कृष्णपक्ष

krishnathapa.com




फूलहरुको यौवन र वसन्तको वैंश छाएको छ शहरमा । मौसम सफा छ, विहान र साँझपख अत्तर महकिएको पराग बोकेर हावा बग्न थालेको छ । तर मेरा दिनहरु भने अति व्यस्त बिते । यस हप्ता इजरायलमा यहुदी धर्मावलम्बीहरुको सबै भन्दा ठुलो चाड पेशाख परेको थियो । मेरो इम्प्लोयर अति धार्मिक र परम्परावादी भएकोले यो समय अत्यन्त व्यस्त रहनु पर्यो । सामान्यत शुक्रबार र शनिबार त सधै नै व्यस्त हुने दिन नै हो । यी व्यस्तताहरूका बीचमा परेको नेपाली नया बर्षको स्वागत पनि गर्न पाएकै छैन । साथीहरुसंग शुभकामनाको दुइ शव्द समेत राम्ररी बाड्न नभ्याएको अवस्था रह्यो । मैले अघिल्लो समय वाचा गरेको थिए, अब हरेक हप्ता नया नया रचना लिएर आउछु । सिर्जना र अर्थोपार्जनका कार्यहरु उस्तै कर्म होइन रहेछन। अरुका लागि समय महत्वपूर्ण हो तर सिर्जनाका लागि समय र मन दुवै चाहिन्छ । मन प्रेमिल भएको क्षण संगालेर आज एउटा शृंगारिक गज़ल लिएर आएको छु ।

 जुनेली झैं वदनमा भरेर उज्यालो 
 मुस्काउदै आयौ तिमी छरेर उज्यालो 

 मन छोउँ आँखा चिम्ली, खेलुँ यो रातमा 
 तनको किताब पढुँ बन्द गरेर उज्यालो 

 जगमगायो देह तिम्रो, कन्चन शरीर 
 मानौं आकाशबाट आयो झरेर उज्यालो 

 लुकी लुकी चियाउन प्रभात आएछ 
 कति छिटो पुर्वतिर सरेर उज्यालो 

 अबेर भो भन्दै जब पाइला बढायौ 
 कृष्णपक्ष भयो मन, मरेर उज्यालो ।। 

 जाँदाजादै धेरै बर्ष अगाडी बनाएको यो नया बर्षको यो भिडियोको साथमा सबैलाइ नया बर्षको हार्दिक मंगलमय शुभकामना । नया बर्षमा पुरा होउन अधुरा लक्ष्यहरु .... ।





यस्तै यस्तै :

  1. Its nice as always ..
    Living art with touchable wording brought sunshine one more time in our lives ...
    May this new year would be inspirational new year for all of us :)

    ReplyDelete
  2. अबेर भो भन्दै जब पाइला बढायौ
    कृष्णपक्ष भयो मन, मरेर उज्यालो --

    ReplyDelete
  3. sandipthapa13@yahoo.com13 April, 2012

    धन्यवाद!!!
    ढिलै भयपनी हजुरलाई नवबर्ष 2069 सालको शुभ पावन अवसरमा हजुहरु लगायत हजुरहरुको संपुर्न परीवारमा पनि जोश जाँगर,उमंग,शुख, शान्ति एवं उत्तोरत्तर प्रगतिको साथमा वैशाखको नव पालुवाले हरियाली छायझै हरियालि छाई सदासर्बदा मुश्कुराई रहोस भन्ने हार्दिक मंगलमय शुभकामना छ ,,,,,,,,,,,,,,

    ReplyDelete
  4. dherai ramro cha bro

    ReplyDelete
  5. नयाँ वर्षको बेला मताउने गजल पढ्न दिनुभयो । क्या गजब!

    शुभकामना छ है नयाँ वर्षको तपाईंलाई पनि ।

    ReplyDelete
  6. sunita sharma14 April, 2012

    so nice .....

    ReplyDelete
  7. नयाँ रचना लिएर आउने वाचाले व्यावहारिक जीवनमै सफलता पाइरहोस्,
    नयाँ वर्षमा यही शुभ कामना कृष्णजीलाई ।

    "मुस्काउँदै आयौ तिमी छरेर उज्यालो "

    कारण, सिर्जना र अर्थोपार्जनका कार्य तपाईंले भने झैं फरक कुरा हुन् ।

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!