कृष्णपक्ष

krishnathapa.com

टेबलमा "मोड" उस्तै गरि पल्टी रहेको छ । जहाँ एउटा विवश नेपालीले वैदेशिक रोजगारीको शिलशिलामा अनेकौं उकाली, ओराली, जंघार र घुम्तीहरु हुदै संसारका विभिन्न देशहरुमा पुगेका, उसले भोगेका जीवनयात्रा र घटनाक्रमहरुका संस्मरण लेखिएका छन ।

अस्तिको भेटमा उहाँले भनेका शव्दहरुको सम्झना आउछ - इजरायलमा कुनै तडकभडकबिना आपसी हातेमालो, मिलाप, सौहाद्रता र जीवन बोकेर बाँचिरहेको यदि कुनै साच्चिकै संस्था छ भने म अनेसास इजरायललाइ सबैभन्दा पहिले सम्झन्छु । त्यो साँझ नई गणेश दुर्गा पुरस्कारबाट पुरस्कृत श्रष्टाद्वय दीप्स शाह र उमा सुवेदीको अभिनन्दन तथा नेपाल फर्कने क्रममा रहनु भएका सोमेन्द्र घिमिरे र उमा सुबेदी स्वयमको विदाई कार्यक्रम थियो ।

सस्मरणात्मक कृति मोड भित्र एउटा प्रतिनिधि परदेशीले भोगेका असंख्य मोडहरुका बयान गर्ने उनै एक यात्री हुन नयन्द्र चेम्जोंग । बारुदको खेति गरेर छिमेकी तर्साउने देश इजरायलमा उनको वसाई अवैध भएको घोषणा गर्छ - यो देशको अध्यागमन निकाय र स्वदेश फर्काउन चाहन्छ ।

अविष्मरणीय झरी र असिना

कृष्ण भाइ ! मान्छेको जीवन केवल भोगाई र अनुभूतिहरूको संगालो मात्र हो । मेरो जीवनमा पनि यस्ता अनेकौं तिता मिठा अनुभूतिहरु गासिएका छन र यो घटना पनि त्यस्तै एउटा अनुभव भयो, कुनै गुनासो छैन । मैले हिड्नु पर्ने नेपालका बाटोघाटो पाखा पखेरोहरुले मलाइ पर्खिरहेका छन ।

मन गह्रुङ्गो भएपछी कुरा गर्ने र सहानुभूति बाड्ने हिम्मत नै नभएजस्तो, गला रोकिएजस्तो सयथरी अनुभूतिहरुले आफुलाई एकै साथ थिचिरहेको बेला उहाँ उल्टो मलाइ नै सम्झाई रहनु भएको थियो ।

केही दिन अरु साथीभाई संगै बसौं, हाँसखेल गरौँ र कुनै पक्का योजना सहित स्वदेश फर्कौं त्यत्ति मात्र थियो कोशिस । गल्ति आफ्नै, त्यो ढिलो भयो र यो देशले मानेन, यहाँको नियमले मानेन, स्वीकार गरेको छु ।

म पार्क लुमिमा गएको बनभोज सम्झन्छु । इजरायलमा रहनु भएका थुप्रै साहित्यिक मनहरु एकै साथ् भेला भएर हाँसेका, रमाएका थियौं, कविता सुनाएका थियौं । र त्यही खुल्ला आकाशतल संस्मरणात्मक कृति मोडको विमोचन गरेका थियौं । बिचमा जब झरी परेथ्यो, झरीमा रुझेर अतालिई रहेका साहित्यिक मनहरुलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो - "यो झरी परेकोमा अहँ कुनै दुख छैन, यसले त सम्झना अरु अविष्मरणीय बनाइ दिएको छ । सोच्दैछु - अब असिना पनि बर्षियोस र चुटोस हामीलाई ।"

कुनै पनि घटनालाइ हेर्ने फरक धार या एउटा पृथक दृष्टिकोण उहाँ संग थियो त्यो व्यक्तित्वलाई म हार्दिक प्रशंसा गरिरहेछु । जसको जीवनमा पटक पटक असिना बर्षिएको छ र फेरी उ उस्तै मुस्काई रहेको छ ।



मान्छे नअट्ने गाउँ

विदेशिने र विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लर्को सधै उस्तै छ थामिएको छैन र छिटै थामिदैन पनि शायद । त्यसो र ऋणका पोकाहरु फुकाएर एकमुठी सन्तुष्टिको गाँस लिने, एक छाप्रो वास र एक धरो कपासको जोहो गर्ने लोभ बोकेर परदेश लागेका धेरै संग ती सपनाहरु फर्कने बेला सम्म ज्युँ का त्यूँ हुन्छन । अझै केही समय थपेर पसिनाको विनिमय अरु केही गरुँ न त भन्न चाहने कति छन कति ? उनीहरुसंग स साना खुसिहरु किन्न सक्ने गरी कमाउन अझ पसिना बगाउने धोको हुदो हो । जसका आँखामा सन्ततिको सुन्दर भविष्य पनि गासिएको हुँदो हो ।

यहाँ स्थित गैर सरकारी संस्था काभ ला ओभेद (श्रमको सम्मान) कि संस्थापिका हाना जोहार इजरायल सरकारलाई बारम्बार भनिरहेकी छिन - "तिमीले गर्न नसक्ने या नरुचाउने अप्ठेरा कामहरुमा सघाएर, श्रम र पसिना बेचेर अरु २/४ पैसा कमाउन इच्छुक गरिब देशको नागरिकलाई तिमी किन अपराधीको नज़रले हेरिरहेका छौ ?"

त्यसभन्दा पनि माथि उठेर मानव अधिकारवादी संस्थाहरु एकै स्वरमा भन्छन - "जाति धर्म र राष्ट्रियता भन्दा ठुलो मानवीयता हो । धर्तिको जुन कुनामा पुगे पनि उ सबभन्दा पहिले एउटा मानव हो, हास्ने खेल्ने, काम गर्ने उसको उत्तिकै अधिकार छ जति तिम्रो छ । राजनैतिक स्वार्थका लागि बनाइएका कानुनले मानव अधिकारको हनन नगरोस ।"

लुकेर भागेर, छेकिएर शरणार्थी बनेर हात उठाएर पनि मान्छे अटाउन सकेको छैन यहाँ । घरदेश होस् वा परदेश जहाँ पनि मान्छे तिरस्कृत भएकै छ पटक पटक । मलाइ यो स्थितिबोधले अत्यन्त उदेक लागेर आइरहेको छ कि मान्छे अटाउने गाउँ मान्छेकै मन मात्र रहेछ त्यसबाहेक उ कहीं अट्दैन ।


धन कमाउने सपना

थाहा थिएन कुन विवशताले हामीमा डेरा जमाएको थियो ? अँध्यारो, बन्द, द्वन्द, ढुङ्गा इटाका टुक्राहरु, भाचिएका रेलीङहरु, अस्थिर राजनीति, अशिक्षा भोक गरिबी र शुन्यता ... । देश समझदा सल्बलाउने यस्तै दृश्यहरुको नमिठो अन्तरद्वन्दले हो या मनमा साचेर राखेको भोलीको एउटा सपना र जिवनमोहले डोर्याएर हो, मान्छे शरणार्थी भै दिएको छ । युरोप, क्यानाडा र अमेरिकामा धेरै नेपालीले यो विवशतालाई हात उठाएर आत्मसात गरेका छन ।

इजरायल सरकारले भर्खरै दोश्रो चरणको संसदीय निर्णयबाट केयरगिभर सम्बन्धी नया कानून पास गरेको छ । वृद्धवृद्धा नागरिकको हेरचाहका लागि विदेशबाट झिकाइएका कामदारहरुलाई लागु हुने यो कानूनका अनुसार उ अर्को शहरमा काम गर्न जान पाउने छैन, उसले त्यही स्थानमा रहेर त्यस्तै प्रकृतिको बिरामीको मात्र हेरचाह गर्नु पर्नेछ र सिमित संख्यामा मात्र रोजगारदाता परिवर्तन गर्न पाउनेछ ।

दासत्वका आधुनिक नियम कानून निर्माण गरिरहेको छ यो राष्ट्र र गरिब देशका निरिह नागरिक हुनुका विवशता माथि प्रहार गरिरहेको छ । जस्तो सुकै परिस्थितिमा पनि जीवन जस्तै बनेर आत्मसम्मान हरेक मान्छेको अन्तरमा बाचिरहेकै हुन्छ तर त्यसको स्वरूप र परिभाषा भने देश, काल र स्थिति अनुरुप सापेक्षित हुदै जाँदो रहेछ र जसले सम्झौतालाई स्विकार्दो रहेछ । के हो आत्मसम्मान र स्वाभिमानको परिभाषा ? म पटक पटक अन्योलमा परेको छु ।

यो बाध्यता हो यस्ता कति नियम कानुनले हामीलाई पराइको आँगनमा एउटा दासत्व स्वीकार्न विवश बनाई रहेका छन, हामी मौन यसकारण छौं कि हामीसंग सपना छ र त्यो सपना हामीलाई असाध्य प्यारो लाग्छ । जापानका गज़ल्कार मित्र कृष्ण 'काल्स'को गज़ल संग्रहको शिर्षक जस्तै - " धन कमाउने सपना "


कंशका दूतहरु

तेल अभिभ सेन्ट्रल बस स्टेशनको पछिल्तिर सलामे स्ट्रिटमा नेपाली दम्पति द्वारा संचालित माल्का बेबी केयर सेन्टरमा खासखुस चलिरहेको छ - रोशनीलाई नाबालक छोरासहित पुलिसले पक्राउ गर्यो नि, बिचरी । इजरायलमा कामदारको रुपमा आएका धेरै आमाहरु दुधे बालकलाई काखमा च्यापेर सोचिरहेका छन - कतै मलाइ पनि भोली पुलिसले पक्राउ गरेर निर्वासित गर्ने त हैन ?

इजरायल उसको धार्मिक यहुदी राज्यको परिकल्पनामाथि भोली सङ्कट आउन सक्ने भयले आज यति मानवाधिकार बिरोधी हुदै गैरहेको छ कि उ कसैको कुरा सुन्दैन । उसले यतिखेर बिर्सेको छ कि इतिहासमा उ कतिपटक अरुको घरमा शरणार्थी भएर संघर्ष गरेको छ , पटक पटक लखेटिएको छ, धपाईएको छ, तिरस्कृत भएको छ र आमसंहारको शिकार भएको छ । उसले आज आफैले त्यही हिटलरी प्रक्रिया दोहोर्यान कुन नैतिकताले दिन्छ ? यसर्थ पनि उ यसरी क्रुर हुनु हुदैन - यस्ता कदमहरुको यसबेला इजरायलीहरु नै बिरोध गरी रहेका छन, भनिरहेका छन - इजरायलमाथि पर्न सक्ने सङ्कट न त अवैध मानिएका कामदार हरु हुन्, न त अबोध शिशुहरू । यदि हो भने धार्मिक राज्य बनाउने नाउँमा अधर्मी भएर एकपछि अर्को कडा नियम बनाउदै जानु र क्रुरताको परिचय दिदै स साना निहुँमा छिमेकिहरुमा आक्रामक नीति बनाउनु उसको संकटको कारण हुनसक्छ ।

इजरायलको यो कंश चरित्रबाट रुष्ट भएका समाजसेवी तथा अधिकारकर्मीहरुले एउटा यस्तो भूमिगत संजालको निर्माण गरेका छन जसले हरेक दिनजस्तो सैयौं वालवालिकाका बा - आमाको मोबाइलमा एकैपटक प्रहरीका गोप्य सुचना प्रसार गरेर सघाइरहेका हुन्छन ।

"आज ठिक यतिबेला फलानो शहरको फलानो स्ट्रिटको यति नम्बरको घर नजिक अध्यागमन प्रहरी देखिएको छ त्यो बाटो नहिड्नु .. सतर्क भएर बस्नु ।" मोबाइलमा संदेश आएको देखेपछी बच्चा खेलाउदै गरेकी एउटी फिलिपिनी पार्क बाटै शहरको एक कुनामा अलप भइ । उसलाई लाग्न थालेको छ यसरी कहिले सम्म सकिएला र ?

भन्न त संदेश पठाउनेहरु यसो पनि भनिरहेका छन, यदि पुलिस तिम्रोमा आयो भने तत्काल हामीलाई मेसेज गर्नु १० मिनटमा हामी आउनेछौं र प्रतिकार गर्नेछौं । यस्तो उद्धारको वचन पनि अति संवेदनशील मानिएको वालवालिकाका बिषयमा मात्र केन्द्रित भएको छ, कारण अवैध मानिएका हजारौं कामदारहरुको तथ्यांक र सम्पर्क उनीहरु संग छैन । राज्य र कानुनका अघिल्तिर हटलाइनको यो सदाशयता र विरोधले कुन अर्थ राखोस ? यस्ता झिना संकेतहरु छक्याउदै गल्ली गल्ली पुलिसहरु आफ्नो शिकारको खोजीमा निस्किरहेका छन । सावधान !




video


video

यस्तै यस्तै :

  1. हो कृष्णपक्ष जी सपनाको भारी बोकेर बिदेशिने हामी नेपाली यसरी नै हेपिन्छौं , चेपिन्छौं र अन्तत लखेटिन्छौं । अनी कृष्णपक्षहरुका भावुक मनबाट करुण कथाहरु यसरी नै लिपिबद्द हुन्छन् । इजराइल पुगे जत्तिकै अनुभुती दिलाउन सफल भयो तपाईंको पोस्ट। धन्यवाद ।

    ReplyDelete
  2. मिठो प्रतिक्रियाको लागि प्रकाशजीलाइ धेरै धेरै धन्यवाद !

    ReplyDelete
  3. म एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!