणाम हो यो । आफू बाहेक अरुको अस्तित्व स्विकार्न नचाहने र प्रदुषित मानसिकता बोकेको समुदाय धर्म वैमनस्ययुक्त विश्व राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुबीचको असन्तुलनको प्रभावबाट यसरी दिनदिनै निरिह बुद्धका सहनशिल मनहरु निशाना वन्दै गइरहेका छन् ।

ऐतिहासिक स्थलहरु मूर्ति-मन्दिर वा सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने कालचेतना आजका शिक्षित मानिसहरुमा मात्र नभै वामियानका भेडा बाख्रा चराउने किसानहरु वा पर्यटकलाई खानेकुरा र पानी पुर् याउने स्थानीयहरु बीच पनि उत्तिकै थियो । तर िहंस्रक शैतानी मन बोकेका धार्मिक अगुवाहरु जो अिहंसा शान्ति विश्व वन्धुत्व र मिलनसारिताको आध्यात्मिक सन्देश फैलिएको हेर्न चाहदैन थिए उनीहरु सम्पूर्ण विश्वले आपत्ति विरोध र खेद प्रकट गर्दा पनि इतिहासकै घृणित र लज्जास्पद कार्यमा सफल भएरै छाडे ।

कट्टर राजनेताको उत्तेजित मनोवेगको विनाशकारी यो निर्णयले धर्मसंग मात्रैपनि सम्बन्ध नराखेर ज्यादा राजनिति र आतंकवादी गतिविधि संग सरोकार राख्छ भनेर धेरै विश्लेषकहरुले ठम्याए । सन २००६ मा तिनै विशाल मूर्ति र वौद्धक्षेत्रको सेरोफेरोको विनाश खिचिएको ूदि जियान्ट बद्धजू नामक डकुमेन्ट्री बनाइयो यसमा त झन के प्रमाणित गरेर देखाईएको छ भने- विनाशकारी त्यो आदेश २००१ मार्चमा इश्लाम नेता मुल्लाह ओभारको नभै आंतककारी नेता ओसामा विन लादेनको थियो जसले पछि अमेरिकाको ट्वीन टावर ध्वस्त गर्ने आदेश पनि दिएका थिए ।

जब जब धर्मको क्षति हुन्छ र पापकर्म वढ्दैजान्छ तव म अवतार लिनेछु भनेर कृष्णले महाभारतमा भनेका छन् । इश्वरीय अवतारको रुपमा नै सही अन्तत्वगत्वा आतंककै वहानामा भए पनि तालीवानी क्रुर शासकहरुको विनाश भएरै छाड्यो । लादेनलाई संरक्षण गरेको र आतंकको थलोको रुपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरि तालिवानीहरुलाई पतन गराएपछि धेरैले त्यो घट्नालाई आध्यान्मिक रुपमा गाासेर विश्लेषण गरे । त्यसो त अमेरिकी अभियान आफैमा अर्को आतंङ्क हो भनेर विश्व समुदायमाझ आलोचित भइराखेको छ । हामी त्यता नजाउँ यतिमात्र बुझौं मूर्तिमाथि अन्याय गर्नेहरु धेरै दिन टिकेनन् ।

निमा तिमीले थाहा पाएका थियौ हालका इजरायलका राष्ट्रपति सिमोन पेरेजले टेम्पल माउनट भित्रको मुस्लिम वाहुल्यता रहेको धार्मिक स्थलमा प्रवेश गर्दा यहुदीहरुले इजरायलभरी कत्रो विरोधको आगो सल्काएका थिए ! तिम्रो समुदायले पनि वुद्धमूर्ति भत्काएको त्यो क्षणमा के हिन्दु वा मुस्लिमजस्तै या कि्रशिचयन वा यहुदीहरु जस्तै विपक्षको मन्दिर मस्जिद वा चर्च भत्काएको आगो वाल्ने र पुस्तक ग्रन्थहरु जलाउने कार्य गर्न सक्दैनथ्यो र

तर अहँ उनीहरु वुद्ध मार्गमा हिडेका थिए । स्वभाविक रुपमा तिम्रो समुदायबाट खेद र आपत्ति त आयो तर यसले संघर्ष र रक्तपातको कुनै बाटो लिएन । सधै झै बुदमार्गीहरु उस्तै शान्त मौन र सहनशील रहिरहे । उनीहरु बुद्ध प्रकृतिजस्तै नितान्त उद्धेगरहित सागर बनिरहे ।

अफगानिस्तानमा वुद्धमार्गीहरु विस्थापित भएर मुस्लिमहरुको जगजगि भएपश्चात पनि त्यो ऐतिहासिक वामियान उपतयका र हजारौ वर्ष पुरानो विशाल बुद्ध प्रतिमा बुद्ध समुदायको लागि गौरवको पर्यटकीय क्षेत्र बनेको थियो ।

यद्यपी धार्मिक स्थलको रुपमा स्थानीयहरुले स्थापित हुन भने दिएका थिएनन् । कतिपयलाई त त्यो वुद्धको मूर्ति थियो भन्ने सम्म पनि थाहा थिएन । शाक्यमुनिको वसेको प्रतिमालाई उनीहरु कुनै स्त्रीको मूर्ति भनठान्थे र विेरोचनलाई पुरुषको आकृति । वुद्ध धर्मावलम्वीहरु त्यहाँ कोही बस्तैनथे ।

पछिल्ला धेरै वर्ष देखि यता त्यहाँ कुनै गेरु वस्त्रधारी बुद्ध भिक्ष्ाहरुले मानेपेमे हुँ भन्दै हिडेको देखिएको थिएन । न त भत्कदै गएको बुद्ध प्रतिमा र खण्डहरुको अस्तितवमा रुपान्तरित भै सकेको गुमवाहरु र ढुंगे गुफाहरुमा धर्मका कुनै मन्त्र वा भक्ति संगित गुिाजएको नै थियो । पर्यटकीय धरोहरका रुपमा भ्रमण गर्नेहरु त धेरै भए होलान् तर त्यहाँ धार्मिक तीर्थयात्राको लागि वुद्धमार्गीहरु नगएको धेरै वर्ष भैसकेको थियो ।

मान्छेको नयाँ वस्ती र नयाँ समाजको निर्माण संगै धार्मिक राजनितिक उचारचढाव र पिल्स्याइहरुबीच भत्किदै गएको त्यो पत्थरको मूर्तिबाट वुद्धको आत्मा पहिले नै हराइसकेको थियो कि ! शायद हुन सक्छ तिमीहरुले यस्तै केही सोच्यौ कि भनेर विश्व सशंँकित पनि भएको थियो । तिमीहरुको मौनता र मूर्तिमा आत्माको प्रतिस्थापन गर्ने परम्पराले यस्तै सोच्न वाध्य वनाएको थियो । तर तिमी विरोधमा नआएको त्यो कारणले थिएन ।

वुद्ध त शान्ति हो तिमीहरु शान्त भयौ । तिमीले कसैलाई शत्रु देख्नै सकेनौ अज्ञानीहरुको भूलको लागि सँघर्णमा जानु तिम्रै धर्मले दिएन । प्रतेक ढुङ्गाहरुमा वुद्ध आत्मा वाँचिरहेको थियो जसको भौतिक स्वरुप भत्काइदा तिम्रो मन दुखे पनि सधै अटल र निश्चल रहेको तथागतको शान्त आत्मिक स्वरुप र शान्तिप्रतिको आस्था तिमीले भंग हुन दिएनौ ।

गोपाल योञ्जनले गाएको यो गीत जस्तैः

समर खेल्न शत्रु छैन
जित्नुपर्ने युद्ध छैन
शान्ति भन्दा पर अर्को
भेट्नुपर्ने वुद्ध छैन ।
Next Story: Older Posts Home

जेरुसलायम सेल जहाव

4 comments

Tuesday


(
म भर्खर इजरायल प्रवेश गर्दा लगभग पाँच बर्ष अघि शुरुमा इजरायलबाट प्रकाशित हुने पत्रिका "नेपाल चौतारी"मा प्रकाशित निकै पुरानो लेख ।)




वैजनी रंगका ढकमक्क शिरीषका फूलहरु भूइँभरी पोखिएका छन् । व्यवस्थित घर अनि फराकिला भित्री सडकका ठाउँठाउँमा निर्माण गरिएका उद्यानहरुले यहाँको सुन्दरता मात्र बढाएको छैन्, विदेशबाट आएका हामी जस्ता केयरगिभरहरुको दिनाचर्या सरल र मधुर बनाइदिएको छ । होचा सिसौका पातहरु हल्लाउँदै शीतल हावा बहन थालेपछि प्रायः हरेक साँझ म मेरो बूढो साथीसँग घुम्न निस्कन्छु, अनि ऊ सधैं मर्दै र बाँच्दै गरेको यो शहरको र उसको कथा हिब्रू मिश्रित अंग्रेजीमा मलाई सुनाउन थाल्छ ।

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो ‘जोहारिस’ मेरो अगाडि आफैंमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले देखेको छ, भोगेको छ र कति–कति अविस्मरणीय पलहरुलाई छातीको भित्री तहमा शिलालेखजस्तै आरुढ गराएर राखेको छ ।

मायासँग भेट नभएको पनि बर्षौ भइसकेछ ।
नेपाली नाम जस्तै लागेर म प्रश्न गर्छु— माया को थिइन ?

माया उसकी बाल्यकालदेखिकी अभिन्न साथी थिइन्, अर्थात खबेरा... लामो सुस्केरा हाल्दै ऊ सम्झन्छ - 'माइ' (मे) मा जन्मिएकीले माया नाम राखेको रे । यसपालीको जन्मदिनमा छोरीको घर बेरशेवा जानु अघि नै धेरै पटक उसले मायासँग फोनमा कुरा गरेको थियो । कतै कुनै सिलसिला मिलाएर भेटन पो सकिन्छ कि ! शायद यस्तै झिनो आशा उसको मनमा हुँदो हो । त्यो धोको फेरि पनि विविध कारणले अधुरै रह्यो, सबै कारणहरुको विश्लेषण गर्ने सामर्थ्र्य पनि उसको उमेरसँगै क्षीण हुँदै गइसकेको छ । माया पनि धेरै बुढी भइसकिन् अब त नभेटी मरिन्छ होला !

समयले ती दुईलाई परस्पर शत्रु राष्ट्रको नागरिक बनाएपछिका शुरुका दिनमा पश्चिम किनारको सिमानामा काँडाको तार बाहिरबाटै भेटेर रुँदै फर्केको तितो अतित सुनाउँदै गर्दा उसको गला अवरुद्ध हुन्छ । देश फाटिए पनि मन र माया त काँ फाटिंदो रहेछ र ?

मन र भावनाको बहाव विपरीत बगेर पनि जिन्दगीले गति त लिंदो नै रहेछ । जीवनको धेरै लामो बाटो हिंडिसकेको छ उसले, यो यात्राका अन्तिम वर्षहरुलाई सजिलो बनाउन भगवानले मलाई पठाइदिएको हो भनेर ऊ मेरो मन जित्छ । मेरो उत्सुक स्वभावको पनि ऊ अत्यन्तै प्रशंसा गर्छ । नेपाली चौतारीको मेरो लेख देखेर मलाई लाग्छ मभन्दा ज्यादा त ऊ नै हर्षित हुन्छ होला । शुरुदेखि अन्त्यसम्मका एक–एक हरफहरु उल्था गरी गरी सुनाउनु पर्छ ।

हामी धेरै अनुभवहरु साटासाट गर्छौं, यिनै बुढाबुढीको मुहारमा देखिने खुशी र आँसुका रेखाहरु पढ्न हामीले अमूल्य समयसँग सम्झौता गरिसकेका छौं– एउटा सुसारे भएर ।





उसको उच्च अध्ययन अमेरिकामा भएको थियो । त्यहाँ पनि माया उसकी सहपाठी थिइन् । क्यालिफोर्निया राज्यको लस एञजल्समा रहँदाका ती स्वर्णीम दिनहरु ऊ सम्झन्छ । अमेरिकी समाजमा ती अनन्य जोडीले यौटै देशको प्रतिनिधित्वको रुपमा आफूलाई स्थापित गराएका थिए । इम्पेरियल राजमार्ग हुँदै साउथवेस्ट कलेजसम्म आउँदा जाँदा प्रायः माया ऊसँगै हुन्थिन् । कति पटक त मायाले उसैको भान्सामा खाना पकाइदिएकी थिइन ।

त्यसबेला मायासँग जोडिएको इस्लाम धर्मले के फरक पारेको थियो ?

उमेरले माया ऊभन्दा अलि जेठी थिइन होला । उनीहरुको घर सँगै थियो, त्यसबेला । सँगै खेलेर हुर्किएर र अनुभवहरु बाँडेर यौवन र जीवनका असीमित आयामहरु मसँग उसले सिक्ने र बुझ्ने  अवसर पाएको थियो । ऊ भन्छ, उसकी पत्नीसँग जति उसको खुशी गाँसिएको छ, त्यसभन्दा कयौंगुणा धेरै मायाका सम्झानाहरू उसभित्र आजसम्म बाँचिरहेको छ । किन, ऊ आफैंलाई थाहा छैन् ।

के ऊ मायालाई मन पराउँथ्यो वा प्रेम गथ्र्यो ? मेरो जिज्ञासालाई पल्टाउँदै यसले यत्ति भन्यो, यदि प्रेमको परिभाषा बदल्न सकिन्छ भने,“उलाइ केन, उलाइ लो” ।

ऊ अरबी मूलको यहुदी थियो र माया इस्लामिक परिवारमा जन्मिएकी थिइन्, उसलाई थाहा थियो उनीहरुको बीचमा सम्बन्ध स्थापना हुनु सामाजिक र धार्मिक अपराध थियो  ।

विदा मनाउँदा प्रायः समुद्रको किनारमा जान्थे उनीहरु । पौडन पनि उनीहरुले लगभग सँगै सिकेका थिए । कतिपटक उनीहरु साँझ घोडामा घर फर्किदाका ती रमाइला दिनहरुको बयान सुनाउँदा सुनाउँदै ऊ भन्छ– म तन्नेरीमा तिमी जस्तै थिएँ ।

“क्रिस के तिमीले कहिल्यै ऊँटको दूध पिएका छौ?”
“अहँ छैन, किन र ?”

कहिलेकाही अचानक यसरी प्रसंग मोडेर कुरा गर्ने स्वभाव प्रायः यताका बुढाहरुको हुने गर्छ । यो बुढ्यौलीको दोष पनि हुनसक्छ । तर ऊ प्रसंगभित्रै रहेछ । एकदिन जेरुसलेम घुम्न निस्कँदा उनीहरुले बेस्करी ऊँटको दूध पिए अरे । त्यो बेला माया पनि अलिकति बहकिएको कुरा उसले स्वीकार ग¥यो तर संगसंगै जीवन बिताउने आँट गर्ने शक्ति उनीहरुलाई न त यो धर्मले दियो न त यो समाजले एकपटक मुस्लिम युवकसँग प्रेम गरेको चलचित्र खेलेकै भरमा मनिषा कोइरालाको हत्या गर्ने प्रयास भएको कुरा म सम्झन्छु ।

मान्छेको समाज जहाँ पनि उस्तै त हुँदो रहेछ  ।

माया स्पष्ट खुला बिचारकी युवती थिइन । मायामा त्यस्तो धार्मिक दृढता उसले कहिल्यै महसुस गरेन । मायाले इस्लाम परिवारमै विवाह गरिन्, उनीहरु इजरायलबाट विस्थापित भए । हुनत यहुदी समाज र साँस्कृतिक सामाजिक थिचोमिचोसँग सम्झौता गरेर अझ धेरै इस्लामिक समुदाय इजरायलमा मिलेरै बसेका छन् दुखेको कुरा माया त्यो भित्र पनि परिनन् ।

मौसम ऋतु र प्रकृतिका साजहरु बदलिदै गए । कैयन अनिश्चित समयहरु स्वतः स्वीकारित भए र उनीहरु आ–आफ्नो संसारमा हराए ।

कसरी कुनै संयोगवश उसकी छोरी मानव अधिकारवादी सामाजिक संस्थाबाट स्थलगत रिपोर्टको लागि केही वर्ष पहिले पश्चिम किनार जाँदा बुबाको उही पुरानो साथी मायासँग परिचय भएको थियो । ऊ भन्छ, त्यसदिन उनीहरुले दिनभर जस्तो टेलिफोनमा कुरा गरे अरे ।

माया एकपटक जसरी पनि जेरुसलेम आउन चाहन्छिन् । जेरुसलेमको पुरानो शहर धीत मर्ने गरी घुम्ने इच्छा भएको कुरा उनी बारम्बार व्यक्त गर्छिन् । जेरुसलेम उनीहरुलाई मुटुको स्पन्दन जत्तिकै प्यारो छ । सन् १९६७ को अरब –इजरायल बीचमा भएको घमासान युद्ध पश्चात जब जेरुसलेम मुक्तिको घोषणा गरियो, त्यसबेला हजारौं सर्वसाधारण र सैनिकहरुसँग हातेमालो गर्दै उनीहरु पनि जेरिचो हुँदै मृतसागरको सडकतर्फ फैलिएको विशाल बिजयोत्सवमा सहभागी भएका थिए ।

आजसम्म जब जब कतै त्यही समयको हृदयस्पर्शी त्यो संगीत गुञ्जन्छ , ऊ भावविभोर भएर मायालाई सम्झन पुग्छ । माउण्ट मन्दिरको आकाशमा टल्किने सुनको गजुरको चमक जरुसलेमको दिव्य ज्योति हो , ऊ भन्दछ तर यो ज्योति, यहुदीहरूको मात्र होइन, १७ औं शताब्दीतिरका इस्लामहरुले नै यहाँ सुन भरेका हुन् ।



यरुसलाइम शेल जहाव
वेशेल निखोसेक
वेसेल ओर...
हो लिखोल शिराइख
आनी किनोर....।


ऊ भन्छ शायद हाम्रो लागि लेखिएको त्यही नै अन्तिम दिन रहेछ, त्यसपछि उनीहरुले कहिल्यै त्यसरी जेरुसलेम घुम्न पाएनन् र त्यो दुर्लभ समयको पुनरावृति केवल मन र स्मृतिमा मात्रै रहिरह्यो त्यसैले पनि हुनसक्छ, त्यो गीत त्यति प्यारो भएको । स्वतन्त्रता दिवस तथा राष्ट्रिय सार्वजनिक समारोहहरुमा प्रायः सुनिने यो गीत इजरायलको राष्ट्रिय गान 'हातिक्भा' भन्दा पनि लोकप्रिय छ । इजरायलीको मनमा बसेकैले हुनुपर्छ यसले दोस्रो राष्ट्रिय गानको मान्यता पाएको छ ।

धेरै गायकगायिकाले यो गीत गाइसकेका छन् । मेरो आँखाको कोतूहलता पढ्दै ऊ मलाई पूरानो बाकसबाट एउटा क्यासेट झिकेर सुनाउँछ । सुली नतानको सुरिलो स्वरमा स्वरबद्ध त्यो गीत बज्न थाले पछि ऊ भन्छ– माया पनि उस्तै गरी गाउँथिन ।


मेरो भाषामा म यसरी बुझ्छु,

ए धिपधिप प्रकाशले 
प्रद्धिप्त भएको
सुनै सुनको सुवर्ण जेरुसलेम
म तिम्रो संगीतको सितार हुँ ।

संगीतको लयसँगै म प्रसंग जेरुसलेमतिर मात्र केन्द्रित गर्न चाहन्थेँ । अद्धितीय शहर जेरुसलेम प्रतिको मोह यहुदीहरुमा मात्र होइन, सबै धर्मावलम्वीहरुमा उत्तिकै छ । संसारका अन्य शहरहरु तिनको विशालता, भौगोलिक सुन्दरता, आर्थिक सम्पन्नता वा यस्तै अन्य कारणले प्रसिद्ध भएका हुन सक्छन तर पवित्र अध्यात्मिक शहर जेरुसलेम किन अतुलनीय छ त ?

 किनकी जेरुसलेम देउताको शहर हो, उनीहरुमा विश्वास छ । जेरुसलेमको अर्थ शान्तिभूमि पनि हो, तर यसैका निमित्त अन्य शहरको तुलनामा सबैभन्दा धेरै वैमनस्य, धेरै संघर्ष र धेरै रक्तपातहरु भएका छन् । धेरै आँसुहरु बगेका छन् । यहाँ बेवोलोनियन, ग्रीक, तुर्की तथा रोमनहरुले एकपछि अर्को गर्दै ३८ पटकसम्म आधिपत्य जमाएका थिए । यही क्रममा यसका संरचनाहरु कैयौंपटक खण्डहरुमा परिणत भए, कतिपटक त बस्ती शुन्य उजाड भयो यो शहर । यद्यपि ईश्वरप्रतिको उच्चतम आस्था भने यो शहरमा सधैंसधैं बाँचिरहेको छ ।

यो धार्मिक क्षेत्र अन्य धेरै राष्ट्रहरुद्वारा पटक पटक अतिक्रमित भई राजनैतिक सार्वभौमिकता अन्तरित भएपनि यहुदी राज्यले मात्र राजधानीको रुपमा स्थापना गरेको हो, यहुदीहरु भन्छन् । यो हाम्रो पूख्र्यौली सम्पदा हो, प्यालेस्टिनीको कदाचित होइन । सन १९४८ अघि जो यहाँ बसोवास गर्थे र आफूलाई प्यालेस्टिनी भन्थे, उनीहरु त कतैबाट आएका आगन्तुक मात्र थिए । तर प्यालेस्टिनीहरु भने यो सत्य नभएको दावी गर्छन । उनीहरुका पिता–पूर्खा र कयौं पुस्ता यहाँ बस्तै आएका थिए। एकाएक सलहसरी आएका यहुदीको जमातले किंवदन्तीको आधारमा आफूहरुलाई जवर्जस्ती धपाएर अन्याय गरेको उनीहरुको भनाई छ ।

मेरो बुढो साथी भन्छ– यूरोपमा यहुदीहरुमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालेस्टिनीहरुले मूल्य चुकाउनु परेको मात्र हो ।

जेरुसलेम र मायासँग सम्बन्धित स्वर्णीम यादहरुलाई थाति राखेर ऊ मलाई अर्को कथा सुनाउँछ । यहुदी र अरबहरु को थिए के तिमीलाई थाहा छ ? डा. विष्णु चापागाईंले यही पत्रिकाको पहिलो अंकमा लेखेका थिए— “इस्लाम र यहुदीका पूर्खा अब्राहमले सृष्टिको शुरुवात यही स्थानबाट गरेको विश्वास गरिन्छ ।”

एकअर्कालार्इृ देखिनसहने यी दुई शत्रुका पूर्खा कसरी एउटै थिए?
ऊ सुनाउँदै जान्छ — यु्गौं पहिले तिनै अब्राहमलाई ईश्वरको अनुकम्पाद्वारा इजिप्ट देखि समस्त कनान क्षेत्र ( जसभित्र जेरुसलेम पनि पर्छ) प्राप्त भयो । “तिमी र तिम्रा सन्तानहरुले यहाँ राज्य गर्नू” भन्ने उनको आज्ञामुताविक उनका पुत्र इज्याक स्वतः यसको उत्तराधिकारी भए उनैका सन्तति यहुदीहरु हुन् ।

अब्राहमको एउटी सुसारेसँग अबैध सम्बन्ध रहेछ । उनेले इस्मायल नाम गरेको पुत्रलाई जन्म दिइन । उनलाई गृह निकाला गरियो, उनी सम्पूर्ण अधिकारिताबाट बहिस्कृत भइन । इस्मायल जवान भए पश्चात पिताको वंशीय अधिकार प्राप्त गर्ने धोको उनमा सधैं प्राप्त भइराख्यो । उनीहरुले विशाल मरुभूमि परान क्षेत्रमाथि अधिपत्य जमाए । उनैका सन्तति इस्लाम भनिए । इज्याकका सन्ततिहरू चाहि यहुदी भए।

त्यसैले जेरुसलेमका लागि भएको संघर्ष दाजुभाइको झगडा बाहेक केही होइन, ऊ प्रष्ट्याउँछ ।

फेरि हाँसो उठ्ने गरी ऊ यो पनि भन्छ— ईश्वरले त हामीलाई बस्नका लागि मात्र ठाउँ दिएका हुन, कुनै ग्रहको एक टुक्रा जमीन पनि कसैको होइन । यदि जेरुसलेमका नाममा सधैं युद्ध भइराख्यो भने उनले यसलाई विशाल पत्थरमा रुपान्तरित गरिदिनेछन् र, अनि जसले यसलाई छुन खोज्छ उसैलाई चोट लाग्नेछ ।


जेरुसलेमबाट पूर्वतर्फ जैतुनको पहाडमाथि हरेक प्रभात चियाउने सूर्यको किरणले सम्पूर्ण विश्वमा आस्थाको ज्योति टल्किरहेझै देखिन्छ । उत्तर दक्षिण फैलिएका पहाडहरुले घेरिएको यो उपत्यका भित्रको सुवर्ण शहर जेरुसलेमलाई इजरायलले अत्यन्त जतनले सुरक्षा र सम्मान गरेर राखेको छ । करीब ३००० वर्ष पहिले राजा डेविडले यहाँ राज्य गरेका थिए । यहुदीहरु भन्छन्— “त्यही बेलादेखि नै हाम्रो राजधानी जेरुसलेम हो ।”

शहरको मध्य भागमा रहेको माउन्ट मन्दिरको रहस्यमय अलौकिकता अवर्णनीय छ । विभिन्न समयमा विभिन्न शासकहरुद्वारा पटकपटक विनाश र पुनर्निर्माण हुँदै आएको यो धार्मिक सम्पदा पुरातात्विक, साँस्कृतिक र राजनैतिक दृष्टिकोणले अत्यन्त संवेदनशील रहेकोले धेरै मुलद्धारहरु निषेधित छन् । यहीँ अवस्थित अल अक्सा अस्जित र इस्लामिक धार्मिक स्थलले गर्दा मुस्लिमहरुका निमित्त पनि माउन्ट मन्दिर (माउण्ट मोरिया) उत्तिकै महत्वपूर्ण छ ।

ईशापूर्व ९६७ मा सोलोमनले बनाएको यो मन्दिर ईशापूर्व ५८६ मा वेविलोनीयनहरुले नष्ट गरेका थिए । फेरि ईशापूर्व ५१६ मा पुनर्निमित दोस्रो मन्दिर पनि ईशापूर्व ७० मा रोमहरुद्वारा भत्काइए पछि तिनका बाँकी अवशेषहरुबाट निर्माण गरिएको लामो पश्चिमी पर्खाल (western wall)ले यहुदीहरुको पराजय, आँसु र शोकमय सम्झनालाई प्रतिविम्वित गर्छ ।

गल्ली गल्लीमा यहुदीहरुको रगतको धारा बगुञ्जेलसम्म टाइटसका निर्दयी सैनिकहरुले आक्रमण गरिराखे । संसारभरिका यहुदीहरू यही दिशातर्फ फर्किएर प्रार्थना गर्छन ऊ भन्दै थियो —प्रत्येक दिनको हाम्रो प्रार्थना तेस्रो  काल्पनिक मन्दिरसँग सम्बन्धित छ, जुन यही स्थानमा निर्माण हुनेछ, जब यहुदी देवदूत यस धर्तीमा प्रकट हुनेछन् ।

जेरुसलेमको बयानभन्दा फेरि उसलाई मायाकै सम्झना गाढा भएर आउँछ । हाइफा, गोलान क्षेत्र तथा पवित्र शहर जेरुसलेमका पर्खाल, चर्च, मन्दिर र मश्जिदहरुमा शायद उनीहरुको पनि कथा लुकेको छ । उनीहरु घुमेका पाइलाका डोबहरु त्यही बेला मेटिएर गएपनि कहिलेकाही एकान्तमा त्यही पदचापको आवाजले ऊ झस्कन्छ ।

मायाविनाको उसको हरेक स्मृति अधुरो–अधुरो छ । डेविड टावरबाट उनीहरु घण्टौ जेरुसलेमको पुरानो शहर नियाल्थे रे कहिलेकाहीँ त जाफा गेटबाट ऊटमा चढेर भित्र पसेपछि साँझ परेको पनि हेक्का रहँदैनथ्यो रे । त्यो निकै पुरानो समयको कुरा थियो । मुस्लिम, यहुदी वा क्रिश्चियनहरुका आ–आफ्ना चोक, क्षेत्र तथा गेटहरु छन् यहाँ । “भाया दोलोरोसा” अर्थात जिसस क्रुसमा टाँगिएर दुख्दै हिडेको त्यो वेदनाको बाटो पछ्याउँदै कति क्रिश्चियन तीर्थयात्री हरेक वर्ष यहाँ आएर उनको दुःखद सम्झना गर्छन् ।

 जिसस क्राइष्टको जन्म र मृत्यु यहीं भएकोले क्रिश्चियनका लागि पनि यो क्षेत्र उस्तै धार्मिक महत्वको छ । त्यसै देउताका शहर कहाँ भनिएको हो र ?

नयाँ वर्ष “रोश हा सना” मा हामी धेरै खशी भयौं । हरेक नयाँवर्ष जस्तै यसपाली पनि शोफारबाट निस्किएको पवित्र त्तयनी धर्म र यसका कथाहरु कुँदिएका यी पहाडका पर्खालहरुमा प्रतिध्वनित हुँदै जेरुसलेम र सम्पूर्ण इजरायलभरी गुञ्जियो । हाम्रो हिन्दू धर्ममा शंख जस्तै महत्व रहेको यो शोफार एक प्रकारको विगुल हो जुन भेडाको सिंगबाट बनाइन्छ । यससँग यिनीहरुको धार्मिक र पारम्परिक महत्व गाँसिएको छ ।

योम किपुरको अन्तिम दिन , शोफार बज्नेबित्तिकै कुन्नी कुन सम्झनाले डो¥याएर हो मेरो बुढो साथी चुपचाप पियानो बजाउँदै थियो । म देख्छु, पुरानो शहर बाहिर हवाइमील अगाडि खिचिएको मायाको तस्वीर सामुन्ने मानौं ऊ कुरा गरिरहेको छ । मुस्काइरहेको उनको तस्वीरको पृष्ठभूमिमा मोन्टोफोरको हवाइपंखा टक्क अडिएको थियो यस्तो प्रतित हुन्थ्यो कि उसको स्मृतिमा त्यो समय पनि त्यसरी नै टक्क रोकिएको छ ।
म सुन्दै जान्छु,

बिस्तारै ऊ त्यही गीत गुनगुनाउँछ,
जेरुसलायम सेल जहाव..............।

Remake Verson by Liel Kolet



Remake Verson By OFRA HAZA


Original verson by Suli Natan
Next Story: Older Posts Home

अपरिभाषित प्रेम

9 comments
फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ ।

जाडो याम भ्यालेन्टिनालाइ शत्रु जत्तिकै लाग्छ । किन ? यसो भन्न उसलाई पटक्कै संकोच लाग्दैन कि उसले यी चिसा मौसमहरुमा आफ्नो जवानीलाई उनीका बाक्ला लुगाभित्र कैद गर्नु पर्छ र आफ्नो रहर लाग्दो यौवन यसरी गुम्सिएलाझैं थुन्नु परेको उसलाई पटक्क मन पर्दैन ।


हाइ भ्यालेन्टिना !
हाइ ! किन ढिला गर्यौ त ओर्लन ?
माथिबाट केहीबेर तिमीलाई हेरेर बसेँ, मलाइ पर्खिरहेको ।
त्यसो भए मेरो कविता पनि लेख्यौ कि ?

भ्यालेन्टिना ओभिलिन्स्की, यो रसियन युवतीलाई थाहा छ, म कविता लेख्छु मेरो भाषामा । पारिला घामका धर्काहरु पछ्याउदै पार्कमा बिताएका स्वर्णिम पलहरु हुन् या मुखबाट उठेका बाफका धुँवाहरु साट्दै कुनै रेस्टुराँमा बितेका अनमोल क्षणहरु , कत्रो खुसीको कुरा ! नबुझे पनि बुझेझैं गरी भ्यालेन्टिना मेरा कविताहरु सुन्न मन पराउँछे, र म उल्था गरी गरी उसलाई सुनाउछु ।

पार्कबाट बहेको मिठो सुवास, भ्यालेन्टिनाको तनको सुगन्धसंग मिसिएर वातावरण मोहक बनिरहेको थियो । फुलको हांगा माथिमाथि उचाल्दै छाता ओढेर पर्खिएझैं पार्कको एउटा कुनामा रहेको खाली बेन्चमा जिउ बिसाउने बित्तिकै भ्यालेन्टिनाले आज पनि प्रश्न गरी - तिम्रो साच्चिकै बिहे भएको छैन ?

'होइन'को भावमा टाउको हल्लाउदै म भन्छु - तर कसैसँग मेरो प्रेम भएको चाहिं म स्वीकार गर्छु ।
को हो नि त्यो ? कस्ती छ म पनि चिन्छु कि ?
यी, यो गुलाफ जस्तै मेरै आँखा अगाडी उभिएकी, उसको आँखामा हेरेर म भनिदिन्छु - मेरी प्रेमिका उही हो।
भ्यालेन्टिना शर्माएर रातो हुदै भन्छे - फेरी ढाँट्यौ तिमीले ।

......................................

हो भ्यालेन्टिना, शायद तिमी सही छ्यौ.. यो सम्बन्धको नाम प्रेम नहुन सक्छ । प्रेम कस्तो हुन्छ ? यसको आकार स्वरूप या अनुभूतिका कुनै पनि रंगहरु मैले केलाउन सकेको छैन । एउटा लेखक भएर मैले प्रेम र यसका परिभाषाहरुलाई अनेकौं तरहमा व्याख्या गरें हुँला यद्यपि म आफू चाहिं कहिले प्रष्ट भईन कि प्रेम के हो ?

हरेक पटक प्रेमको वहसले गहिराइ लिदै गए पछि म त्यही स्मृतिको सागरमा डुब्न पुग्छु जुन स्मृति करिब एक दशक देखि म भित्र थुनिएर रहेको छ ।

हँ फेरी कता हरायौ ? आफ्नै सम्झनाको समुन्द्रमा डुबेको मेरो आँखा अगाडी हात हल्लाउदै उ भन्छे - भनि हालें नि मैले, तिम्रो कोही छ जसलाई तिमी सम्झिरहेका छौ, को हो त्यो ?

प्रिय भ्यालेन्टिना ! बर्षैादेखि एउटा अन्जान, अज्ञात अन्धकारले थुनिएर म आफै बसेको बेला कसरी भनुँ, मेरो छाती भित्र कैद भएका ती स्मृतिहरु प्रेमका डोबहरू हुन् या होइनन ? सुन्छैा भने सुन, यो उसैको कहानी हो जसलाई तिमी यतिखेर मेरी प्रेमिका भनेर सोची रहेकी छ्यौ ।


त्यो समय थियो जुनबेला अहिले झैं छपक्क इन्टरनेट, वेव्डायरी या विद्युतीय संजालहरु थिएनन । यसर्थ लेखकले प्रतिक्रिया कुर्न महिनौं पर्खनु पर्थ्यो, पत्रिका या पोस्ट बाकसमा ती पाठक प्रतिक्रिया बनेर आउँथे । म आफै पनि मन परेको लेखकलाई यसरी पत्र कोर्थे र प्रसंशा गर्थें या उनका रचनाहरुमा टिप्पणी गर्थें । लेखक र पाठकको भावनात्मक सम्बन्ध गहिरो हुन्थ्यो ।

म त्यस्ताका एउटा सामान्य लेखक थिएँ, समयले बनाएको । पत्रिकामा साहित्यिक स्तम्भ चलाउथेँ । साहित्यिक अभिरूचि भन्दापनि अनेकैाँ सपना बोकेर गाउँदेखि शहर पस्ने एउटा प्रतिनिधि किशोरले गर्ने अभावसंगको संघर्ष या जिविकोपार्जनको उपक्रम मात्र थियो मेरो लेखन । यद्यपि प्रतिक्रियाहरुबाट के अनुमान गर्न सक्थें भने, पत्रिकाको मेरो जागिरे साहित्यकर्मले एउटा बहाव बनाई सकेको छ । म मान्छेको प्रेम र जीवन, भोगाई, घटनाक्रम र आवृत्तिहरुको एउटा अटुट सिलसिला लेखिरहेको छु जुन सिलसिला प्रत्येक अंकका स्तम्भमा कुँदिएर कहिले नटुंगिने धारावाहिक उपन्यासमा परिणत भएको होस् ।

अचानक कुनै विशेष कारणले पत्रिकामा लेख्ने क्रम टुटेको मात्र थिएन, मेरो लेखन यात्रा र साहित्यिक गतिबिधि निमिट्यान्न भयो । दिन, हप्ता गर्दै महिनौं बित्यो । म लेखनमा फर्किनँ । मैले रमाउने बिषय अरु नै केही पाउन थालें ।

त्यसपछि, एकदिन एउटा लामो पत्र आयो ।



प्रिय लेखक!

म तपाईकी प्रशंसक । सम्झनुहोस यत्ति हो मेरो परिचय । जो तपाईले कुँदेका शब्दहरुसंग मोहित भएकी छे । तपाईका श्रृजनाहरुको प्रभाव मेरो मनको भित्री सतहमा प्रेम भन्दा गहिरोसंग बसेका छन्, कोरिएका छन् । तपाईले किन लेख्न छाड्नु भयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाई यसरी पाठकसंग लयात्मक सामिप्यता राखी सकेर एकाएक आफै विमुख कसरी हुन पाउनु हुन्छ ?

साच्चै भनौँ मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठुला ग्लामर क्षेत्रका कलाकार या रंगिन दुनियाका स्टारहरु प्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधै लेखक साहित्यकारहरुमात्र भए । मेरो कोठाका भित्ता देखि लिएर मनका कुनाकुनामा भानुभक्त देखी लक्ष्मी प्रसाद पारिजातका तस्वीरहरु टाँसिएका छन । एउटा तस्वीर तपाईको पनि यसरी टाँसिएको छ, मानौ तपाईको शब्द साह्रित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस, कुनै प्रेमिले प्रेमिकालाई चोरे जस्तै ।

प्रिय लेखक! म यो सब किन लेखी रहेको छु थाहा छैन । हुन सक्छ हाम्रो भेट कहिल्यै हुने छैन र यो एउटा साधारण पाठक पत्र बाहेक अरु केही पनि होइन । पत्रिकामा छापिने तपाईका हरेक स्तम्भहरुको पर्खाइमा सधै अधीर भैरहेकी हुन्थेँ र त्यो धैर्यताको सिमाना आज टुटेकोले यो पत्र लेख्न विवश भएकी हुँ । त्यसो त मेरो मनको डायरीमा तपाईका कविताहरु र कथाहरु कहिल्ये नउप्किने गरी सजिएका छन् । तपाईका ती पँक्तिहरु,पत्रिकाका कटिङ्गहरु मैले मेरो शयन कक्षका भित्ता दराज र ऐना भरी पनि टाँसेको छु । तपाइका कति कथाहरुहमा मैले आफूलाई नायिकाको रुपमा उभ्याएकी छु । आफै हाँसेकी छु र आफै रोएकी पनि छु । साथीहरुले संगित फिल्म वा फेसनका कुरा गरिरहँदा मैले तपाईका कुरा गरेकी छु र साहित्यका कुरा गरेकी छु ।

एक हिसावले ती शब्दहरुसंग मेरो प्रेम भएको छ, एकतर्फी प्रेम । कुनै पाठकले यतिका प्रेम गर्दागर्दै पनि तपाई किन साहित्यबाट भाग्दै हुनुहुन्छ ? म यही बुझाउन चाहान्छु ।
प्रिय लेखक, तपाईले लेख्न छाड्नु भयो भने तपाईका शब्दसंग त्यो मेरो अनुराग सबै मर्नेछ । त्यसको हत्या हुनेछ र तपाईलाई पाप लाग्ने छ ।

पत्र रहस्यमय थियो ।
न पत्र प्रेषकको नाम थियो न ठेगाना । खुलदुलीका बादलहरु छाती भरी मडाडीइरहे धेरे दिन सम्म । पत्र मेरो कथाको मख्य विषय जस्तो बन्यो । साहित्यमा फर्कन उत्साह बढेजस्तो भयो । मान्छेको मन न हो । सानै कुराले कति छिटो प्रेरित हुदो रहेछ । मैले फेरी लेख्न थालेँ ।

दोस्रो तेस्रो चौथो उसका पत्रहरु आउन थाले । प्रत्येक पत्रहरुले उत्साहको नयाँ संचार बोकेर ल्याउँथे । लेखनमा निरन्तरता आउन थालेपछि उ सबै भन्दा धेरै खुशी भएकी थिर्इ । एउटा अब्यक्त खुशी ममा पनि छाउन थालेको थियो उसका पत्रहरु आउन थाले पछि । कहिलेकाही त लाग्थ्यो उसैको मीठो प्रतिकृयाकै लागि यो सब लेखी रहेको पो छु की ? पोष्ट बक्सहरु घरिघरी खोल्दै म उस्का पत्रहरु पढ्न बर्षौदेखी आतुर भै रहेको छु जस्तो लाग्थ्यो । केवल एउटा पाठकपत्रले मेरो स्वभाव पुरै बद्ली दिएको थियो । तर, दुखको कुरा, पत्र एकतर्फी हुन्थ्यो । मेरो मनमा उसप्रति उठेका भावनाहरु पठाउने उसको कुनै ठेगाना थिएन ।

धेरै पछि मैले थाहा पाएँ मलाई प्रेम भएको छ, त्यो पत्रसंग, त्यो पत्रलेख्ने मनसंग, मान्छेसंग र भावनासंग । यस्तै भावनाले भरिएको मैले केही लेखेर छपाएँ “मेरो पहिलो प्रेम” ताकी उसले बुझोस । जसमा मैले उसलार्इ जान्न चाहे, "को हौ तिमी ?"

लगत्तै अर्को पत्र आयो, त्यही पत्र थियो जस्ले मेरो प्रेमको दृष्टिकोण पुरै बद्ली दियो । – निर्णायक र अन्तीम पत्र ।
पत्र यस्तो थियो ।

प्रिय लेखक!
एकैसाथ खुशी वा दुखी दुवै भर्इ रहेकी छु । प्रेमको कुनै परिधि हुदैन यसर्थ तपाई भित्र अंकुरित प्रेम प्रति मेरो कुनै गुनासो छैन । यद्यपी “तिमी को हौ” भन्ने प्रश्नले र मेरो भौतिक खोजीले म यतिखेर विचलित भै रहेकी छु । त्यसमा प्राप्तीको अभिलाषा निहित छ जुन मेरो प्रेमको परिभाषामा पर्दैन । तपाईको आग्रह अनुसार यदी म प्रस्तुत हुने हो भने म एउटा आम पाठकबाट तपाइकी विशेष कोही बनौला तर त्यसले मेरो पाठकीय प्रेम र तपाई प्रतिको लेखकीय सम्मानको न्याय गर्न सक्छ ? कदापी सक्दैन । मानिलिनुस मेरो नाम क, ख वा कुनै होला र मेरो ठेगाना कतै होला त्यसले के फरक पार्छ ? म तपाईकी प्रेमिका होइन । म तपाईको भौतिक उपस्थितिलाई प्रेम पनि गर्दिन यदि मेरो प्रेम छ भने तिनै शब्दहरुसंग मात्रै छ, जो तपाई लेख्नुहुन्छ ।

र तपाई पनि मेरो प्रेमको खोजी मेरै पत्रहरुमा गर्नुहोला । तपाईका हरेक प्रश्नहरूको उत्तर त्यहीँ खोज्नुहोला । ल ! सम्वोधनकै लागि सोध्नुहुन्छ भने भनिदिएँ मेरो नाम 'प्रेरणा' । एउटा आम पाठक बनेर भ्याएसम्म तपाईलाई लेख्दै गर्नेछु ।

प्रेरणा

अधुरो लाग्यो उसको पत्र । तथापी त्यसपछिका दिनहरुमा अझ गाढा हुदै गयो उसका प्रेमका आभास । खै किन थाहा भएन । प्रेरणा, त्यो नाम छातीभित्र सजिए झैँ लाग्न थाल्यो । जब जब म लेख्न बस्थेँ उसैको प्रेमको आभासले तरंगित भएको पाउन थालेँ । सायद त्यही थियो मेरो पहिलो प्रेम । उसले स्वीकारोस नस्वीकारोस तर मेरो स्मृतिको घरबाट त्यो नाम कहिल्यै मेटिएन । मेरो पहिलो प्रेमको रंग बनेर बस्यो जो अझ गाढा गाढा हुदै गयो ।


...............

भ्यालेन्टिनाको मुहारमा खासै परिवर्तन देखिन मैले हुन सक्थ्यो उसलाई मेरो पहिलो प्रेम कथा बनाउटी लागिरहेको छ । उसमा न त प्रेरणा प्रति इर्ष्या थियो न म प्रति सहानुभुति । उसले सहजै प्रश्न गरी, अनि आजकल उसको पत्र आउदैन त ?

भ्यालेन्टिना, म स्पष्ट छैन, तर यो इन्टरनेटको जमानामा अहिले पनि आउदो हो उसका पत्रहरु । टिप्पणी, इमेल, कमेन्ट वा थम्प्सअपहरु बनेर । तर, म आफैले पहिचान गर्न नसकेको मात्र हुँला ।

उसको संकेतलाई अहिले बुझ्दा मैले के थाहा पाएँ भने प्रेरणा कुनै भौतिक शरीर होइन, यो त एउटा आभास मात्र हो । जसरी प्रेमको कुने आकार या मुर्तस्वरुप छैन, जो देखिँदैन, जसलार्इ मनले मात्र अनुभव गर्न सकिन्छ । ज–जस्ले मलाई पढ्छन्, सुन्छन् मेरा कथाहरुमा डुब्छन् ती सवै मेरा 'प्रेरणा' हुन् । र, मेरो पहिलो प्रेम साहित्य हो ।

ड्रामाको कक्षा छ भ्यालेन्टिनाको, उसले कक्षा लिन नगर्इ हुदैन । पारिपट्टि माउन्ट ओलिभ उभिएको छ साँगुरो र घुमाउरो कुइनेटोनेर पुगेपछि सधै झै छुट्टिनेबेला भ्यालेन्टिनाका ताता ओठका स्पर्शहरू महशुस गर्छु म, जो हिउँदका घाम जत्तिकै प्यारा हुन्छन् ।

.......................

भोलि दिउसो फुर्सदमा म उसकोमा गएँ । उ तलसम्म लिन आर्इ ।

यो के अचम्म ! भ्यालेन्टिनाका कोठाको सजावट अचम्मसँग परिवर्तन भएको थियो । उसका प्रिय कलाकारका तस्वीर सधैँ मुस्काइरहने भित्तामा आज रूसी साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोल्सटाय, एन्टोन चेखोभ तथा अलेक्जेण्डर पुस्किनका तस्वीरहरु टाँसिएका थिए र महत्वपुर्ण वाणीहरु फ्रेमभित्र सजाएर राखिएका थिए । दराजको ऐनामा टाँसिएको थियो - मेरो एउटा तस्वीर र मेरो नेपाली हस्ताक्षरमा सजिएको कुनै कविताको टुक्रा । कोठाको यो परिवर्तन देखेर मैले भने भ्यालेन्टिना, के हो यो ? तिमी ‘प्रेरणा’को नक्कल गरिरहेकी छौ ?

हैन लेखक ! तिम्रो पहिलो प्रेमको नक्कल गरेर मैले तिम्रो त्यो पहिलो र संग्लो अनुभुतिलाई धमिल्याउन खोजेकी होइन। तर तिमी मलाई पनि एकपटक प्रेरणाप्रति हेर्ने नजरले हेर, जस्ले तिम्रा साहित्यहरु नपढेपनि, नबुझे पनि तिमीलाइ पढेकी छ, तिम्रो प्रेमलाई पढेकी छ । तिमीलाई थाहा छ प्रेमको कुनै भाषा हुदैन ।

अनुनयका शव्द बनेर यतिखेर भ्यालेन्टिनाको प्रेम पोखिई रहेको थियो मेरो अगाडी, प्रेमको नदीमा नुहाएर भिजेका जस्ता थिए उसका प्रत्येक वाणीहरु! सुस्केराहरु, जहाँ उसकै नदी भोल्गाको सुसाइ मिसिएको होस् ।

प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ्ग ? म भित्र जुलुस बनेर उभिन्छन प्रश्नहरु । भ्यालेन्टिनाको आखाँको सागरमा छाल जसरी उर्लिएको जे देखी रहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरु ? आज मेरो आखा अगाडि यी दुबै अनुभुतिहरु एउटै रङ्गमा रुपान्तरित भर्इ रहेका थिए । र मभित्र त्यो प्रेमको रङ्ग अझ गाढा गाढा हुदै गइरहेको थियो ।



(अडियो यशजीको आवाजमा)



कृष्णपक्ष
http://krishnathapa.com/


Next Story: Older Posts Home

ढुंगाहरुको लश्कर

1 comment



शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

साभार केहि दिन अगाडिको फेसबुक नोट
Next Story: Older Posts Home

अधुरा सपनाको बाटो हुँदै.....

3 comments
१. अधुरा सपना :

जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।

भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।

... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।

मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।

इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।





२ परदेश र सांस्कृतिक तिर्सना


मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।

जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।

स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।

दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।

धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।

इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।

नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।

मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।






३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा


मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?


मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।

मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।

ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?

हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।

उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।




तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।


म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।


नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

Next Story: Older Posts Home

सुनको बाला

11 comments

Sunday




कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ

आफनै घरको आँगन जस्तो सडकै छेकेर टन्न टेबलभरि प्यालाका प्याला मदिरा सजाएका रसियन र रोमानी रेस्टुराँहरूमा नबुझिने सङ्गित बज्न थालेका छन र त्यही ताल पछ्याउदै झुमिरहेछ्न खैरा कपाल भएका किशोर किशोरीहरू । सडकभरि पोखिएको मदिराको बास्ना र संगीतको नशाले लपक्कै भिज्नुको विकल्प छैन, यी बाटो र गल्ली भएर गुज्रने हामी नेपालीहरूलाई ।

सधैको जस्तो शुक्रबार ... सेरुत र बसहरू यात्रु ओसार्न अलि बढी नै व्यस्त छन । आज कति धेरै हतार हुन्छ इजरायलमा, भोलि सब्बात- साप्ताहिक बिदाको दिन भएकोले । आजै राति देखि भोलि दिनभर सरकारी कार्यालय सवारी पसल तथा कलकारखाना सबै बन्द हुन्छ यहाँ र त्यसैले शायद धेरै जसो विदेशी कामदारलाई यही दिन छुट्टी दिइन्छ । सबै काम छिटो छिटो सकेर त्यसपछि चाहि सिन्को पनि नभाची इजरायलीहरू बिदा मनाउन बसेको बेला यता अब हाम्रो साँझ शुरु हुन्छ, खुसी बोकेर आएको कुनै उत्सव जस्तो, इजरायलमा कार्यरत विदेशी कामदारको ।

पुरानो बसपार्क देखि नया बसपार्कतिर पसारिएको चाइनिज बजार आज अलि धेरै घुइचो छ । छुट्टीमा आएकाहरूलाई रासन भर्ने ठेक्का जो छ यसको । तरकारी, पेय, माछा, मासु लगायतका खाद्य सामल मात्र हैन, पुरानो बसपार्कको कुनै कुनातिर डान्सबार या रातो प्रकाशकी किन्नरीहरू प्रेमकै विनिमय गर्न समेत उभिएका छन । लौ बिदा भएकोले होला, बाटो भरि पसल राख्न होस् या सडकको बिचमै पासा खेलाउनेलाई समेत आजको साँझ पुलिसले देखे नदेखेको झैं गर्छ ।

शहरको मध्यभागमा राजदाइको पसल अघिदेखि नै नेपालीहरूको चहल पहलले रंगिन थालिसकेको छ । चिउरा तरकारी, मम: चाउचाउ, अहा! यहाँ त साच्चिकै नेपालै जस्तो "फील" हुने, ठमेलको कुनै व्यस्त रेस्टुराँ या साइबर छिरे जस्तो आभास । फोन गर्ने कार्ड, ड्रिंक्स, स्न्याक्स देखि सबै थोक उपलब्ध हुने उनको साइबरमा अघिदेखि नै बसेकी छिन मैयाँ दिदी । बाहिर पोखिएको उज्यालो र भद्दा रंगसँग विल्कुल बेखबर .... ।

मैया दिदीको कम्प्युटरको झ्यालबाट चियाउदै छन उनका श्रीमान र छोराछोरी पालैपालो । भर्खर हो च्याट गर्न सिकेको, राम्ररी अँझ आउदैन । जान्नेसँग सोधी सोधी बस्छु । जानी नजानी कहिले किबोर्डमा औंला थिचेर त कहिले बोलेर आवाजमार्फत सप्पै माया खन्याउछिन् उनी । सबैभन्दा धेरै माया त उनका रसिला आँखाले नै पोख्छन ।

कहिलेकाही वर्षा यामको तप्तपी चुहिने बलेसी जस्ता परेला भएको बेला सानो छोरा भन्छ -धत् ममी ठुलो मान्छे भएर पनि रुने हो ?

राम्ररी चलाउन आउने भएपछि एउटा काखे "ल्यापटप" पनि किन्नु छ - उनले भनिन, हप्ता दिनसम्म पनि साह्रै न्यास्रो लाग्ने । यसरी हल्ली हल्ली कुरा गर्ने जिनिस आफैसँग भए'सी ढुक्क ।

त्यसो त उनलाई कम्प्युटरको झ्यालबाट राजु परियार वा सिन्धु मल्लका लोक तथा दोहोरी भाकाहरू धित मर्ने गरी सुन्ने, मेरोसन्देश डट कममा कसले के के भनेछन हेर्ने अथवा आफूभन्दा आधा उमेरका केटाकेटीले झैं हाइ फाइभ या फेसबुकजस्ता नेटवर्किंग साइटमा प्रोफाइल बनाएर फोटो राख्ने, साथी बनाउने रहर पनि छ । सिक्दै गए कम्प्युटरबाट धेरै कुरा गर्न सकिने उनको मान्यता हो ।

मैया दिदी एउटी प्रतिनीधि पात्रा थिइन ।

इजरायलमा काम गर्ने धेरै दिदीबहिनीको सप्ताहान्त यसरी नै बित्छ । हामीमा कम्प्युटर कल्चर विकसित हुदै जानुंको कारण विदेशी संस्कृतिको नक्कल मात्र हो त? होइन, सुबिधा भएर मात्र हुन्छ ? न आफन्त न छर छिमेक यो बिरानो परदेश, त्यसमाथि नियास्रो र पट्यारलाग्दो कामको प्रकृति । नजान्नेले समेत सिकेर च्याटिंग कै लागि ल्यापटप किनेका छन, करिब २ हजारभन्दा बढीको हातमा ल्यापटप छ यतिखेर, कम्प्युटर बनाउदै आएका भाइ ओम भन्छन । यसले एक्लोपन या विरानोपन घटाउन मद्दत गर्छ, शायद ।

पढ्ने लेख्ने वा सिक्ने भनेर कहाँ हो र ? खालि मन बुझाउने मेसो बनेको छ कम्प्युटर संस्कृति । साथी साथी कुरा गर्न पनि फोन महँगो पर्छ, फुर्सद मिलाएर च्याटमा आइज भन्यो कुरा गर्यो ।धेरै यसो भन्छन फामभिलमा नक्कली खेतबारी खनेर, हरियो परियो रोपेर, पाठापाठी हुर्काएरै भए'नि गाउँघरको तिर्सना मेट्नेहरू पनि धेरै छन । अथवा नचिनेकै मान्छेसँग रमाइला गफगाफ गर्यो, टाइम पास त हो, गज़बको बहाना बनेको छ ।




साँझको अँध्यारो बढार्न ठड्याइएका विजुलीका खम्बाहरू टाउकाभरि बत्ती बालेर चम्किरहेका छन । जोसँग दोहोरी खेलिरहेछन पार्टीलाइट घुम्दा ढोकाको काप कापबाट फुत्त फुत्त बाहिर निस्कने चहकिला प्रकाशका रंगहरू । यो त सबैले देख्ने कुरा हो, तर मनको कुनामा छाएको अँध्यारो कसले देख्छ ?
झरी परेको होस् या चर्को घाम लागेको दिन या कुनै सुनशान र चकमन्न रात, घरको यादमा भक्कानिएर नरोएका कमै नेपाली चेलीहरू होलान यो बिरानो परदेशमा । घर फर्कदा सबै बन्दोबस्त मिल्ने गरी मनग्य पैसा कमाएर जाउँ भन्दै छुट्टीमा समेत नगई बसेका कति दिदी बहिनीहरू छन यहाँ, आँसु पिउँदै बसेका । क्षितिजतिर फर्किएर औंला भाँच्दै पर्खिएका लाला बाला र जहान सम्झिएर हरेक साँझ एक्लै रुने हजारौं चेलीहरूको पीडा इजरायलको प्रवासले लुकाएर बाँचेको छ ।
पराई मुलुक बिझ्नुको दुखद यथार्थलाई कुनै बहानामा भुलेर हासोको अभिनय गर्ने कसरत कहाँ सजिलो हुदो रहेछ र? बस स्टेशनको गेटैमा इमिग्रेसन पुलिस प्रवेशाज्ञा जांच गरिरहेछ । काम छोडेकै दिनदेखि "पर्यटक" र त्यसको एकमहिना पुग्ने बित्तिकै "अवैध" भइने यो कष्टकर नियम बोकेको शहरमा भौतारिदै कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन - बाबा मेरो कुनै चिन्ता नलिनु है, मलाई सबै राम्रो छ ।

हो सुखद भविष्र्यको चाहनामा अनन्त सपनाहरू सहित प्रवास अंगाल्न विवश भएका नारीहरूको त्यो पक्ष कति दर्दनाक छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । सधैं जस्तो क्यालेन्डरले तीज, दशैं वा तिहार पल्टाउदै जान्छ । यसरी चाडपर्व कुनै खुसी र उमंग विनै आउनु अनि पत्तै नपाइ सुटुक्क जानु कस्तो दुखद नियति । त्यसमाथि मानसिक प्रताडना र चारित्रिक लान्छना थपियो भने यो पीडा कति असह्य होला ?
नारीलाई संधै चुल्हो चौकाकै देवी मानेर पूजा गर्ने या घरको संघार नाघेर बाहिर पाइला राख्ने बित्तिकै असुरक्षित ठानेर शंल्कालु नजरले हेर्न पल्किएको यो समाज र यसका ठेकेदारहरूसँग धेरै गुनासो छ वैदेशिक रोजगारमा रहेका चेलीहरूको ।




यहानेर यो गुनासो वा तितो पोख्नुको कारण या सन्दर्भ नया पत्रिकामा छापिएको "यौन समस्याका साक्षी बस्दा" शिर्षकको लेखको हो । आफूलाई नारी पुरुष समान हौँ भनेर कहिल्यै नथाक्ने र ठुला ठुला रेडियो टिभी च्यानलहरूमा कार्यक्रम समेत चलाउने शिक्षित भनाउदाहरू समेत यस्तो संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरूको अवस्था कस्तो होला? लेखमा इजरायलमा कार्यरत नेपाली महिलाहरूको इज्जतमाथि प्रश्न चिन्ह लगाउन खोजिएको रहेछ ।

पहिलो कुरा मानव अधिकार र सामाजिक सुरक्षामा अत्यन्त संवेदनशील राष्ट्र हो इजरायल । यहाँ आफ्नो इच्छा बिरुद्ध कसैले छुन पनि पाउदैन । अधिकांश युरोपियन मुलुकभन्दा उच्चस्तरको हकहित सेवा सुबिधा तथा सामाजिक स्थिति भएको सभ्य देशमा काम गर्ने दिदीबहिनीलाई "यौनदासी" जस्तो घृणित शब्द ओकलेर त्यस लेखका लेखकले हदैसम्मको वौद्धिक दरिद्रता वा लठैतपन प्रस्तुत गरेका छन ।

सामाजिक जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्ने यस्तो लेखले इजरायलमा काम गर्ने धेरै नेपालीको मन कुंडिएको मात्र छैन उनीहरू आक्रोशित पनि बनेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले त यसको बिरोध र घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति समेत निकालेको छ ।


प्रसंग उठ्ने बित्तिकै मैया दिदीको आक्रोश बढ्छ - नर्सिंग या केयरगिभिंग भनेको के हो, त्यसलाई कतिको थाहा छ ? नसोचि नबुझि मनगढ़न्ते कुरा लेख्न पाइन्छ ? यस्तो निम्न स्तरको दृष्टिकोण राखिएको लेखले वैदेशिक रोजगारीमा हुनु भएका सबै महिलाहरूले अपमानित महशुश गरेका छन ।

अरु पनि थपिन्छन, यो विषयमा तपाईं सबैको भनाइ राखेर म एउटा लेख नै लेखुँला, सम्बन्धित ठाउँमा प्रतिक्रिया वा इमेल पठाएका पनि छौं अहिलेलाई यत्ति नै है त ?

कारण, यो एउटा साँझ धेरै थोक गर्नु छ । भोलि त फर्कनु छदैछ काममा, प्रवासबाट तपाईंंको आवाज सुनाउन लागिपरेका भीडियो म्यागजिनका कार्यक्रम प्रस्तोताहरू भोलिको कार्यक्रमको तयारी गर्दै छन, उनीहरूलाई वेव साइटमा देखिने बनाउनु छ । दराजभरि प्रवासमा बस्नेहरूका भावना गुटुमुटु पारेर अनेसास इजरायलको पत्रिका मेरोनेपाल प्रकाशनको अन्तिम तयारी कुरेर बसेको छ, डिजाइनिंग / सेटिंग अँझै सकिएको छैन ।

बाहिर सडकको हल्ला र संगीतको झंकार अनि रंगिला प्रकाशहरू रातको अँध्यारो धोइरहेछ्न सुस्तरी . टेबलमा अघिदेखि मुस्काइरहेको एस्ट्रे चुरोटको ठुटाले भरिइसकेको छ । ल अब यो अन्तिम खिल्ली, आफैलाई सम्झाउछु र लामो सर्को तान्छु ।

ल्यापटपमा फेरि कुनै दुखी परदेशीको कथा सुनाउन बसेका छन, अविनाश घिसिंग र रामचन्द्र काफ्ले । परदेशीको मनै छुने भाका हालेर उनीहरू गाइरहेछन ...



सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~



Next Story: Older Posts Home

साइनो बेच्ने केटी

12 comments

Tuesday


राम्ले कारागार इजरायल 


प्रिय आविया, 

 
हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि म यो भन्न विवश भएको छु आविया,  हामी  बीच भएका अन्तरंगका अनमोल पलहरु, तिम्रो स्पर्श र देहको न्यानोपन ,मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको  छ, जति पन्छाए पनि नपन्छने ।   तिमी संगको औपचारिकता या केही भेटहरु मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन । हरेक पटक आउदा जादा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरु स्मृति भरि भरि कुँदिएर बसेका छन । औपचारिकता मै किन नहोस तिमीसंगका प्रत्येक संवादहरु संगीत भरिएर कतै गुञ्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनुं तिमीलाइ असाध्य मिस गर्न थालेको छु म । 


तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …

पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?

 दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो  हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो?  त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
 


तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला  विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो  उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने  उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो  स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो ।  त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।

आज पनि उसले यसै गर्नु पर्नेछ । 

फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ।  काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली  रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो  फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु,  बालुवामा उत्तानो पल्टनु  वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।

  धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।

 सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
 । आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या  । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि  या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ । 

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ । 

मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने  । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ?  आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं  ।
Next Story: Older Posts Home

फेसबुक र फेरि अर्को विलयन

8 comments

Wednesday


फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग मिसाएर प्रस्तुत गरिएको यसको स्वरूप चाहि रमाइलो छ :) चित्रमा थिच्नु होला ।





कहिले त मिठो वास्तविकता नै हो कि जस्तो आभास हुने । इन्टरनेटको सामाजिक संजालमा दिनदिनै अनेकौं लेख रचना तस्वीरहरु, टासिन्छन , गफगाफका प्रत्यक्ष प्रसारण हुन्छ्न वा सबैकुरा "लाइभ" । पढदा पढ्दै कहिलेकाही चिसो सिरेटो जस्तो स्वप्नभंगको सानो तर नमिठो झोंक्काले हानेर जान्छ , नमिठो यसकारण जसले चेतनाको तारमा यो यावत् सम्बन्ध र सामिप्यता भ्रम मात्र भएको बोध गराउछ । यस्तै डिजिटल मेडियाको संजाल चहार्दै हिड्ने केही सृजनशील मनहरुको एउटा हुल नै त्यहाँ थियो , जसले निरन्तर केही न केही लेखिरहन्थ्यो, टासिरहन्थ्यो र शव्द साहित्यको झंकार सन्सार भरि गुन्जने गरि चेतनाको बिगुल फुकी रहन्थ्यो । त्यही कुरा आजको यो बसिबियालोमा ।

हो म फेसबुकको कुरा गर्दैछु, सोसल नेटवर्किंग साइटहरुमा अत्यन्त लोकप्रिय र प्रभावकारी यो संजालमा जेलिदै धेरै नया नया मित्रहरु संग परिचय बढेका छन । परिचयको लश्कर कति हो कति बढेको बढयै गर्छ, लहरो तान्दा पहरो थर्केजस्तो तर ती मध्ये केही यस्ता परीचयहरु छन, जसले शाव्दिक चेतनाका रंगहरु भर्छन, " नोट " भनेर लेखिएको क्यानभासमा,अनि परिवर्तन शान्ति र प्रगतिका आकृतिहरु कोर्छन । अर्थात साहित्यक स्रष्टाहरु जो डिजिटल चौतारीमा भेला हुन्छन र पोख्छन आफ्ना भावनाहरु ।

स्पष्ट दिशानिर्देश लिन नसकी आजको राजनीति अराजक र विसंगतपूर्ण अँध्यारोले गाँजिएको महशुश गर्दै स्टाटसमै बिरोधको आवाज उराल्ने, देश बिझेका पिडाहरु अभिव्यक्त गर्ने धेरै मित्रहरु छन यहाँ , तर लेखको प्रसंग काव्यिक प्रवाहतिर मोद्छु र त्यही प्रवाहमा हेलिएको गतिमान नाउहरुको चर्चा गर्दैछु यतिखेर, यो चर्चा उनीहरुले गरेको विलयन लेखन र प्रयोगको सन्दर्भमा छ ।

भर्खरै एक दिन "सगरमाथा खोज्दै निस्केको बिहान !" सयुँक्त कविता पढ़िसके पछि मलाइ आगोको मुर्छ्नाको स्मरण भयो । यो बहुस्रष्टा कृत सिङ्गो कृति हो, जुन प्रयोगलाई विलयन भनेर नाम दिइएको थियो । प्रसंग उस्तै भएर दोहोरियो, तर यो विलयनमा देश छाडेर परदेशिएका प्रवासका स्रष्टाहरु एक अर्कामा विलय भएका छन र नया रंग बनाउदै । चेतनाको आगो बालेर कहिल्यै नथाक्ने प्रतिभाशाली नामहरु हुन् यी ।

अशोक पार्थिव,
वलदेव बिहानी,
चुम लिम्बु,
समदर्शी काइँला

धेरै प्रगतिशील सर्जकहरु यौटै धार, यौटै प्रकार र सधै यौटै प्रकृतिको चिन्तनमा कला र सौन्दर्यको रंग फिका भएको महशुश गर्छन र नया प्रयोग भित्र्याउछन लेखनमा । अनेकौं बिम्बहरूसंग खेल्दा खेल्दै संरचनालाइ नै केही नया रुप दिएर प्रभावकारी संदेश प्रसारण गर्न सकिन्छ कि भन्ने सोच नै यस्तो प्रयोगको आधार हो। विलयन लेखन यस्तै प्रयोग हो जसले पृथक कवि मनहरु एकै ठाउमा प्रस्तुत हुन्छन र कविता लेख्छन । यौटै क्यानभासमा यसरी उभिदा देखिने फरक रंगहरुको सार्थक मिश्रणद्वारा पाठकहरुमा सौन्दर्य बोध गराउनु यसको समुल विशेषता हो । साथै यसले आफैमा एकता र आत्मियताको संदेश पनि बोकेको हुन्छ ।

कवितालाई कल्पना र अलंकारिक रंगहरुले रंगाउनु जति जरुरि छः सामयिक र यथार्थपरक बनाउनु पनि त्यतिकै अनिवार्य छ । व्यक्ति देश र समाज अनि सामाजिक दुरावस्था, पिडा वा समस्या लाइ रत्तिभर प्रतिनिधि नगर्ने कोरा रचना जति नै कलात्मक भए पनि फिका देखिन्छ । केवल कल्पनामै हराउने गतिहीन शैलीलाइ विद्रोह चेतनाको लहरले पाखा लगाउदै आएको छ र यस्तो चेतनशील लेखन युगान्तकारी र कालजयी हुन्छ ।

चौंरीका बथान
जीवन उत्थानको गोठमा
युगिन निम्छरा भोगाईहरु नियाल्दै बस्दा
सगरमाथाको धुमिल बर्को
कुन चैतमासको हुरीले उडाएर लग्यो
सोधदैछन अरुण र तमोरका छलांगमय सुसेलीहरु ।

सिर्जनशील र फरक सोचले प्रेरित भएर साहसिक सर्जकहरुले कोरेका जति पनि नया धारहरु छन तीनलाई उत्तर आधुनिक संरचना भन्दा भिन्न राखेर व्याख्या गर्नु युक्तिसंगत नहुने मेरो तर्क छ । यद्यपि तीनका निश्चित मापहरु होलान तर ती परम्परागत शैलीका अभ्यस्ततालाइ कुल्चेर समयको सुदुर क्षितिज उघार्ने चेतनाहरु हुन् । समय हिजोको प्रविधिमा आफैं पनि रोकिदैन यसर्थ अबका कविताहरुले सामयिक हुनैपर्छ ।

यसबेला यिनै चार सर्जक हरु सगरमाथा छुन उद्यत् प्रवाहको यौटा विहान कोरिरहेका छन । र संयुक्त कविता लेखिरहेछ्न । भेटघाट यहि डिजिटल चौतारीको हो । तर परीचय मानौं धेरै पुरानो छ यो सम्बन्धको । संयुक्त लेखनको यो कविताले फेसबुकको मझेरीमात्र रंगाएको छैन यसले नेपाली साहित्यमा यौटा नौलो संदेश र परिवर्तनको घन्टी बजाएको महशुश कविता पढेपछि हुन्छ । कविताले घचघच्याएको छ निरिह समयलाई । चिन्ता छ परिवर्तन बिरोधी तत्वहरुको ।

सगरमाथाको मसि
कुन हिउदको सिरेटोले
पातलो बनायो ?

जिज्ञासायुक्त बिम्बको शसक्त आरोह संगै आरम्भ भएको कविताको ओज घनिभूत हुदै जान्छ र पाठक मन अझ आतुर हुन्छ भावको गहिराइमा डुब्न । अनि टक्क अडिन्छ ... देश र समाज दुखेको महशुश गर्छ ....जब उ यहानेर पुग्छ ।


कुन पटाक्षेपमा गएर भासियो
सोध्न चाहन्छन टिस्टा र काँगडामा कुदिएका
हाम्रा सिमा स्तम्भहरु ।

देशलाई छातीभित्र राखेर प्रवासिएको नेपालि मन यहानेर भरिन्छ देशको मायाले । चारै सर्जक संग घर छाड्नुको नमिठो अनुभूति छ, र समभाव पोखिएको छ कवितामा । यो स्थितिले सबैलाई पिरलेको छ सिमा मिचिनु वा अझै पनि असुरक्षित हुनुको आशंका हो यो । यस्तो पिडादायी अनुभूति एउटा देशको हरेक स्वाभिमानी नागरिकमा हुनु पर्छ । हिउन्जस्तै संग्लो देशप्रेमको काव्यिक अनुभूति संग पग्लदा पग्लदै पाठक अब त्यस्तो खण्डमा आइपुग्छ जहाँ सबै भावना मूर्तपनाहरु, आकारहरु, बिचारको सघन अमूर्ततातिर, गहिराईतिर वा रहस्यतिर या भनुँ कविताको क्लाइमेक्सतिर अभिमुख भएझैं महशुश हुन्छ ।

अब काव्यिक प्रवाहले कविताको शृंगार र बिम्बको जादुमा मोहित भैरहने पाठक स्वाभावको मोहभंग गर्छ र ध्यानाकर्षण गराउँछ । यथास्थितिमा फर्काउँछ र ठिंग उभ्याइदिन्छ कतै अग्लो पहाडको नजिक .........तर फेदैमा । यद्यपि यसले निराशा बोल्दैन । अनेक अर्थ र प्रयोग हरु हुन्छन रंगमा । यहानेर रङ्गै रंगका भिरहरु भत्किएको पनि देखिन्छ । घात स्पष्ट देखिनेगरी कुनै कुचिकार चेतनाको रंग भर्न थाल्छ र पाठकलाई वौद्धिक बिचार लिएर सम्पूर्ण क्यानभास रंग र भाव पुन पढन आग्रह गर्छ । यहानेर बहुरंगवादको छाया स्पष्ट देखिन्छ।कहिले छर्लंग बुझेजस्तो, कहिले केवल शाव्दिक पहिरो मात्र अनुभूत हुने गरि ठ्याक्कै नबुझिने अन्तिम धर्काहरु कोरेको छ । अभिव्यक्तिको क्लिष्ट मोडमा काव्यको अन्त्य हुनुले पाठकलाई रचनामा कहीं अल्झन र सो बिषयमा घोरिएर आफ्नो अर्थ लगाउन बाध्य बनाउछ ।

यसर्थ आजकल म सगरमाथा बाँचिरहेछु
एन्द्रिक रंगिताको बोधमा
अर्थकुल निर्निमेष हेरिरहेछु क्षितिजलाई
सगरमाथा खोज्दै निस्केको बिहान ।



शव्दहरुको सरलीकृत संरचनामा मात्र काव्यबोध हुने परम्परा नितान्त फेल भैसक्यो । आजको साहित्यले पाठकलाई सोचमग्न बनाउछ र वौद्धिकताको अपेक्षा गर्छ साथै यदाकदा अनिश्चय वा भ्रान्तिको पनि सिर्जना गर्छ तर यहि बुझाइ वा अबुझाइको अवस्थामा अनुभूत हुने काव्यचेत नै यसको सौन्दर्य हो । प्रत्येक व्यक्तिका आफ्नो दृष्टिकोण र दर्शन हुन्छन र काव्यलाइ पनि आफ्नो अनुरुप बुझ्न तपाइँ स्वतन्त्र हुनुहुन्छ । मानौं मोनालिसाको तस्विर पढे जस्तै ।

विगतको प्रगतिशील समसामयिक शैलीमा रमाएको काव्यक्षेत्रमा नया नया धारहरु पलाउदै गए । प्रयोग र संरचनामा नविनतम बांकिहरुको खोजि गर्न सर्जक हरु उत्साहित हुदै गए र नेपालि साहित्यमा जन्मियो वहुरंगवाद, मुक्तलेखन, अश्रृन्गार , चक्रव्यूह सचेतना, लीलालेखन अर्थात सृजनशील अराजकता जस्ता अनेकौं नाम, वाद वा प्रयोगहरु । ती प्रयोग आफैमा लहड वा रौसमात्र थिएनन साहित्यिक आयामका नया पाइलाहरु थिए, त्यसरी नै फेसबुकका पर्खाल र कान्ला कान्ला दगुर्दैछ्न एक हुल युवाहरु चेतनाको राँको बोकेर,
सगरमाथाको उचाई चुम्न ।
ती पाइलाहरुलाई सलाम ....!
Next Story: Older Posts Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI