Responsive Ad Slot

Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

बुढो मान्छेको मन

3 comments

Friday



रातभर बेस्मारी हुरी चल्यो ।

आंधीबेहरी चलाएर सुनामी ल्याउला जस्तो उग्र थियो हावाको वहाव । समाचार बनेर उत्तरी क्षेत्रतिर बिस्तारै खस्न थालेका फुसफुस हिउँका दृश्यहरु बाहिरै पोखिएला झैं टेलिभिजनका स्क्रिनभरि  छाएका थिए  । रोकिंदै दर्कन्दै गरेको बतासे झरी र त्यसले बोकेर ल्याएको चिसो सिरेटोले बसेको ठाउँबाट उठ्न मन थिएन ।

यस्तो बेला थरिथरिको मुडबाट गुज्रन्छु म । कहिले अल्छी नामको सतुर लागेपछि झ्याल ढोका बन्द गरेर विच्छ्यौनामा पल्टिईरहन मात्रै मन पर्छ त कहिले भने झरी जस्तै दर्कन्छन भावनाका तरंगहरु र डायरीका पानाहरुमा पोखिन्छन  । आज दुवै भैरहेको छैन, यो बतासको मीत जस्तो मन त्यतिकै अस्थिर छ ।

झ्याल खोलेर बाहिर हेर्छु, एउटा बिरानो शहर आँखामा ठोकिन्छ, भिजेको सडक र रुझेका यात्रीहरु । मौका पर्खेर बसेझैं एक झर बाछिटा कोठा भित्रसम्म पस्छ, पुन झ्याल बन्द गर्छु ।

"ख्वाङ ख्वाङ .........." बैठकबाट एउटा बुढो मान्छे खोकेको आवाज आउछ  । "एउटा बुढो मान्छे" इजरायलमा कार्यरत हरेक केयरगिभरको दैनिकीको मुख्य चित्र हो, चरित्र हो । त्यो बुढो मान्छे , जसलाई बिदाका दिन बाहेक हरेक दिन उसले स्याहार गर्दै आएको हुन्छ ।

घाम हराएको दिन, बेचैन छ उ पनि  । टुटे-फुटेका सम्झनाहरुले गिज्याउन आउँदा हुन् । पोल्याण्डमा रहेको उनीहरुको घर उजाड बनाएर बा आमा र आफन्त  सबैलाई नाजीहरुले होलोकाष्टमा जलाउन लगेको बेला उ रसियन सैनिकमा भर्ति भएकोले मात्र बाँचेको थियो ।   "कुन सन्जोगले किन  बाँचे  ममात्र, यो निस्सार जिन्दगी  जिउन ?" कहिलेकाही  उभित्र नैराश्यताको  बाँध  भत्कन्छ  र हद  नाघ्छ  । शुन्य तलका माइनस पचासौं डिग्रीको तापमान बोक्ने रसियाको जमिनजस्तो कठांग्रिएर् बा आमाको न्यानो  मायाविना नै उसको सम्पूर्ण किशोरावस्था व्यतित भएको थियो । उसलाई लाग्छ यहि अनभिज्ञतामा शायद मैले पनि आफ्ना छोराछोरीलाई भने जस्तो माया दिन जानिन कि ?


 त्यसपछि कसरी उ इजरायल प्रवेश गर्यो,, घर बनायो ? जागीर खायो? उफ~~ सबै बिर्सिइयो , आफ्नै जीवनकथा सिलसिला मिलाएर सम्झन सक्ने क्षमता पनि छैन अब उसमा । स्मरण शक्ति क्षीण हुदै गएको छ कुनै पनि कुराको स्पष्ट हेक्का रहदैन ।

मन्दिर जाने बाटो र प्रार्थनाका एक दुइ ऋचा  मन्त्रहरु बाहेक उसको सम्झनामा सबै कुरा अधुरा छन । दिनभरिको अधिकांश समय यिनै कुरामा सिमित गर्दै आएको यो बुढो मान्छे संग कति खुसिका क्षणहरु होलान, कति संघर्ष वा दुखका कहानीहरु होलान ?  म बारम्बार सोध्ने यत्न गर्छु, उ मुस्काई मात्र रहन्छ ।

आज त त्यो मुस्कान पनि उसले बिर्से जस्तो छ, घरिघरि एक्लै बर्बराएको सुन्छु " हे भगवान, कति एक्लो जीवन !"

एक कप तातो कफी पिई सकेपछि बल्ल् भने मुखबाट उठेको बाफ पर पर फ्याक्दै उ प्रश्न गर्छ -
"किबुचको बिषयमा कति लेखि भ्यायौ त ? पुस्तक कहिले तयार हुन्छ तिम्रो ?"
किबुच एक प्रकारको सामुदायिक विकासको अवधारणा हो, इजरायलमा यसको उदाहरणीय र अनुकरणीय प्रयोग भएको छ ।

"अहँ आधा पनि सकेको छैन, यस्ता खाले पुस्तकको हाम्रो देशमा खासै महत्व या उपयोगिता होला जस्तो पनि लाग्दैन ।  त्यसैले यी अहिले त कथा पो लेख्न थालेको छु,  फेसबुकतिर टाँस्दिन्छु , एक दुइ जनाले पढ्छन पनि । "

मेरो नजीक आएर भन्छ उ, त्यसो भए आज के लेख्यौ त, सुनाउन त  ?

कहिलेकाही म आफुले कोरेका भावनाहरु अंग्रेजीमा उल्था गरेर पनि सुनाउथे,  घुर्कीको भाषामा जवाफ फर्काउछु अहँ यस्तो  हास्दै  नहास्ने  मान्छेलाई त म केहि पनि सुनाउदिन  , बरु यो लामो  दाह्री भएको  तिम्रै  फोटो  टाँसेर तिम्रै कथा पो लेखिदिन्छु  । त्यसपछि भने उ मुस्काउछ  , अनि  2/4 टुक्रा  जे  पायो  त्यहिँ  नभनी  म धर  पाउँदिन  ।


यो भौतिकवादी जीवन शैलीले मान्छेलाइ कति एक्लो बनाउदै लगेको हो, यो बुढो मान्छेको मनको साक्षी बसेको छु, यतिबेला । छोरा छोरीको माया भन्नु सेवा र सुबिधा मात्र भएको  छ  । हप्ता दिनमा हाइ भन्दै आउछन , म्वाई खान्छन र जान्छन, त्यत्ति हो । कसैले त्यति पनि गर्दैनन् । त्यसैले बारम्बार उ मलाइ प्रश्न गर्छ

"तिम्रोतिर त बा आमा संगै बस्छौ नि हैन ?"
"पखेटा लागे पछि कोचाहि संगै बस्छ र , जहाँ पनि उस्तै हो, तर यहाँ जस्तो साह्रै अशक्त भएको बेला पनि वृद्दाश्रम वा  कर्मचारीकै भरमा एक्लै चाहि पार्दैनन, चाहेपनि त्यसो गर्न समाजको डर हुन्छ हाम्रोमा ।"

 आज सुखद शुक्रबार, साँझको प्रार्थना गर्न मन्दिर(बेट केनेसेट) जानुपर्ने अहँ झरीले कतै निस्कन दिएको छैन । तर केटाकेटी जस्तो  उ  अघि  नै  तम्तयार भने भै  सकेको  छ । कैले त्यतिकै फुरुंग भएर हास्छ त कहिले कुनै दुस्वप्न जस्तो नमिठो सम्झनाले आँखा रसिलो बनाउछ ।
तर बुढाबुढीमा हुने यस्तै सामान्य अधीरता पनि छोराबुहारीलाई विचित्रको लाग्छ र कुनै रोगको संज्ञा दिन्छन र निको पार्ने गोलीहरु । र विवश त्यो बुढो मान्छे मानसिक बिमारीका यस्ता गोलीहरु बर्षौं देखि लिंदै आइरहेको छ ।


छोरो आउनु झरीमा घाम उदाउनु जत्तिकै हो, उ आउँछ, बुढाको भुइंमा खुट्टा हुदैन । माया भन्ने कति ठुलो हुँदो रहेछ संसारमा ? उसको मुहारमा देखिने उज्यालो ले यी सब बताइरहेका हुन्छन ।त्यसैले त मलाइ सधैं लागि रहन्छ उसको मानसिक विमारी औसधिले हैन प्रेमको न्यानोपना ले मात्र निको बनाउन सक्छ ।

"बाबु, तेरो धन्दा कस्तो चल्दैछ,  बुहारीलाई कस्तो छ ,
कान्छो नाति कहाँ गयो - त्यो आजकल मसंग रेमिक्युब खेल्न किन आउदैन?"

एकै सासमा बुढाले प्रश्नका प्रश्न सोध्न थालेपछि छोरो चाहि म तिर फर्किएर भन्छ -
बुबालाई कस्तो छ बेचैनी घटेको छैन जस्तो छ नि ?

उसलाई किन लाग्दैन बुढेसकाल को बेचैनी स्वाभाविक हो, यो केटाकेटीपना, यो घुर्की या  प्रेमको अपेक्षाहरु सबै नितान्त प्राकृतिक हुन् । बुढो मान्छेको मनै यस्तो हो ।

म भन्छु,
"उनी एकदम सही छन्,  यत्ति हो घरि घरि राति ब्युझेर तिमीहरुलाई खोज्छन, अनि घरि घरि आफैलाई । शायद कतिपटक उनि आफ्नो हाट बात फुस्किसकेको जिन्दगि या बिगतका सम्झनाहरु खोज्दा हुन् ।"

अचानक उसको आँखा बैठकको रित्तो टेबलमा पर्छ, जहाँ हरेक शुक्रबार साँझ एक गुच्छा ताजा फूल राखिन्थ्यो । त्यो उनीहरुको धार्मिक परम्परा पनि हो । केहि हप्ता अघि मात्र उसले जर्मनीबाट मुगा र जेड (एक प्रकारको पत्थर ) मिश्रित फूलदानी लिएर आएको थियो । आज त्यो त्यहाँ थिएन ।

'टेबलको फूलदानी खै' ?
कम्पित स्वरमा बुढो मान्छेले भन्यो - 'अस्ति राम्रो लागेर हेर्दै थिएँ, एकाएक  हातबाट झरेर फुट्यो, कच्ची रहेछ बाबु त्यो त । "

छोराको आँखाको रङ गोलभेडा जस्तो रातो देखियो ।

रिसको आग्नेय दृष्टि फर्काउदै उ बुढो मान्छेलाई गालि गर्दै थियो ।
'तपाईंलाई थाहा छ त्यो कति अमूल्य थियो ? नसक्ने भए पछि चुप लागेर बस्नु भनेकै छु त, तपाईं किन मैले भनेको बुझ्नु हुन्न ?
(why do you not understand anything?)'

............
..................
.....................



" तँ सानो छँदा, तेरो बोली पनि नफुट्दा   चराको चिरबिर जस्तो तेरो मुखबाट निस्कने प्रत्येक अस्पष्ट शव्दको अर्थ बुझ्थें म , कसैले नबुझ्ने तेरो हात र  औंलाको इशाराको भाषा बुझ्थें म छोरा । "

बुढो मान्छेको आँखाभरि आँसु पोखिए,

"अहिले त म के नै बुझ्छु र ? अहँ केही पनि बुझ्दिन ।"

कुनै अबोध बालकझैं बुढो मान्छे घुँक्क घुक्क रोइरहेको थियो ।
बाहिरको झरी उहिल्यै थामिए पनि बुढो मान्छेको आँखाको झरी धेरैबेर सम्म थामिएन ।


(वास्तविक जीवनमा भेटिईरहने  पात्रहरुले यहाँ चरित्र निभाउन आएको भए पनि यो केवल एउटा कथामात्र हो ।)

अनुहार

5 comments


साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।

कहिलेकाही नारायणगोपालको पुरानो गीत बजिरहेको पनि सुनिन्थ्यो - एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा ....।

पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो ।

अर्को पटक सुपर मार्केटमा फेरी उसै गरि भेट भयो, मैले बोलाए
"एक्सक्युज मि यहाँको शुभनाम ?"
"साधना.. साधना शर्मा । किन र महाशय ?"
हेर्दै नहेरी प्रश्न र जवाफ एकैपटक फर्काइन् ।


हैन त्यतिकै म अलि रातो भएँ, अल्लारे केटाकेटी जस्तो कुनै अपरिचितको पिछा गरेझैं भान भयो आफुलाई । विषय खोतल्दै मैले भनेँ - " हैन मेरी एउटी मित्र थिईन, कलेजकी सहपाठी .. उनको अनुहार दुरुस्त तपाईं संग मिल्ने भएर सोधेको । हाम्रो भेट नभएको पनि बर्षौं भयो ।

शायद उनलाई यो बहाना जस्तो लाग्यो कि, प्रसंग अगाडी बढेन । त्यसपछि पनि परिचयको कुनै उत्सुकता देखाइनन उनले । घर फर्के पछि लाग्यो, संसारमा धेरै अनुहारहरु मिल्दा जुल्दा हुँदा रहेछन ।


त्यसपछिको अर्को भेट ।
"अनि उहाँको नाम चाहि के थियो त ? " मेरो हराएको साथीको बारेमा उनी आफैले जिज्ञासा राखिन ।
"साधनाजी, उनको कथा अलि अनौठो छ.. म भन्दै गएँ ।"


नाम श्वेता अधिकारी, श्वेताको सम्झना हुनासाथ म एकपटक पुराना याद्हरुको भिडमा हराउछु ।
घन्टाघरको टिंग टिंग आवाज, पारिलो घाम र मुंगफली बदाम । त्रि चन्द्र क्याम्पसमा पढ्दाका ती दिनहरु हुने गर्थे, भित्र कक्षा चलिरहेको हुन्थ्यो । बाहिर हामी गफिइरहेका हुन्थ्यौं । अमृता लोकेन्द्र, बिरेन श्वेता र म ..। कहिलेकाही अरु पनि थपिन्थे तर हामी चाहि प्राय संगै हुन्थ्यौं । कहिले त दिनभर एउटै पनि कक्षामा शामिल नभईकन बितेका उदाहरण कति थिए कति हामीसंग ।

"यो समाज के हो ? समाजको डर वा समाजले उठाउने औंला भनेको कस्तो हुन्छ ? यसले कोर्ने परिधिको आकार कत्रो हो ? " एकदिन कुरै कुरामा श्वेताले भनी ।

" ल श्वेताले के उपद्रो गर्न आँटी है केटा हो, अमृतले प्वाक्क थप्यो -भने पछि चाला माला ठिक छैन ।" सबै हाँसे ।

"तल्लो जात या अमिल्दो खानदानको मान्छेसंग भाग्न खोज्यौ कि कसो ? तर ती त अब सामान्य भैसके है श्वेता । यस्ता बिषयहरुमा त हाम्रो समय र समाज आफै रुपान्तरण हुने अभ्यासमा छ । " बिरेन अलि गम्भीर थियो हाम्रो समुहमा ।

"त्यस्तो केही हैन, बिहे नै गर्नु पर्ने, नारीले जन्मिएको घर भन्ने कुरा छाडेरै जानु पर्ने या नया घर बसाउनै पर्ने, म त यो नियमको बारेमा पो सोचिरहेकी छु । कहिले देखि र कसले बनायो होला है यो नियम ?" लाग्यो, आज श्वेता धेरै कुरा भन्न गैरहेकी छ ।

"कसरी बदल्छ्यौ? बिहे नगरी बस्छ्यौ? त्यो पनि पाइन्छ तर तिमीले भनेजस्तो चेन्ज सेन्ज चाहि केही पनि हुदैन है ।" अर्काले थप्यो, "तर अबको पाँच बर्षमा श्वेताले बिहे गरिनन भने मलाइ भन्नु, म बाजी राख्छु ।"


"पाँच बर्षको कुरा छोडी देउ, मैले त आजीवन बिहे नै नगरी बस्ने निर्णय गरेकी छु, " । अलि अलि उक्साउनु मात्र पर्थ्यो, भए नभएको कुरा गर्न थाल्थी ऊ । आज अलि धेरै नै हाउडे भई । " रह्यो घरजमको कुरा, मलाइ छोरा छोरी जन्माउन, एक्लै घर बसाउन कसले रोकेको हुन्छ ? ल केटा हो बाजी राख, म यो पनि गरेर देखाइदिन्छु, बिहे नगरी ।" फेरी एकपटक सबै हलल्ल हाँसे ।

ल यो चाहि अति नै भयो, यस्तो भयो भने मेरो घरबार सबै श्वेतालाइ ... मैले पनि बाजी राखेँ ।

पश्चिमा समाज र संस्कृतिले यसलाइ स्वीकार गरेको होला या यी कुराहरू सामान्य होलान, तर बिना पुरूष कुनै स्त्री आमा हुने बाटो हिड्न हाम्रो समाजमा सजिलो छैन । या त उसले जीवनभर कलंकित भएरै जिउनु पर्छ या त जीन्दगीको यात्रा नै टुङ्ग्याउनु पर्छ ।



अब त यी सम्वादका सम्झनाहरू पनि धमिराले धुलो पारेको पुस्तक जस्तै निकै पुराना भइसके। थाहै नपाइ समयले धेरै घुम्ती र जंघारहूरू पार गराइसकेको छ, फर्केर हेर्दा कहाँबाट आएको हुँ, आफै हिडेर आएका ति गोरेटाहरू नै नदेखिने गरी । यो पराइ मुलुकमा गैर आवासीय नेपालीको रूपमा आफुलाइ उभ्याएको पनि लगभग लगभग दुइ दशक र केही बर्षहूरू नाघिसकेको छ ।

साधनाजी श्वेताका यी प्रसंगहरू चुपचाप सुनिरहनु भएको थियो, उत्सुक हुँदै सोध्नुभयो, अनि त्यसपछि के भयो? कहाँ कसरी छुटिनु भयो त ?

समयक्रममा श्वेतासँग मेरो सामिप्यता बढ्दै गयो । बारम्बार हामी एक अर्काको घर जान्थ्यैाँ । सिनेमा होस, नाटक या संगीतका हरेक अनुभवहरूमा एउटा छायाँजस्तो यदि कसैको साथ मसँग हुन्थ्यो भने त्यो श्वेताको हुन्थ्यो, मेरो वरिपरि हरदम घुमिरहेको । कतिपटक केही कुरा भन्न चाहन्थेँ तर आवाज कतै अवरूद्ध भएझैँ लाग्थ्यो, यस्तो बेला केही नबोली धण्टैाँ रानीपोखरीको किनारमा नजर बिसाउनु वा अगम्य क्षितिजतिर टोलाउनु हाम्रो दिनचर्या हुन्थ्यो ।


त्यति नजीक भएर या दिनभर सँगै रहेर पनि अभिव्यक्त गर्न बाँकी कति कुराहरू हुन्थे मसँग । फर्केपछि जब उसलाइ फोन गर्थेँ तर उसको आवाज सुनेपछि म निशब्द रहन्थेँ, त्यसपछि दुवैतिर कोही केही बोल्दैनथ्यो, एउटा अनाैठो मैानता छाउँथ्यो ।
......
अब त हाम्रो मनको सामिप्यता यति धेरै बढिसकेको थियो कि, तिमीलाइ मन पराउछु, भन्नु टाढा भएको हुनु जस्तो लाग्न थालेको थियो । अर्थात त्यो अभिव्यक्त गर्नुपर्ने दुरी या सिमानाहरू सबै आफसे आफ भत्किसकेका थिए । हामी एक अर्कामा हराइसकेका थियैाँ।

कति विहानहरू त म आफुलाइ श्वेताको न्यानो अङ्गालोमा बाँधिएको पाउथेँ । झ्यालमाथि सूर्य मुस्काइरहेको हुन्थ्यो ।

......
कथा लेख्ने र मेट्ने आखिर समय नै रहेछ। समयले नै हामीलाइ आ आफनो जीन्दगी जिउन सिकायो । कसरी टाढा भयैाँ, भन्न सक्तिन तर सम्पर्क टुटेपछिका धेरै समय उसको खोजीमा बिताएको छु तर त्यो खोजी जति तीव्र हुनुपर्थ्यो कार्यव्यस्तता या अन्य कारणले हुन सकेन होला, र त्यसमा आजसम्म पनि म आफुलाइ दोषी पाउँछु। म अरू कसैको भएँ, उनी पनि अरू कसैकी भइन होला ।

श्वेताको अतितलाइ, उनको छाँया वा माया सबैलाइ अरू कसैमा अनुवाद गरेर जिउन अभ्यस्त हुदै गएँ, यसरी जिउने धेरै हुन्छन संसारमा, मन बुझाउथेँ ।

इन्द्रेणीको आकार जस्तै श्वेता मेरो जीवनमा उदाइन र अस्ताइन । श्वेता नामको इन्द्रेणी मेरो जीवनबाट अलप भएको पनि आज बर्षैाँ भइसकेको छ, समय कति छिटो बित्दोरहेछ । तर साधनाजीको अनुहार, कपाल, आँखा सबै सबैले मलाइ श्वेताको सून्दर यादहरूको चित्र कोर्न सघाइरहेका छन यतिखेर । श्वेता र साधनामा एउटै फरक थियो, साधनाजीको गम्भीरता। श्वेता धेरै चञ्चल थिइन्।
....


भर्खरै छोरो पेरिसबाट घर फर्किएको छ, एउटा पर्दर्शनी थियो उसको । चित्रकारितामा असाध्यै दिलचस्पी राख्छ उ। घरभरि उसले कोरेका पेन्टिङ्हूरू टाँगिएका छन । आज उसले कोरेको एउटा पोट्रेटमा टक्क अडिन्छु म । हावामा उडिरहेको कपाल, नीलो आँखा, धेरै कुरा भन्न खोजिरहेझैँ चञ्चल अनुहार .... दुरूस्त श्वेता । २५ बर्ष अगाडीकी मेरी सहपाठी । कसरी उतार्यो उसले मेरो छातिभित्र बर्षैाँ दबिएर बसेको सपनाजस्तो त्यो आकृति ? कहाँबाट भेट्यो उसले श्वेताको तस्वीर ?


"बाबा, यो त सिमाको तस्वीर हो, राम्रो चित्रकार हुनुहुन्छ । हाम्रो आर्ट स्कूलमा एउटा क्लास उहाँको पनि छ । आज उहाँकै पोट्रेट बनाउने मुड चल्यो " छोरो भन्दै थियो ।

कुनै कलाकारले कसैको मुहारको चित्र उतार्नु कुन ठुलो कुरा थियो? तर अनुहार कस्तो श्वेतासँग मिलेको ? श्वेता, साधना, सिमा, आ... संसारमा कति अनुहार मिल्दा जुल्दा हुन्छन तिनको के हिसाबकिताब ?

धेरैदिन पछि आज अचानक साधनाजीसँग भेट भयो, कुराको क्रममा सोधेँ, अँ साच्ची यहाँको परिवारका बिषयमा त सोध्नै बिर्सेको को को हुनुहुन्छ तपाइहरू ?
" एउटी छोरी छे, सिमा, चित्रकारिता गर्छे ।"

"सिमा ? " मेरो आँखाभरि त्यो पोट्रेट झल्झली नाच्न थाल्यो, कुतुहलता र छटपटीको चिरचिरे कमिला शरीरभरि कुदे्झैँ महशुस भयो ।

अनि तपाइको श्रीमान ?
......
......
केही नबोली साधनाजी मतिर फर्किएर मुस्काइरहनु मात्र भयो ।
आँखा उस्तै नीला थिए ,
कपाल हावामा तैरिइरहेको थियो,
र मैले पहिले कहिल्यै पढ्न नसकेका अक्षरहूरू आज अनुहारमा स्पष्ट कोरिएका थिए ।

म पढ्दै गएँ ,

"यही प्रश्न धेरैले सोधेपछि त म यहाँ बसाइ आउनु परेको हो, आफनो नाम र परीचय सबै बदलेर । एक्लै जिउनु त कहाँ सजिलो हुँदोरहेछ र भनेजस्तो .....? तर यतिका बर्षसम्म त म यो राज लुकाएरै बाँचिरहेकी छु भने आज अर्कैको भइसकेका तिमीलाइ कसरी भनुँ मेरो श्रीमान तिमी नै हो भनेर ...... जीवनमा हारेँ या जितेँ थाहा छैन यद्यपी मैले क्याम्पस पढ्दाको त्यो बाजीचाहि जितेको छु.. देख्यैा त ?"

रेगिस्तानको मृगतृष्णा

3 comments

Tuesday

Tiquetonne2067's flickr
अनौठो संग प्रस्तुत भएको छु यसपाली अलिकति, एकै-पटक सात वटा नया पोस्ट सहित, हुन त ती ब्लग बाहेक अन्यत्र टाँसिईसकेका पनि छन ।



कथा
कृष्णपक्ष,इजरायल

सम्भवत: मध्यपूर्वतिरको कुनै सामुद्रिक तटमा थियो त्यो बस्ती ।

धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत या गज़ल गाउथ्यो । उसका प्रत्येक कथाहरुमा प्रायश: यही वस्तीका तस्वीरहरु कुँदिएका हुन्थे । उसको आवाज सुन्न र त्यसमा डुब्न र हराउन एकैछिन थुप्रै प्यासी मनहरु भेला हुन्थे । कुनै अधुरो लक्ष्य लिएर भौतारिदै हिडिरहेजस्तो एउटा यात्री थियो, उसलाई पनि यो स्थानका बारेमा स्पष्ट परिचय भने थिएन।

नजिकै समुद्रका चंचल छालहरूले किनार चुमिरहेको देख्न सकिन्थ्यो भने अर्कोतर्फ पर क्षितिजसम्म फैलिएको एउटा रेगिस्तान । बालुवाको अपार बिस्कुन फिजाएर बसेको धर्ति जोरजोरले तातिदै गए पछि आकाश छुने क्षितिजतिर मृगतृष्णा शुरु हुन्थ्यो । पहाडै पहाडका दृष्टिभ्रमहरु देखिन्थे -सेतो हिमाल, हरियो जंगल, झरना, खोला, नांगी र फराकिला चउरहरु ... उसको देश । यस्तो साँझ उ नोस्टाल्जिक भावनाले भिजेका सपनाका कथाहरु भरेर गीत गाउँथ्यो, भोलिपल्ट उसको आवाज अक्षरहरुमा अनुवाद भएर ब्लग या फेसबुकका भित्ताहरुमा टाँसिन्थे, कसैले पढ्थ्यो लाइक गर्थ्यो वा कमेन्ट लेख्थ्यो, अनि उसको मन बुझाउने आधार र खुसीको सिमाना अझ फराकिलो हुदै जान्थ्यो ।



ऊ को थियो ? मानिलिउं उसको नाम स्वप्निल हो - स्वप्निल नेपाल ।
ऊ कहिले विद्रोह, क्रान्ति, संघर्ष र बहादुरीको कथा सुनाउथ्यो त कहिले शव्द शव्दमा कला, सौन्दर्य, चेतना र बौद्धिकता खिपिएका कविता । कैयौं पटक उसले यो वस्तीलाई विरहको आँसुमा डुबाएको छ र कतिपटक मदिरालेझैं मादकतामा रंगाएको पनि ।

वस्तीको सुदूर इलाकातिर पुराना पुस्तकहरु भरिएको पुस्तकालय झैं लाग्ने कुनै घर भेटियो भने त्यहाँ थोरै अंग्रेजी र धेरै उर्द्धु , अरबी, पर्सियन वा हिब्रु साहित्यका पुस्तकहरु भेटिन्थे । युरोप अमेरिका देखि भागेका यहुदीका निरीह अनुहार वा अग्निकाण्ड (होलोकाष्ट) का दर्दनाक तस्वीरहरु पाउन सकिन्थ्यो त्यहाँ ।तस्वीरहरूमा शासक वा योद्धाका घोडाहरु हुन्थे, बुर्काले मुख छोपेका आइमाई वा उँट र हरितपना चटक्क बिर्सेर फ़ुस्रिएको रेगिस्तानको चित्र । विश्वयुद्धका कथाका पात्र बनेका बुढाहरु त आजसम्म घर घरमा भेटिन्थे । ताजा भन्नु टेबलका अखबारहरु हुन्थे, जो अझै आफै च्यातिने गरि मध्यपूर्वीय शान्ति प्रक्रिया र युरेनियमका शिर्षकहरु दोहोर्याई रहेका हुन्थ्यो ।


मन कहाँनेर दुख्छ, बुझ्नु छ यो साँझ प्रिय
आफ्नै आँसु बगाएर रुझ्नु छ यो साँझ प्रिय


फेरि उसको गज़ल गुन्जियो । अँध्यारोसंग खेल्दै पर कुनामा पिलपिल चम्किरहेको मैनबत्तीनिर उभिएकी एउटी युवती उसका प्रत्येक शव्द बुझेझैं भावुक बनिरहेकी थिई । अनुमान सही गर्नु भयो - उ स्वप्निलकी प्रेमिका - पेजिया। स्वप्निल "परी" भनेर पनि बोलाउछ ।


समुद्रले बोकेर ल्याएको शितल हावाले शहरको ताप मात्र होइन । दिनभरको दैाडधुप वा व्यस्तताका सबै गर्मिपना साेहाेरेर लैजान्थ्यो । लहरले छुदै भाग्ने सागरको किनारमा बसेर परीलाइ कुनै मिठो प्रेमकथा सुनाउदा सुनाउदै कति रातहरू उसले थाहै नपाइ काटेको थियो ।


हजाराै बर्ष पहिलेदेखि यो वस्तीमा संसारका कुना कुना देखि व्यापारी, अनुसन्धानकर्ता तथा विज्ञहरू अाउथे, रात बिताउथे सभ्यताको कथा सुनाउथे । व्यापारिक वस्तुहरू सुन, हिरा, मोती हुोउन वा राजा रानी र युध्दका बयानहरू । अधिकांश मानव सभ्यताहरूको उत्पति र विकास सामुद्रिक किनारबाटै भएको उदाहरणले के पनि लाग्थ्यो भने हुनसक्छ शायद त्यसैले पनि यो वस्ती यति सुन्दर छ, यति विकसित छ, यस्तो धिपधिप बलेको छ।



अन्त्यहीन तिर्खा बोकेर युगौंयुग भौतारी रहने यात्रीहरुको लश्करमा शामिल हुन वालुवाको शहर रेगिस्तान भूमिमा उ कसरी आइपुग्यो ? उत्तर रेडिमेड थियो- देशमा बेरोजगारी छ, संकट छ । दशकौं देखि हाम्रो पुस्ता आउदै/जादै छ- रोजगार, व्यापार, बहादुरी, अध्ययन वा बिभिन्न बहानामा । त्यही क्रमको निरन्तरता मात्र हो उसको आगमन । आउने जानेको यो आकार उसको वस्तीमा ठूलो भए पनि उसलाई थाहा थियो संसारभरि फैलिएको छ यो यात्रा ।


" ....अन्नपुर्ण बेस क्याम्प, ती उकाली ओरालीका पदयात्राहरू र त्रिशुलीको राफ्तिंग ।" केही बिर्सनै नसकिने घटनाहरु छन पेजियासंग बितेका, राफ्तिंग गर्दागर्दै पेजिया एकपटक झन्डै त्रिशुलीमा समाहित भएकी थिई ।कस्तरी बचाएको थियो उसले त्रिशुलीको भेललाई काटेर । त्यसपछि कतिखेर पेजिया उसकी "परी" भइ, उसलाई हेक्का छैन ।


समुन्द्रको किनारमा छ उसको कफीशप, जहाँ हरेक साँझ विशेष साँझ हुन्छ। खाने पिउने र गज़ल सुनाउने । आफ्ना दौतरी यात्रीहरुसंग बसिबियालो गर्न उ आफैले खोलेको। यसलाई कफिघर भन्दा पनि ज्यादा सङ्गीत या साहित्यघरको नाम दिए हुन्छ ।

वस्तीको रमझम उत्रिए पनि यो कफिघरमा प्रेमको सङ्गीत गुन्जिई नै रहन्छ भोलीको सुर्योदय सम्म। पहरा गरेझैं रातभर बेफुर्सद डुल्ने हावाका झोंक्काहरु कोठाको भित्र र बाहिर झुन्ड्याइएका वाइंड बेलमा धून भरिरहेका हुन्छन । पर समुन्द्रको आँगनमा हरदम सल्बलाइरहने पानीको चंचलता त्यस्तै मिठो सुनिन्छ ।


त्यो रात उसले अनौठो सपना देख्यो, अकस्मात् रेगिस्तानको त्यो यात्रा फनक्कै फर्किएको थियो । देश यति बेला समृद्ध भैसकेको थियो । अरब, दुबई, कतार, इजरायल, मलेशिया हंगकंग हुदै युरोप अमेरिका वा अस्ट्रेलिया चारैतिरबाट सबै सबै क्रमश: देश भित्रिए । मरुभूमीमा दृष्टिभ्रम भएझैं सबैले आफ्ना आँखा अगाडी सग्ला हिमाल, पहाड र तराइ सदृश पाए ..।



"तिमी रातभर गीत गाउछौ, विहान अबेरसम्म सुत्छौ, उठ स्वप्निल" -
परी कानैमा आएर कराई । "एउटा खुसीको कुरा छ । "
"यति खुसि कि म भन्न पनि सकिरहेको छैन, बर्षौं देखिको हाम्रो सपना साकार भएको छ हेर, अब तिमीले स्थायी परिचय पत्र पायौ । अब तिमी यहाँको नागरिक भयौ - म जस्तै । "


स्वप्निल न त खुशी नै भयो न त दुखी, यतिको तटस्थ अनुभूति जीवनमा पहिलोपटक भैरहेको थियो ।बाहिर बालुवाको साम्राज्य उस्तै फैलिएको थियो, पर क्षितिज सम्म।

समय रोकिदैन । त्यो वस्ती, त्यो कफीघर, त्यो साँझ, त्यो रमझमको सिलसिला दोहोरिईरहन्छ । अहिले पनि युगौदेखिको त्यो अनवरत यात्रामा शामिल हुन उसका दौतरीहरु आउछन, र उ सबै भन्दा पहिले त्यही कथा सुनाउछ - रेगिस्तानको मृगतृष्णा ।



कृष्णपक्ष
मध्यपूर्व, इजरायल

डायरीको पाना

1 comment

Sunday



प्रकरण १

च्यातिएको डायरीको पाना कसैले भेट्यो लेखिएको थियो -

" कहिलै नहिडेको यो बाटो, यो ठाउँ वा परदेश नियतिको चौरस्तामा पठाएर तिमीले छोडी गएपछि फेरी किन मलाइ खोज्दै खोज्दै लखेट्दै लखेट्दै पछ्छ्याई रहन्छन रातभरी निसास्सिएर बिहान फुत्किएको हुस्सु जस्तो तिम्रो झुठो प्रेम र प्रेमालापका निष्ठुरी स्मृतिहरू ? किन किन ? कहिलै नफर्कने गरि तिम्रो साथ् कतै छुटे पनि हरेक बिहान किन मेरो परेलीको डिलैनेर जिस्काउन आउँछ तिम्रो नक्कले आँखा झिमिक झिमिक ....?"

यो उनैको हस्ताक्षर हुनुपर्छ , एउटाले तुरुन्तै अनुमान लगायो ।

उनी हराइन कुनै अस्पष्ट सम्झना जस्तै, फ़ेरिईन् कुनै अस्थीर मौसम जस्तै । त्यो एकलास सुनसान जंगलको बिरानो ढुंगा जहाँ कोही देउता सम्झेर पुज्न किन जान्थ्यो अचेल ? उनको स्मृतिमा वाल्यकालका धेरै समयहरु सल्बलाउन थाल्छन। जतिबेला हरेक थोत्रा टालाटुली पुतली हुन्थे र प्रत्येक ढुंगाहरु देउता । केटाकेटी न थियौं - उनि फिस्स हास्छिन । त्यही ढुंगा जस्तै उनी एक्ली भईन ।

एक्लै हुनु कतै मेटिनु, बिलाउनु वा पुरिनु जस्तै हुदो रहेछ, उनी मेटिईन कुनै प्रेमिकाले बालुवामा कोरेको कविताजस्तो वा रुखको बोक्रामा खोपिएको प्रेमको संकेत जस्तो । समय न रहेछ - कति छिटो बिर्सिईएं म केटाकेटीको सपना जस्तो ।

कसैसंग गुनासो पनि छैन, तर एउटा प्रश्न भने सधै तेर्सिई रहन्छ उनको मनमा - सबै ठिक हुदा हुदै किन म अरुभन्दा फरक ? किन असामान्य ? न उनको प्रश्न कसैले बुझ्छ, न प्रश्नको कारण नै । आफैमाथि सोध्छिन, प्रश्न माथि प्रश्नका खातहरु उनी ।उसको त के कुरा? रंगीचंगी धागो बटुलेर कतै नौलो ठाउँमा जालिमाया बुनिरहेको होला, वसन्त फुल्ने याममा भुलेर प्रेमको गीत गाइरहेको होला। साच्चै छोडेर जानेको सम्झना कति धेरै हुदो रहेछ? हठात यो दर्शन माथि विश्वास बढ्छ ।

विदेश आएको पनि २ बर्ष भैसकेछ ।

त्यो अभागी दिन किन लेखियो जसले बाध्यताको पखेटा हालेर उनलाई विदेश पठायो र एक्लो बनायो । "हुन त मान्छे सधै एक्लै न त छ, साथहरु त केवल भ्रम मात्र हुन्" आफुलाइ सम्झाउनुको बिकल्प थिएन । कहिले काही बाटोमा हिड्दा हिड्दै बोलाउथ्यो उ - उनको प्रेम । कहिले ढोका ढकढक गर्थ्यो , सबेरै दैलो खोल्दा टुप्लुक्कै झुल्कन्थ्यो । कहिले त आफ्नै विछ्यौनामा हुन्थ्यो पल्टिरहेको - कुनै अबोध बालक जस्तै । प्रेमका दुश्मनहरुले बन्द गरेको पर्खाल नाघेर नेपाल देखि कसरी आइपुग्यो उ यति सजिलै ?

तर ती सब सपनाहरु हुन्थे, अवचेतन दिमागमा छापिएको उसको तस्वीर निन्द्राको घरभित्र खेलिरहेको .. मात्र तस्वीर । उसले त चटक्क छोडेर गैसकेको थियो, बिरानो गाउँमा अँध्यारो गल्लीको बेबारिस ढुंगा जस्तै ।

प्रकरण २

प्रवासी समाजको कार्यक्रम
वूडमान्डू क्लब, तेल अभिभ

वक्ताहरुले बोल्ने क्रम सकिएपछि " महिला स्वर इजरायल"कि प्रतिनिधि र रेस्पेक्ट टु वर्कर्स संस्थाकी स्वयम सेविकाले अलिकति समय मागेर सुनाइन - महिला हराएको सुचना ।

करिब दुइ बर्ष अघिदेखि यहाँ काम गर्दै आउनु भएकी एउटी महिला मानसिक सन्तुलन विक्षिप्त भएको अवस्थामा हराउनु भएको छ । एउटा नेपालीको नाताले उनलाई उपचार गर्नु , सहयोग गर्नु र समयमै नेपाल फर्काउनु हाम्रो कर्तव्य हो । त्यसैले यहाँहरुमध्य जो कसैले देख्नु भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, नेपाली दुतावास वा निम्न सामाजिक संस्थाहरुमा निम्न अनुसारका नम्बरहरुमा खबर गरि दिनु हुन बिनम्र अनुरोध गर्दछु ।

हुलिया -- गहुँ गोरी, अग्ली, यस्ती, अन्दाजी यति बर्षकी ।
सम्पर्क -- यति यति यति ।

तर उहाँ अलि रिसाहा हुनुहुन्छ, नचिनेको मान्छे अगाडी जाँदा पिट्न पनि सक्नु हुन्छ नि, ख्याल गर्नु होला है ।
एउटा अनिच्छित हाँसोले त्यो पुरै हल धेरैबेर गुन्जिई रह्यो ।

डायरीका ती हरफहरु लेख्ने मान्छे, सबैको आँखा छलेर सुटुक्क बाहिर निस्किएको कसैले पत्तै पाएन ।

साइनो बेच्ने केटी

12 comments

Tuesday


राम्ले कारागार इजरायल 


प्रिय आविया, 

 
हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि म यो भन्न विवश भएको छु आविया,  हामी  बीच भएका अन्तरंगका अनमोल पलहरु, तिम्रो स्पर्श र देहको न्यानोपन ,मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको  छ, जति पन्छाए पनि नपन्छने ।   तिमी संगको औपचारिकता या केही भेटहरु मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन । हरेक पटक आउदा जादा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरु स्मृति भरि भरि कुँदिएर बसेका छन । औपचारिकता मै किन नहोस तिमीसंगका प्रत्येक संवादहरु संगीत भरिएर कतै गुञ्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनुं तिमीलाइ असाध्य मिस गर्न थालेको छु म । 


तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …

पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?

 दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो  हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो?  त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
 


तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला  विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो  उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने  उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो  स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो ।  त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।

आज पनि उसले यसै गर्नु पर्नेछ । 

फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ।  काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली  रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो  फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु,  बालुवामा उत्तानो पल्टनु  वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।

  धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।

 सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
 । आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या  । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि  या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ । 

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ । 

मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने  । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ?  आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं  ।

पागल शिर्षकको कथा

12 comments

Friday



डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र बगैचाका छरपष्ट दृश्यहरुको बाक्लो स्मृति मनभरी फैलिई रहन्थे । हो, त्यो म थिएँ, र कुनै अस्तव्यस्त केयरगिभर, कुनै बिरामी, कुनै बेड ......... ।

लाग्थ्यो उ दौडिरहेको छ मरुभूमिको कुनै दौड - समयको बगर बगर ... किनारै किनार । खुसीका उज्याला रंगहरु अनि जीवनका शुक्लपक्षहरु चटक्कै बिर्सेर एकोहोरो कुनै युद्ध जित्ने धुनमा लागे जस्तो, यदि उ यो वालुवाको शहरमा कतै हरायो भने मेरा प्यारा मित्रहरु! "आइ एम एक्सट्रीम्ली सरी !" भर्खरै उसले डायरीको पातो कतै टाँसेको छ । "म संग हिड्नै पर्ने अरु धेरै यात्राहरु छन, र जित्नै पर्ने युद्धहरु" । उसका अधिकांश प्रेमपत्रहरुमा पनि यिनै शव्दहरु दिक्क लाग्ने गरि दोहोरिएका हुन्थे ।




(कलाकार बेन्जामिन द्वारा जेरुसेलममा भित्तेचित्र बनाइएको )





फेसबुक वा ब्लगका भने कुनै डेडलाइन थिएनन..., जहिले अपडेट गर्दा पनि हुने, गर्दै नगर्दा पनि हुने- स्वतन्त्र र यो स्वतन्त्रताको उपयोग गर्न उसलाई औधि मन पर्थ्यो । त्यसो त ऐच्छिक बिषय समेत कालान्तरमा अनिवार्य बन्दै गएका उदाहरणहरु पनि थिए जस्तो - पत्रिका प्रकाशन, जसको आफ्नै समय सिमा निर्धारित हुदै गयो। मनका भावना र तरंगहरु सबै सामु बाडेर आफुलाई हल्का बनाउने अनेकौं उपायहरु थिए- भित्ताहरु, पर्खालहरु, इन्टरनेटका सामाजिक संजालहरु, तर ती बिषयहरुले नै उसका दैनिकीलाई अझ बिथोलेको अनुभव हुनुको कारण के होला?

हरेक दिनहरु र सांझहरु अनियमित भए झैं लागिरहन्थ्यो । आफ्नै मानसिक थकाइले हो या कार्यव्यस्तताले ? बेचैनी बढ्न थालेपछि पिउनु, काखेमा हराउनु वा कहाँ कसले के लेखेछ भनेर चियाउनु या मुभी हेर्नु बाहेक खासै गतिलो विकल्प थिएन ।
अँ धेरै पहिले एकजना योगा मास्टर संग भेट्दा उनले भनेको याद आयो - हरेक बिहान ५ मिनट योगा र २० मिनट कार्डियोका लागि समय निकाल, बस सम्पूर्ण तनाव आफ से आफ हराउदै गएको महशुश गर्नेछौ । "उफ त्यति पनि राम्ररी म्यानेज गर्न सकिरहेको छैन" उ अझ चिन्तित भयो । कहिले काहीं समयले उसलाई र उसको दिनचर्यालाई नियन्त्रण गरे जस्तो लाग्थ्यो त कहिले भुतकाल बाहेक वर्तमान र भविष्यका सम्पूर्ण घटना र प्रकरणहरुलाई आफैले सम्हाल्न सक्छु भन्ने दरिलो आत्म विश्वाश पनि पलाउथ्यो । धेरै कुरा बुझ्न गाह्रो भैरहेको थियो के सबैलाई यस्तै हुन्छ त ?

भर्खरै उसलाई लाग्यो उसले "उ" भनेर सम्बोधन गरेको मान्छे उ आफै हो। आफु" अर्थात "म" । कहिले काही यस्तै हुन्छ । जब आफुले आफुलाई देखिन्छ - "केहि लेखिरहेको, कतै गैरहेको, केहि बोलिरहेको" । देख्ने र देखिने मान्छे दुवै आफै हुदा कसलाई के भनेर सम्बोधन गर्ने ? प्रत्येक ससाना बिषयहरु किन यस्तो जटिल बन्दै गएका ? त्यसोभए आफुलाई "म" भनेर लेख्दा के फरक पर्छ र?

चिन्तित हुदै पत्रिकाका सम्पादक सहकर्मी र घनिष्ट मित्र हरिजीले सोधे - तपाईलाई के भैरहेको छ हँ कृष्णजी ? सामाजिक संस्थाका मिटिंगहरुमा पनि उपस्थिति पातलो हुदै गएको छ, आफैले संचालन गर्नु पर्ने कार्यक्रमको जिम्मेवारी पन्छाएर फुर्सदै नभएको बहाना गर्दै कता भौतारी रहनु भएको छ ? हिजो साँझ अबेरसम्म भूमध्यसागरको किनारै किनार डुल्दै हुन्नु हुन्थ्यो । कहिले डकुमेन्ट्री बनाउने भन्दै डरलाग्दा सिमेट्रि(चिहान)का पहाडहरु खिच्दै हिड्नु हुन्छ रे ? तेल अभिभका शहरमा भत्किएका पर्खाल भरि पेन्ट गरि हिड्ने भित्ते कलाकारहरु संग मिलेर सघाउन पनि थाल्नु भएको भन्ने सुनिन्छ । ब्लग अपडेट नभएको पनि एक महिना ज्यादा भै सक्यो ।

हँ कसले सुनाएछ उहाँलाई यस्ता कुरा ? यस्तो व्यस्ततामा म कहिले समुद्र गएँ हुला ?अझ मशान........? कामै नभए जस्तो वाल पेंटिंग गर्नेको पछि किन लाग्थें ?
यो कस्तो चक्कर ? यी सबै सोधाइ र मेरो अवस्था घनचक्करमा पहिले कतै छापिए जस्तो लाग्न थाल्यो । हैन हैन - छाल, बगर,बीच भलिबल,बार्बिक्युको धुँवा ........ अलिकति सम्झना भएं झैं भयो । ए त्यो त अरु नै कोही थियो, समुद्र कहाँ छ भनेर सोधेपछि मैले बाटो देखाई दिएको मात्र थिएँ ।

हो त्यसदिन उ धेरैबेर बगरतिर बरालिएकै हो, कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाइ मेटिए जस्तो हुन्थ्यो रे - उसको धारणा । कतै म पनि उसंगै किनार किनार हिड्दै त थिईन? हो उ कसैसंग कुरा गर्दै थियो, शायद त्यो म नै थिएँ, हुनसक्थ्यो हामी मशानतिर पनि संगै थियौं - खै प्रष्ट सम्झना भएन । आ, थिएँ भने पनि के भो त ? म मात्र जान्थें र त्यसरी घुम्न ? एक एक गर्दै सम्झनाका चांगहरु अटेसमटेस गरि सल्बलाउन थाले । रंग, कुची, भित्ता, क्यानभास, सिंगमरमर, चिहान... खुलिएझै ती चित्रहरु किन अस्पष्ट देखिएका ?

अलिकति बेचैन मनलाई सान्त्वना दिन गीत गुनगुनाउनु, कतै घुम्न निस्कनु वा कतै केही लेख्नु पोख्नु वा कोर्नु ... पक्कै अस्वाभाविक हैन । त्यसै पनि दिनहरु कुनै नियमबद्धतामा बाधिएका छैनन् आजकल । त्यसो भयो भन्दैमा यसरी अफवाह र हल्ला फैलाउदै हिड्नु कति सम्म जायज हो ? परिस्थिति संगै मान्छेका रुचिहरुमा अनेकौं परिवर्तन आउछन, यतिखेर मेरा रुचिहरु पनि बदलिएका छन भनेर नबुझेपछि कसको के लाग्छ ?

चिठी पत्र, संदेश र गफगाफ भित्ताभरि सोहोरेर काखे टेबलमा मुस्काई रहेको छ । भेटघाट र छलफलमा सहभागिताको निम्तो छ , पढ्न भनेर ट्याग गरिएका लेख रचनाका ओइरो लागेका छन । ह्विस्कीको पेग र सिगरेटको धुँवामा धमिलिएको यो रंगिन साँझ, म प्रति फैलिएका अफवाह र भ्रमहरु गलत साबित गर्न तम्सिएको छ, जो मलाइ भनिरहेछ --अब फेरी केही लेख्नु पर्छ, मिटिङहरुमा उपस्थिति जनाउनु पर्छ , पत्रिका समयमा निकाल्नु पर्छ, वेवसाइट अपडेट गर्नु पर्छ, अब सबै व्यवस्था मिलाउनु पर्छ, परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी?

सम्हालिएर एउटा गज़ल लेख्न बस्छु ३ खिल्लि सिध्याएर २/४ हरफ केरकार पारेपछि एउटा गज़ल तयार हुन्छ ...




क्षितिजमा गोधुली यो, साँझ डुबेजस्तो
किन उदास छ समय, जहाज डुबेजस्तो

अस्तव्यस्त सधै सधै, कुन्नि केको हतार ?
कतैतिर मुख्य काम, काज डुबेजस्तो

हिजो फर्कंदैन केहो, थाहा छैन भोली
यहि वर्तमान पनि आज डुबेजस्तो

पराजित सिपाहीझैं, यौटा राजा आयो
दर्बार संगै मानौं उस्को, ताज डुबेजस्तो

कृष्णपक्ष अँध्यारोमा रुमलिँदै थियो
खोल्न नपाइ उज्यालोको, राज डुबेजस्तो




तन्मयतालाइ भंग गर्दै एउटा मिठो गीत छेउमा उसैगरि गुन्जिरहेको छ
"हुँ यात्री एउटा रुमल्लिई हिड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा ......



कलाकार देदी द्वारा दिजिंगोफ सेन्टर  तेल अभिभमा भित्तेचित्र बनाइएको)

रीत ..

14 comments

Thursday

 तस्वीर - www.crunchyroll.com


ठिक छ तिमीले भन्यौ
यो रीत हो- वियोग

मिलन पछिको विछोड ..
घाम पछिको छाया ...
भेटिनु अनि छुटिनु ..

तर खै त
रात पछिको दिन
प्रतिक्षा पछिको प्राप्ति

फेरि यसबेला .. भन त
तिमी किन सम्झाइरहेछौ
रीत सधै रीत जस्तो हुदैन ..... .

कृष्णजी, ब्लगलाई किन माया मार्नु भएको ?, शुक्लपक्ष लागेर उज्यालो भेटीयो कि कसो :) यस्तै हरफहरु फेसबुकमा टासिन थालिसकेका थिए ... कतै केहि नकेरेको धेरै भएको थियो ।






ब्लग लेखन को यो बिश्राम - कारण के थियो? हुनसक्थे - विदेशको वसाई, जागीरको प्रकृति वा अर्थमोह.... इ त पहिले पनि थिए वा सधै नै रहिरहनेछ्न । त्यस बाहेक पत्रिका प्रकाशनको व्यस्तता, अनेसासका कार्यक्रमहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको साधारण सभा, श्रम मन्त्रीज्युको इजरायल भ्रमण र इजरायलको रोजगारीका लागि नेपालीको फसेको करोडौं रकमको उद्धार हुने झिना आशा र त्यसले उब्जाएको व्यग्रता ..

व्यस्तताको सेरोफेरो धेरै लामो थियो , तथापि यी सबै केवल बहाना मात्र थिए भनेर मभित्रको ब्लगर बारम्बार गुनासो गरी रहेछ ।


त्यसो त लेखन पनि वहाना लाग्न थालेको छ - मन बुझाउने , मनको भारि बिसाउने वा भावनाको पनि अस्तित्व कतै हुन्छ भनेर देखाउने..तर कति उदासी हरु यस्ता हुन्छन जो न कतै लेखेर हल्का हुन्छन न कसैलाई सुनाएर । लाग्छ जो पोख्नु र नपोख्नु को कुनै अर्थ नै छैन । तर अर्को मनले त्यो पनि मान्दैन उ भन्छ तिम्रा भावनाहरु अभिव्यक्तिकै लागि मात्र हुन्, जब तिमी तिनलाई थुन्छौ ती अझ ज्यादा कष्टप्रद हुनेछन । त्यसो भए किन थुन्छ मान्छे आफुलाई र लुकाउछ अरुसंग कहिलेकाही ? मनहरुको अंतर्द्वंदमा धेरै हप्ता बितिसकेका छन - यतिखेर दोश्रो मन संग सहमत भएको छु र लेख्न बसेको छु ।

इखिलोभ भन्ने ठाउँ छ , टेड अरिसन स्वास्थ्य तथा अनुसन्धान केन्द्र, अर्थात सौरास्की अस्पताल । घडीले रातको दुइ हानिसकेको हुन्छ । झ्यालबाहिर दिउसो भन्दा पनि रमाइलो र झिलिमिली उदाइसकेको छ । म लोरिया लाइ सम्झिरहेछु, उ भर्खर भर्ना भएकी हो, त्यहि तलामा यियाल पनि भर्ना भएको छ म केहि हप्ता देखि यहि छु त्यसैले सदा भन्दा व्यस्त छु, (ब्लग विश्रामको मुख्य कारण पनि यहि हो ।) उनीहरु बिरामी हुन् म होइन , म काम गर्छु । अरु पनि छन - रसियन, रोमानी, माल्दोवा, फिलिपिनी वा इस्रयालीहरु । उनीहरु विहान सात बज्दा नबज्दै ड्युटी सकेर गैसकेका हुन्छन , म भने १० बजेसम्म बस्छु । कारण - मेरो ९३ बर्षको बिरामी छ- उ हरेक बिहान ९ बजे "फोर्टेओ" नामको सुइ लगाउदै आइरहेछ र त्यो मैले नै दिनु पर्छ । यो अलि नया र झन्झटिलो भएकोले नर्समा पनि उसको विश्वाश छैन ।

93 बर्षको यो बुढो मान्छेलाई जीवनको कत्रो मोह! उसको रगतमा हेमोग्लोबिनको मात्रा १२ १० हुदै ७ सम्म झरे पछी राति नै २ पैक रगत दिइयो, HB बढ्न थालेको संकेत पाएपछि उसको चाउरे अनुहारमा छाएको मुस्कान, हेर्नलायक हुन्छ, म हेरी रहेछु । त्यो जिजीबिषा रातको उज्यालो मा पनि चम्किरहेको उसको मधुरो बोली र इशारा बाटै प्रष्ट देख्न सकिन्छ ।

केहि समय म साच्चिकै कृष्णपक्षको अँध्यारोमा धकेलिएँ । रातभरको ड्युटी अनि दिनभरको सुताई त्यो भन्दा अरु अँध्यारो संसार अरु कुन बेला अनुभूत हुन सक्ला? ८ घण्टा भंदाका थप एक्स्ट्रा हावरहरु वाध्यतावश डलर संग साटिएका थिए र त्यसपछि बचेको समयले यताउता बरालिने बाहेक लेख्ने पढ्ने मा कहिले स्थान पाएन । पहिले ड्युटीमै यी सब हुन्थे, अहिले यहाँ "काखे निषेधित क्षेत्र" लेखिएको थियो ।


टिभी हेर्ने, रसियन फिलिपिनी वा रोमानिहरु मिलेर गफ चुट्ने बाहेक अरु कुनै उपाय थिएन , बिदाका दिन कुनै न कुनै प्लान पहिले नै तय भै सकेका हुन्थे ।


म यहाँ छु भन्ने थाहा पाएर मारिसेल माथिल्लो तलामा आइ । मारी लोरियाकी साथी । "क्रिश ! तिमीलाई कसैले सुनायो? लोरीलाई त क्यान्सर भएछ नि, अब के गर्ने होला? म तल्लो कक्षमा नपुग्दै उसका साथीहरुले लोरीलाई लम्फोसाइटिक लिम्फोमा अर्थात लिम्फ ग्ल्यांडको क्यान्सर भएको कुरा भने" ।

लोरीलाई क्यान्सर.... ? मैले हाम्री देवीमाया दिदीलाई सम्झिएँ । पोहोर साल उनि यसरी नै बिरामी परिन, डाक्टरहरुले उनलाई पाठेघरको क्यान्सर भएको ठहर मात्र गरेनन अवस्था जटिल भएको र उनी बाच्ने दिनहरु केहि महिना मात्र रहेको तोकेरै भिनिदिए । त्यो यहि तीजको बेला थियो । एउटा सांस्कृतिक कार्यक्रम मार्फत पांच लाखजति जम्मा गरेर एन आर एन तथा अन्य संस्थाहरुले सहयोग गरे ।

कुनै गणना छैन यस्ता कति देवीमायाहरु... लोरियाहरु, पराइको आँगनमा कर्म गर्दा गर्दै मृत्युसंग नजिक भैरहेछन । यसपाली पनि तीज उसैगरी आयो, कृषिमा काम गर्ने दाजुभाईहरुले आफ्नै हातले उत्पादन गरेका अन्न, तरकारी, फलफुल, दुध र घ्युले प्रवासमा रहेका १२०० भन्दा बढी चेली हरुलाई सामुहिक दरभोजको आयोजना गरेर माइतीको परिचय दिए । तेल अभिभको यो विशाल लेविन्सकी पार्कभरि राता र रंगीचंगी पहिरनमा सजिएर दिदीवहिनीहरु नाचे, मादलको घिन्तांग शहरी भरि गुन्जियो, विदेशी पत्रकार तथा टेलिभिजन च्यानल हरुले रमाइलो मानेर समाचार बनाए ।

तीजकै सन्दर्भ पारेर, राता तस्विरहरु टासेर चिटिक्क परेको टासो लेख्ने सोच त्यो दिनभर रह्यो, फेरी कुनै कारणले त्यो पुरा हुन पाएन । अर्को दिन महामहिम राजदूतको निवासमा मन्त्रीज्यूको स्वागतार्थ आयोजित रात्रिभोजमा सरिक भइयो । इजरायल सरकारले भर्खर नेपाली हरुको ४०० पेड भिसाहरु रद्द गरेको थियो , तत्काल रेस्क्यु हुन नसके करिब २० करोड बराबरको हाराहारीमा नेपाल र नेपालीको पैसा फस्ने पक्का छ । चाहे त्यो म्यानपावरको होस् चाहे ऋण काढेर विदेशिन लागेका गरिब बेरोजगार नेपाली दिदीबहिनीको ...त्यो हाम्रो पैसा हो । नेपालीको हो।

शुरुदेखि इजरायलको एउतै शर्त छ- म्यानपावरहरुले मनपरी पैसा उठाए, त्यो प्रथा तुरुन्त अन्त्य गरी यदि न्युनतम लागतमा कामदार आउने अवस्था हुने हो भने इजरायलको रोजगार आजै खुल्नेछ, तर अवस्था त्यस्तो छैन ।

वैदशिक रोजगारमा आउनु र दोश्रो दर्जामा उभिएर श्रम गर्नु नेपालीको रहर नभई वाध्यता हो । विग्रदो अर्थतन्त्र, वेरोजगारी. र असुरक्षाले त्यो सब निम्त्याई रहेको छ ।र सुरक्षित गन्तव्य खोज्दै हामी आफै "को भन्दाको कम" गरी लागत रकम बढाबढ गर्न वाध्य भैरहेका छौं ।


किन नियतिले अझै लेखिरहेछ हाम्रो भाग्यमा पराइभूमिमा यसरी दोश्रो दर्जामा उभिन र कर्म गर्न .. र स्वाभाविक भै रहेछन विदेशिने रहरहरु । लोरिया, उसको देश फिलिपिन्स पनि रेमिटेन्सलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएर उभिएको छ ... घर छाड्नु वा विदेशिनु संग त उनलाई कुनै गुनासो थीएन । उसको गुनासो यो छोटो जीवन संग छ, या यो अस्वाभाविक मृत्यु संग ।

सबिना, लोरिया, मालो, नुया, सारा,जोहन, लोर्ना, सुदर्शन मारी...हामीहरु संगै दिजिंगोफमा रहदाका ती रमाइला दिनहरु सम्झन्छु । समुन्द्रको किनार सम्म लम्किएको लामो बगैचा क्याफे, गोरेटा र गल्लिहरु...हामीले संगै हासखेल गरेका, खाएका र डुलेका क्षणहरु फर्केर हेर्छु, कति छिटो बितेछ यो एक बर्ष? बिदाका दिनहरु एक अर्काको अनुपस्थितिमा हामिलाई खल्लो महशुश हुन्थे र अर्को दिनको प्रतीक्षामा रहन्थ्यौं । छुटिनु त हामीले छदै नै थियो एकदिन, तर लोरियासंग यस्तरी बिछोडिनु पर्ला भन्ने कलपना सम्म थिएन । प्रेमी प्रेमिकाको नाम नदिई यदि कसैले त्यो भन्दा बढी माया बाड्न सक्छ भने हाम्रो मित्रताको परिभाषा शायद यस्तै केहि हुन्थ्यो होला ।

जीवन गन्तव्य हैन यात्रा हो , त्यसो भए के यो यात्राको गन्तव्य "मृत्यु" हो त? त्यो महाशुन्य जहाँ सबै भावनाहरु निमिट्यान्न हुन्छन । जसको नजिकै आज उ उभिएकी छ । जीवनको यो कालो अन्तिम बिन्दुका विषयमा ज्यादा बहस नगरिए पनि या जति नै डराएर टाढा रहन खोजे पनि, मृत्यु हाम्रो अस्तित्वको एउटा अकाट्य वास्तविकता हो वा अझ भनुँ मृत्यु हाम्रो अस्तित्वको समाप्ति हो जुन कुनै पनि घडी आउन सक्छ , त्यो घडीका बिषयमा अनभिज्ञ हुनु हाम्रो अज्ञात सुख हो, जसबाट लोरिया बिमुख भएकी छ ।

"किन मलाई नै हुनु परेको? " शुरुमा उसका धेरै आसुहरु बगे ...उसंगको भेटले पनि सान्त्वना भन्दा अझ पिडा दिएजस्तो आभास हुन्थ्यो मलाई । तर यो घातक समाचार पछिको अस्वीकृति, आक्रोश, निराशा र समयसंग्को सम्झौता वा स्वीकारोक्ति सबै चरणहरु लोरियाले पत्याई नसक्नु संग सजिलै पार गरी ।

"जीवन त आजको नाम हो वर्तमान हो, त्यो मसंगै छ , भोलि के थाहा?" लोरिया हामीलाई नै सम्झाउन थालेकी थिई । उ भन्न थालेकी थिई , मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" ।

पहिलो किमोथेरापी पश्चात उ यहाँ बस्दिन , हिजोका रहर र सपनाहरु सबै सबै भत्किसकेका छन । कामना र प्रार्थना बाहेक हामीसंग अब केहि छैन उसलाई दिन ।

लोरिया तिमीले त स्विकारि सक्योउ त्यो नियतिलाई जसको प्रतिवाद गर्ने कुनै अदालत छैन , तर कति गाह्रो छ त्यो कालो खबरलाइ स्वीकार गर्न म केवल अनुमान मात्र गरिरहेछु ।


यसबेला अरुणा लामाको स्वरमा सजिएको यो गीत
असाध्य सम्झना आइरहेछ --

भेटिनु छुटिनु त के हो र जीवनको रीत हो
नसम्झ तिमी यो मेरो विदाको गीत हो ...

अभासी परीचय र डिजिटल संसार

12 comments

Friday



एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई - रमाइला गफ गरेर .. . गफ गर्न र घाम ताप्न बाहिर भेला भएका थुप्रै साथीहरु, कोही टिक ट्याक टो खेल्नमा कोहि कुरा गर्नमा र कोहि रमिता हेर्नमा मस्त थिए । मानौं त्यहानेर भर्खर एउटा मेला लागेको छ । छेउमा अर्को हटडग बेच्दै थियो धमाधम, "पशुपतिको जात्रा सिद्राको व्यापार"...सम्झिएँ ।


म त सधैँ आउछु खुब रमाइलो लाग्छ तिमी कतिको आउछौ? 'तिमी' अर्थात प्रभात ढुंगाना, यो मेलाको नया आगन्तुक ठिटो लाइ सम्बोधन गर्दै उसले भनी । प्रभात भन्दै थियो - मैले त आज मात्र अपार्ट लिएको यहाँ, कसैलाई चिनेको छैन उ नयाँ थियो उसका साथीहरु थिएनन ।


कस्तो छ त अपार्ट? के के किन्यौ?

उसले नारीसुलभ उत्सुकता देखाई र उसको घर सजाउन मद्दत पनि गर्ने भई । मलाइ त सलोन भन्दा पनि भान्सा नै ज्यादा आकर्षक बनाउन मन पर्छ । कुरै कुरामा उसले थपी, त्यसो त योभिलमा मैले धेरै मानिस देखेको छु, जो नाइट क्लब, क्यासिनो जाने, खाने, खेल्ने र फेशनमा पैसा उडाउने बाहेक केही गर्न जान्दैनन, अनि घर चाहि जस्ताको तस्तै ......म चाहिँ घर सजावटमा विशेष महत्व दिन्छु। यसो कहिले काही चिया पिउन पस्दा होस् वा बेलाबेला गेट टुगेदर गर्दा होस् घरको वास्तुकलाले छुट्टै प्रभाव पार्छ नि हैन र?

एकै पटक धेरै नै कुरा गरी उसले ।

शायद होला, यो मामिलामा केटीहरु अलि अगाडी नै हुन्छन ।


उसले गुन्द्री, रातो माटो, कमेरो अनि भकारी, धन्सार र बार्दली सम्झियो,
त्यो घर जहाँबाट हिमाल छर्लंग देखिन्थे ।

फ्लोरल कार्पेट बिच्छ्याईएको उसको सलोन, ३ वटा ठूला सोफाहरु, आमने सामने राखिएका थिए । मध्यभागको टेबुलमा राता पहेँला फूलका थुंगाहरु । भित्तामा ठूलो स्क्रिन भएको प्लाज्मा टिभी टाँगिएको थियो । सोफाको ठिक अघिल्तिर फायरप्लेस ...,वाँया पट्टि कुनामा पारदर्शी पार्टिशन गरेर टेबल कुर्सि, पुस्तकहरुको दराज र कम्प्युटर चिटिक्क पारेर सजाइएका थिए । बेडरुम र किचेन झनै राम्रो थियो ।

कति भयो यहाँ आएको ? अहा! साह्रै आकर्षक रहेछ तिम्रो घर ,तिमी त वास्तुकलामा निक्कै निपुण रहिछौ । अरुलाई फ़ुर्क्याउन त प्रभातले पनि जानेकै हो ।

अँ म त धेरै नै भयो . शुरुशुरुमा यो लुगा र समान किन्ने कुरामा एडिक्ट जस्तै भएको थिएँ । अहिले चाहि पैसा त्यति खर्च गर्दिन, नजिकै एउटा प्याड हेरेकी छु, २५००० डलर रे, त्यसकै लागि पैसा जम्मा गर्दैछु ।

रोज, दिक्षा, जिया, ड्युस, एमी, किम, लाउ, लेन, मोटी, चिरन,राखी, आसाफ, शेर्लिन., बेन ,इभा, उदेश,ग्याबी,सुबास, द भी, र म । विस्तारै प्रभात धेरै साथीहरु संग जोडियो, जति सुकै हतारोलाइ थन्क्याएर पनि साँझ ९ बजे पछि भेला हुने रुटिन नै बनायौ हामीले - कहिले विन्निको डिनर, कहिले डिस्को, कहिले क्यसिनो अगाडी ।

घुम्न कहिलेकाही समुद्रको किनार पनि गईन्थ्यो । साँझको बेला छालहरु नजिकै बसेर साथीहरु संग वेफ्वांकका गफ, भलाकुसारी गर्नु, जिस्किनु, वा लहर संगै बगेर पौडी खेल्नु । अत्यन्त रमाइलो लाग्न थाल्यो, अनुपम अनौठो र आनन्द ।

प्रभातले हामीलाई धेरै पटक उसको अपार्ट लिएर गयो, बाहिर डुल्ने मुड नहुदा, हामी प्राय रुबीकोमा पनि आसन जमाउथ्यौं । शायद यो क्रम ज्यादा भएकैले हुनु पर्छ बिचमा प्रभातले आफ्नो अपार्ट पनि चिटिक्कै पारेको थियो । दिन दिनै नया नया सामानहरु थपिन्थे, उसलाई मखमली रंग खुब मन पर्दो रहेछ । अरुको भन्दा विशेष उसले एउटा अग्लो मान्छेको मुर्ति र पुराना ३ थान बन्दुक ढोकाको छेउ मै राखेको थियो । धेरैलाइ यो अनौठो लाग्यो ।आ आफ्नो शोख त हो, मलाइ भने राम्रै लाग्यो ।

त्यसो त पश्चिमाहरु रातो रंग पनि कहाँ यसरी मन पराउछन र? हाम्रो भने संस्कृति जोडिएको छ यसमा - रातो माटो, सिम्रिक, अक्षता, लाली गुराँस वा सौभाग्यको रंग । उनीहरु चाही खालि खतराकै चिन्हको रुपमा हेर्दा हुन् ।

पछिल्लो पटक प्रभातले एउटा बुलडग किनेर ल्यायो, शुरुमा उ "खैरे" भनेर बोलाउथ्यो । खैरे खुब मायालु थियो , पछि पछि जादा भने "खैरे" त "स्पाइक" भएछ। रुबीले नै होला चेन्ज गरी दिएकी ।


एकदिन उनीहरु दिनभर "बीच" (समुद्रको किनार) मा हराए,। पौडी खेल्न हैन, बल्छी थाप्न गएका भन्थे। त्यसपछि काममा संगै जाने फर्कने , शपिंग वा खान खान पनि संग संगै हुन थाले ।

अब उनीहरुकै साथी (हामीहरु) बीच जिमघर, चौर , बगर वा क्याफेहरुमा उनीहरुको बेस्मारी कुरा काटिन थालेपछि, नानाथरी गफको बब्बाल धुवा उड्न थाले पछि र उनीहरु पनि यसरी हराउन थालेपछि, के शंका गर्ने ठाँउ हुदैन र?

(त्यसैले त यो कथा लेख्ने जाँगर चलेको...... खैर, कथा चाहि अधुरो छ है ।)


काम बाट फर्कने बित्तिकै प्रभात अनौठो कुतुहलता, रोमान्चकता, वा नया उत्साह को संचार भरिएझैं महशुश गर्न थाल्यो । दिनदिनै नया योजना र कार्यक्रम लिएर उ आफै उपस्थित हुन्थ्यो र साथीहरु संग शेयर गर्थ्यो तर एक्लै हुदा भने उ कसैको सम्झनामा हराए झैं वा कसैको प्रतीक्षा मा कुरेझें हुन थालेको थियो । के उ रुबीलाई मन त पराउन थालेन? वा यो सप्पै फुर्ति, किनमेल, सजावट विशेष अरु कसैको लागि पो हो कि भन्ने भान हुन थालेको थियो ।

फुर्सद हुने बित्तिकै उ प्राय कसकोमा चियाउन जान्थ्यो?
.... हैन हैन, रुबीकोमा अलि धेरैं नै जान्थ्यो होला, तर अरुको मा पनि त बराबार गइ रहन्थ्यो नि ।


रुबीको र उसको प्रेमकथा लेख्न बसेको यो ब्लगरलाइ यसबेला उस्ले पुरा का पुरा निराश बनायो । उसले भन्यो - अँहँ, प्रेम -स्रेम उ कसैलाई गर्दैन रे, यदि मनकै कुरा गर्ने हो भने हामी सबैसंग उत्तिकै बाडीएको छ रे उसको मन । "हामी" अर्थात उसका साथीहरु ।

योभिलमा कति रुबीहरु छन कति प्रभातहरु छन, तिनको के गणना ? पल पलमा कति नज्जिक भए जस्ता हुन्छन कति टाढिए झैं, कति नयाँ हरु थपिन्छन, कति पुराना घट्दै जान्छन, यद्यपि योभिलमा पस्नेहरु भने कहिले काही कतै हराए जस्तो महशुश गर्छन , मान्छे हराउनु मन हराउनु रहेछ ।

त्यसपछि कति साथीहरु फेसबुकमा पनि जोडियौं, कति पहिल्यै थिए, यो भ्रम जालोले स्वैरकल्पनालाइ अर्को उचाई थप्दो रहेछ, कम्प्युटर खोले पछि बेग्लै संसारमा हराइने, बादल माथि माथि । भ्रम भन्ने थाहा पाएर पनि धेरै कुरा हरु कति प्यारा हुदा रहेछन ती वास्तविक झैं आभास हुन थाले, नामै नसुनेका कैयौं मान्छेहरु परिचित र नजिकका जस्ता लाग्न थाले। यस्ता धेरै परीचय र सम्बन्धले हाम्रो कल्पनालाइ अनौठो आकार दिदा रहेछन ।

संचार र प्रविधिको यो पछिल्लो उपलब्धिले हामीलाइ आजकाल अभासी (भर्च्युअल) संसारमा रमाउन सिकाएको छ । त्यो अदृश्य संजाल मा हामी एक अर्का संग जोडिदै जान्छौं । सागरमा छालहरु तरंगित भए जस्तै मनका तरंग हरु सजिलै प्रसारण हुने यस्ता माध्यम हरु नेटवर्किंग चौतारीहरु आधुनिक जीवन शैलीको अभिन्न पाटो बनेका छन । यसको स्वरूप रोधी मेला वा चौतारीको जस्तै छ । जहाँ एउटा मित्रमण्डली (ग्यांग) तयार हुन्छ। प्रयोगकर्ताको भावना बोकेर हिडेका प्रत्येक प्रोफाइल कम्प्युटरको कुना देश विदेश चहार्छ र फेरी उसमै फर्कन्छ ।

यस्ता चौतारीमा छपक्कै सुचना पाटीहरु हुन्छन कोही आफ्नो नोट राख्छन, कथा कविता वा तस्विरहरु टास्छ्न कोही समाचार वा चल्दृश्यका सेतुहरु पनि जोडछन ।


हेर्न जानेले राम्रो नराम्रो वा आफ्नो धारणा राखेर केहि लेखिदिन्छ, उ मख्ख पर्छ अनि कोही चाहि दम्भी पनि हुन्छन, उनीहरु चाहि खुब रिसाउछ्न, नराम्रो कसैले केहि लेख्यो भने, मानु त्यो चौतारी उनीहरुकै पेवा हो ।

यी घटना हरु कतै छापिएरै बस्छन . तिनका टाउकामा लेखिएको हुन्छ , फलानो ले यी यसो भन्यो यति साल यति गते .... तिलानोले यस्ती टिप्पी हान्यो ।

अँ त तपाइँ कथा सुन्दै हुनुहुन्थ्यो परीक्षाको कारण रुबीले योभिल खेल्न चटक्कै छाडेपछि ...उफ कथा अनपेक्षित रुपमा यतिकै सकियो, प्रभात पनि उत्ति आउदैन ।

अब त थाहा पाई सक्नु भयो ।म योभिल नामक खेलको पो कुरा गर्दै छु । जसलाई फेसबुक वा माइस्पेसका प्रयोगकर्ताहरुले खेल्न सक्छन । जहाँ तपाइँ तपाइकै रुप रंगको अवतारमा प्रतिस्थापित हुन सक्नु हुनेछ र त्यो अवतार तपाइको मन बोकेर योभिल शहर शहर घुम्न थाल्छ , मन परेको लुगा किन्छ, घर किन्छ, बस्छ उठ्छ पौडी खेल्न जान्छ, हल्ली हल्ली च्याट गर्छ त्यो पनि साथिकै घरमा गएर -सोफामा बस्दै चिया पिउदै । अनि तपाईलाई लाग्छ त्यो तपाइँ नै हो ।



अनलाइन साथि नहुदा र एडेड नहुदा वा शुरुमा अलमल पर्न सक्नु हुन्छ तर साथिहरु बनेपछि भने तपाइँ त्यो संसार बाट फर्कन चाहनु हुन्न फुर्सद, अनलाइन साथी र कनेक्सन स्पिड सबैले साथ दिनु पर्छ है यो खेल्नलाइ ल खेल्ने भए जानुस ।


http://www.yoville.com/

मुढो शरीर हुनु मात्र कहाँ रहेछ र मान्छेको अस्तित्व ? उसभित्र को मन त्यसको फैलावट, त्यसको यात्रा र त्यसकै सेरो फेरो मा हाम्रो जीवन घुम्दो रहेछ त्यसैले यस्ता भ्रमरुपी संसार को मोह बढ्दै गएको !

तपाइँ पनि यो ब्लगरलाइ यस्तै परिचयले त पढ्दै हुनु हुन्छ नि हैन र?
जादा जादै अलि अगाडीको मेरो फेसबुकको एउटा स्टाटस र कमेन्ट राख्न चाहन्छु , जसले यो टाँसो र कथा लेख्न प्रेरित गर्यो ।

अचम्म लाग्यो आफैलाई! अरुले प्रतिक्रया दिदा वा बूढी औला थिच्दा, किन
रमाइलो, खुसीको वा केही मिठो अनुभव भएको ?के आफ्नो मन अरुको भरमा चल्छ? के आफ्नै भावनाको गहिराईमा पनि अरुको बिचारले फरक पार्छ? त्यों पनि धेरैजसा कहिले नदेखेकाहरु, मन कस्तो चीज हो ?


साथ, भर र आत्मीयता यसैलाई त भन्छन् नि ! हामी एउटा ज्यान त आफैँमा ठोस मूढा मात्रै हौँ, यो ठोस ज्यानमा रक्तसञ्चार त हुन् अन्य परिवेश र पात्रहरू ।



रक्त संचार विनाको स्थुल शरीरमात्र त हुँदो त जीवन कति शुन्य र निरस हुन्थ्यो होला हगि?


धमिला राता दागहरू

12 comments

Thursday





कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।







तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभात संगै उदाउछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरु गगन चुम्न उद्यत भएझै क्षितिजपर सम्म यस्तै एकोहोरो फैलिएका छन ।

झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड़ र खोलानालाहरु.....। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधा भन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरु मेरा जिउने आधार हुन।

सागर किनारका वगरहरु, सर्लक्क उठेर घरहरुको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका बिचार र भावना पोखने मंचहरू, मनको कुरा बाड़ने मेला र चौतारीहरु कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरि ठाउं ठाउं मनोरम उद्यान, पार्कहरु पनि बनेका छन र सागरका छालहरु पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंग हरुले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ......।

सबेरै कसैले फोन गर्छ "ओ राजनितिक कवी के छ हालखबर?"
उसले भर्खरै मेरो एउटा ग़ज़ल पढेको छ फेसबुकमा ।

विगतमा मैले मेरा धेरै रचनाहरुमा श्रृंगार र प्रेम भन्दा क्रान्ति वा राजनीतिलाइ अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरु युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले उ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरी रहन सक्छ, भनेर उसलाई सम्झाउने कोशिश गर्छु। हैन ग़ज़लमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउछ उसको ठम्याइ छ ।

अब मैले देखाउन भए पनि अराजनीतिक विशुद्ध केही लेख्नै पर्छ।

तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?

को हो मान्छेको शत्रु ?

अली अगाडी मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाइ पनि अली पृथक दृष्टिकोण बाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकती प्रभावित भएँ ।

त्यसो त म नियमित ब्लग लेख्दिन , कार्यव्यस्तताका धारिला समयहरूबाट आफुलाई जोगाएर फाटफुट कविता ग़ज़ल कोर्छु .त्यसमा पनि कहिलेकाही वरीपरी शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरुदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर --मलाई धेरैले सुझ्याएका छन ।

आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजित गर्यो, र फेरी हारयो मेरो सिर्जना !





धमिला राता दागहरू

आशाको किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म ...

सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ --बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ --राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।




तिम्रो अवसानमा...

1 comment

Friday
















प्रकरण १
जनवरी १५ इजरायल तेल अभिभ



खेरमन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा यस्तो लाग्थ्यो भूमध्य सागरको तटीय जलबायुले यसपाली झरीको निम्तो अली छिटो दियो क्यार! (इजरायलमा हिउदमा बर्षा हुन्छ) झरी पर्ने क्रम बढ़दै गए पछि उत्तरी भेग तथा जेरुसलमतिर त तापक्रम शून्य बाट ताल सम्म झर्ने गर्छ। यहाँ तेल अभिभमा पनि हल्का बर्षा भएपछि धेरै जाड़ो बढ्छ, आज पनि बिहान देखि टाउको दुखने चिसो सिरेटो चलेको थियो।

छिन छिनमा बदली रहने मौषमसंग जीवनलाई तुलना गर्दै आएको उसले धेरै बर्ष भैसकेको थियो । आज पनि झरीको यो चिसो रात उसको मन सायद यस्तै परिवर्तित समय र जिन्दगीका जोड़ घटाऊ हरुको तुलना मै अल्झी रह्यो ।
धेरै दिन देखि मैले उसको व्यबहारमा अनौठो संगले परिवर्तन आएको देखेको छु। स्वभाबिकता बाट उ पर पर हुँदै गएको थियो ।उसको हिडाई बोलाई र प्राय हरेक कुराहरु बिचित्रको भएको थियो ।



एक झोक्का चिसो सिरेटो जिस्काएझै गरि उसको तन्मयता लाई भंग गर्दै भाग्छ । अहो! झ्याल खुल्लै रहेछ, उठेर झ्याल बंद गर्न नपाउदै अचानक ओइरिएको असिनाका तिन चार ढिक्काहरु कोठा भित्र सम्म पस्छन् ।

समयको कुन बिन्दुमा उसको सपनाले अर्कै रूप लियो, वा जिंदगी अन्तै तिर मोडियो, त्यों पनि उसले बिर्सिसक्यो । तर प्रेम बाट मोडिएर हिडेको नया बाटो वा समझौता को स्वीकारोक्ति नै उसको जीवनको सब भन्दा ठुलो भूल थियो भनेर उसको आत्माले निर्क्यौल निकालेको छ।

उसलाई थाहा छ त्यो निर्क्यौलको यतिखेर कुनै अर्थ छैन, तर किन उ त्यो अतीतमा अल्झिरहेको छ त? जीवनको उत्तरार्धपछि यता यो प्रश्न उसले अाफैसंग धेरै पटक साेधिसकेकाे छ उ किन त्यति निष्ठुर भयो त?त्यसाे त उसकाे निष्ठुरताका कारण जात धर्म समाज वा अरू केहि हुन सक्थे, तर तिनको अमूर्त स्वरूपभन्दा पनि मेराे माया कति क्षीण रहेछ, उ विश्लेषण र ात्मग्लानि एकैसाथ गर्छ।

माया खुसि हुदा धेरै राम्री देखिन्थी, रिसाउदा पनि राम्री नै देखिन्थी,उनीहरू छुट्टिने बेला त झन माया उसलाइ हेरिरहु झैं लागेको थियाे । बिछाेडिएपछिका धेरै दिनसम्म उसले तस्वीरबाट अाखा हटाएन रे। म अनुमान गर्छु अहिले उ ती क्षणहरू सम्झिरहेको हुनसक्थ्याे, किनकि उसको मुहारमा पाेखिएका मुस्कान र अनाैठा भावहरूको विषयमा मैले उसंग धेरैपटक प्रश्न गरेको थिएँ, र अहिले त नसाेधिकनै ती बिम्बहरू पढ्न म अभ्यस्त भैसकेको थिएँ।

असिनाका ढिक्काहरू विस्तारै पग्लिदै जान्छन, र उ साेच्छ मन शायद य्स्तै हुन्छ, हिउँझैं जम्नु, पग्लनु, पानीजस्तै बग्नु वा वाफ भएर उड्नु अनि अस्तित्वहीन हराउनु............
अब स्पष्टै भनुँ, म यतिखेर त्यही जेरूसलायम सेल जहाव को जाेहारिस बुढाेको प्रसंगमा छु र अब याे प्रसंग शायदै दाेहाेरिने छ । म त्यही बुढाेको सुसारे उसका परिवर्तित दिनचर्याहरू कष्टपुर्वक झेलिरहेको थिएँ। त्यही साँझ उसको स्वास्थ्य अचानक बिग्रेपछि उसको मानसिक अवस्था कहिल्यै स्थिर भएन, सीधा अर्थमा मलाइ सधैं प्रेम, धर्म वा इतिहासका कथाहरू सुनाउने मेराे मालिक पागल भयाे,उसको मनाेवेग असन्तुलित भयाे।

तपाई को ध्यान खिचने र प्रसंग मा प्रवेश गराउने मेरो भित्री लोभ बाहेक यहाँ नेर मायाकाे प्रसंगकाे कुनै औचित्य थिएन न ता उसको कारन ले नै मेरो बुढो साथीमा मानसिक विचलन देखिएको नै थियो। इजरायल मा धेरै बुढा बूढी अल साइमर ले ग्रस्त छन। बुध्यौली मा प्रवेश गर्दा धेरै कुराहरु बिर्सदै जानु स्वाभिविक हो । इजरायली हरु यो अवस्था लाइ अल साइमर का बिरामी भन्न मन पराउछन तर यो अवस्था को वास्तविकता एग्रेस्सिव अल साइमरका बुढा बूढीको स्याहार गर्ने केयर गिभर लाइ मात्र थाहा हुन्छ उनिहरु लाई के थाहा?
(छोरा छोरी हरु प्राय बा आमा लाई हेरेर बसने चलन यहाँ छैन)

त्यस पछि का प्राय हरेक रात उ कराई रहन थाल्यो त्रान्कुलैज़रका मात्र हरु बढ़ाइए, तर उसको बिचालन शांत भएँन। हरेक पटक उसको डाक्टर संग भेटदा उसले निंद्रा को औषधि बदल्थ्यो वा मात्रा बढ़ाऊथ्यो,। एक पटक ता क्लोनेक्स नामक औषधि दिन थाले पछि त खान पिन छाडेर उ चौबिसै घंटा लट्ठ भै रह्यो । तर निंद्रामै बर्बराऊने क्रम भने रोकीएन ।उ आंख बंद गरेको अवस्थामा पनि पियानो बजाएको जस्तो हातका औलाहरु चलाई रहेको हुन्थ्यो, कहिलेकाही गीत पनि गाउथ्यो ।

मानिसको चेतना लाइ के ले अल्झाईराखेको हुन्छ? उसको मस्तिष्क का सबै स्नायु एकै पटक चुडीऐ जस्तै गरि उसले आफन्त, छोरा-छोरी, म सबै लाई बिर्सिएको थियो यहाँ यसलाई क्रिटिकल अल साइमर भनिन्छ ।
यस्तो अवस्था को बिरामी लाई हेर बिचार गर्नु डरलाग्दो पनि हुन्छ , ये बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको!एक बर्ष पुग्दै थियो सबैले नाछाड़ने नै सल्लाह दिन्थे ।

उ त त्यही नै थियो,केवल उसको बीमार ले उसको हालत बिगरेको मात्र हो भनेर मैले त्यही कम संग समझौता गरि रहे।
उसको चिड चिडाहत लाई साम्य पार्न म कहिले आफु लाई डाक्टर,उसको नाती अथवा छिमेक को रूप मा आफु लाई उभ्याउथें र त्यही अनुरूप फकाऊथें त्यस्तो बेला उ अनायास मलाई नै सोध्थ्यो -

मेरो केटो क्रिश चाहिं खोई त ?

त्यस पछि त धेरै पटक उसको स्वास्थ्य नाराम्रारी बिग्रियो । कतिपटक अचानक शक्ति गुमे जस्तो गरेर वेहोस हुने, ढलने र कहिले मृत्युको मुखमा पुगेको शिकार जस्तो डर लग्ने गरि चिच्याउने गर्न थाल्यो, त्यास पछि त्यों घर मा कहिले राम्रो गरि पियानो बज़ेन बरु रात भर घरै थर्कने गरेर विभिन्न खाले नाम हरु पुकारेका आवाज़ हरु छिमेकी ले समेत सुन्थे ।
उसले खाना खानु पनि छाडेको थियो ।

तरल पदार्थ दिन शुरू गर्नु भन्दा पहिले धेरै पटक म उसलाई सम्झाउने र फकाउने गर्थें- खाना नखाए तागत आउदैन तागत नभै कसरी बचिंछ? पहिले जस्तै उठ्नु पर्छ बगैचा घुम्न जानू पर्छ अनि यो सुंदर संसार हेर्नु पर्छ।
बगैचामा आउने रोज़ी,सुसाना,लिलाख हरु संग गफ गर्नु पर्छ,तिमी त अझै तन्नेरी नै छौ नि साथी !
उ मेरो कुरा को बिश्वास गर्दैनथ्यो,दिमाग खुस्किए पनि उसलाई स्पष्ट संग के थाहा हुन्थ्यो भने- यो केटो मेरो बृद्ध संवेदना खिचेर मलाई खुवाउन कर गर्दैछ । उसलाई म उस्माथि मजाक गर्दैछु भन्ने
पनि लाग्थ्यो। उ रिसाउथ्यो, झर्कंथ्यो, तैले मसँग ठट्टा गरेको,तै खा?उ कहिले काही त झम्टुला जस्तो गर्थ्यो ।

त्यस पछि पनि कति पटक मैले उसलाई व्हील चेयर म राखेर घुमाउन भने छाडिन, कहिले उ घर फर्कन मान्दैनथ्यो वा यो मेरो घर होइन /यो बाटो होइन भनेर हैरान बनाऊथ्यो । म पनि उसले जता जता भन्छ उतै डुलाई रहन्थे, थाके पछि उ भंथ्यो -सोफा उलम संसार को अन्तिम बिन्दु कहा हो, तिमीलाई था छ? हामी त्यही जानू पर्छ म त्यहाँ पुगे पछि अकास तीर चढछु । तिमी अगला लिएर घर फर्क ।
त्यस पछि भने मलाई हासो उठथ्यो उसलाई लाग्दो रहेछ यही कतै बाट स्वर्ग माथि उक्लन सकिन्छ । यूटा कुरा प्रष्ट थियो उसलाई बाचने इच्छा पटक्कै थिएन,मैले उसको नैराश्यता को बारेमा पनि डाक्टर संग सोधेको थिए, उनी भन्थे औषधिले मानिसको प्रतिरोधलाई उत्तेजित वा सक्रीय बनाउने कोशिश गर्न सक्छ तर जिजिबिषा लाई जगाउन सक्दैन,जिजिबिषा मर्नु अत्यन्त घातक हुन्छ ।





प्रकरण २
मे २९ २००८ बिहीबार


गर्मी को मौषम शुरू भै सके को भए पनि अस्पताल म रात बिताउनु चिसो महशुस हुन्थ्यो। वेलिन्सोन अस्पताल को साशा टावर म हरेक रात कुर्न थालेको लगभग २ हप्ता नाघी सकेको रहेछ,उसलाई कृत्रिम स्वाश प्रश्वाश अझ दिई नै राखिएको थियो ।म हरेक रात त्यहा रहन्थे,र बिहान घर फ़र्कन्थे । संबिधान सभा को चर्चा गणतंत्र को घोषणा जस्ता ताता राजनीतिक गतिबिधि ले नेपाल को राजनीतिवृत्त रंगिएको थियो र सो को कुतुहलता मेटन म भुई तल्लाको कंप्यूटर कक्ष मा कही क्षण हराउथे,सधै साँझ आठ बजे देखि दश एघार बजे सम्म यो क्रम चलिरहन्थ्यो।
अरु पनि थुप्रै बिरामी हरु थिए तिन का केयेर गिभर हरु पनि कोही राती त कोही दिउसो ड्यूटी बस्थे छेउ मा एउटी फिलीपीनी थिई -जूलियट ,उसको र मेरो बिरामी एकै पटक भर्ना भएका थिए कुरा गर्ने साथी भएका थियौं र उता अलि पर छेउ मा भने अर्की रसियन युवती थिई,अंग्रेजी र हिब्रू दुबै नज़ान्ने, तर कुरा गर्न भने एकदम उत्सुक रहंथी बेलुकी पख सम्म त उसका आफन्त हरु हुन्थे तर साँझ भने पुन मेरो बुढो साथी र म एक्लै रहन्थ्यौं ।

चुपचाप, सुनशान केवल अक्सिजन ट्यूबको र उसको शरीर मा जोडिएको सेंसर मशीनको एक्नासे आवाज़ मात्र रातभर गूंजी रहन्थ्यो, कहिलेकाहि हातको इशारा ले उ केही व्यक्त गर्न खोज्थ्यो उसको धड़कन अस्थिर थियो, त्यो सांझ पनि उ सधै जस्तै पल्टी रहेको थियो । उसका सबै आयामहरु बंद भएका थिए।

धूमिल हुदै गएको आवाज़ र इशारा ले चिकित्सक संग उ एकैपटक भंथ्यो मलाई तिमीहरु कति दुःख दिई रहन्छौ?
बचाउने हरेक कोशिश ले मेरो अन्तिम पल हरु अझ कष्ट कर अझ कष्टकर बनाएको छ । मलाई सजिलो गारी जान देओ उसका आँखा बात आंसूहरु बगिरहेका हुन्थे ।

दश बजे सम्म म इंटरनेट मै थिएँ, त्यास पछि भने म माथि गए उसलाई हेर्न २ हप्ता देखि उ धेरै नै गंभीर भैसकेको थियो । मनिटर ले उसको स्थिति बिग्रदै गएको संकेत गरि रहेको हुन्थ्यो। बेला बेलामा उसको नाडी निकै तल झरेपछि अलार्म बज्थ्यो नर्सहरु आउथे।

सफा गर्ने खानेकुरा वा औषधि दिने सबै काम हरु नर्सहरु ले गर्थे, हाम्रो काम चाही उसलाई अप्ठेरो भएको मह्सुश हुदा डाक्टर वा नर्स लाई ख़बर गर्ने र कुरेर बस्ने थियो । इजरायलमा घरै पीछे फरक फरक काम को अनुभव गर्दै आएकोमा यो अनुभव पनि भोगियो ।
क्रमश मधुरो मधुरो हुदै गएको उसको आवाज़ पूर्णत बंद भयो न त इशारा गर्ने चेतना नै उसमा रह्यो । म कहिले काहि बिस्तारै उसको गालामा स्पर्श गर्थे । एकै पल को निमित्त उ आँखा खोलेर फेरी अवचेतन संसार मा निदाउथ्यो र अब त त्यसो गर्न पनि उसले छाडेको थियो ।

मेरो एक बर्ष पुग्न अब धेरै बाकी थिएन, र एक बर्ष पुगेपछि थप तलब सुबिधा पाइने चलन छ। कम्तिमा त्यति चाहि बाचोस भनेर म सधै जस्तो प्रार्थना गर्थे,मान्छे कति स्वार्थी हुन्छ, मेरो स्वर्थिपना लाइ म यतिखेर आफै स्वीकार गरिरहेछु ।

त्यो दिन मैले बेलून किनेर उसको बेडको छेउमा झुंडयाए, यो देखेर फिलीपीनी मरी मरी हास्दै भन्दै थिई धंदा नमान अझै एक महिना त बाच्छ होला

पालैपालो परिवारका सदस्य हरु आउथे । उसको यो अवस्था भएकोमा दुखेको महशुश गर्थे ।अणि सांझ फ़र्कन्थे त्यस पछिका हरेक पल हरु तटस्थ भए ,जतिखेर हेर्दा पनि उस्तै -आवाज़ चाल महशुश शून्य .......।

मात्र उ बाचि रहेको छ भनेर चाही मनिटरमा देखिन्थ्यो ।
उ उस्तै निदाई रहेको थियो लगातार अलार्म बजे पछि डाक्टर अनि नर्स हरु भित्र पसे हामी बाहिर निकियौं,एकै छीन पछि अलार्म को आवाज़ बंद गरियो,र उसको मुहार बिस्तारै छोपीयो ।

त्यो मध्य रात उ सधै सधै को लागी निदाई सकेको थियो ।

बाहिर बिभिन्न प्रकार का झिलिमीली बत्ती र प्रकाश हरुले उसै गरि उज्यालो छरी नै रहेका थिए तर मैले त्यो पल अत्यन्त चक्मन्न गाढा अँध्यारो महशुश गरें ।


प्रकरण ३
मई ३० शुक्रबार


पालैपालो उसका संतान हरुले उसको पार्थिव शरीर अगाडी उसको आत्मा को चीर शान्ति को कामना गरे यहूदी धर्म अनुसार एकै छीन अन्तिम संस्कार को प्रार्थना गारी सके पछि, सभा सकियो ।

दिन धल्कदै गए पछि आकाश माँ लतपतिएका हल्का बादल हरु लाई चिरेर सूर्यको तातोपना र चमक अझै बिस्तारित नै देखिन्थ्यो ।

यहूदी हरु को जस्तै टाउको मा कचौरा जस्तो किपा नामक टोपी लगाएर म पनि त्यों अन्तिम यात्रामा सहभागी भएको थिए। मेरो बुढो साथी लाइ म यतिखेर व्हील चेयेर मा धकेलि रहेको थिइन ।किनकी बाच्दा कहिल्यै हात नदिने हरुपनि झुम्मिएर उसको यात्रा लाइ साथ दिई रहेका थिए, उसको निष्प्राण देह लाइ बडो जतनले डोरयाई रहेका थिए, म रित्तै थिएँ ।

अहो अब न त उसलाई डोर्याऊन पर्छ न त अगाला धकेल्न न त रातभर बर्बराएर उसले मेरो निंद्रा नै बिथोल्न आउछ, मेरा सबै समस्या हरु उसको अवसान संगै शुन्य भएका थिए ।

तर फेरी म किन अनौठो संग दुखी वा खिन्न भएजस्तो महशुश गरिरहेको थिएँ? के अल्झिएको थियो ? कही हराए जस्तो वा केही निभेजस्तो एक प्रकार को अनुभव ले म एकोहोरिएको थिए ।

मैले देखें त्यों परिसरमा थुप्रै चिहान हरुका लाम थिए कलात्मक ढुंगा मार्बल वा संगमरमर ले समेत सजाइएका सुंदर चिहानहरुका लहर पार गर्दै हामी उसको गंतव्य को अन्तिम बिन्दु तिर लम्कियौं मैले सम्झिएँ - बेत केनेसेट माँ पानी उसको विशेष आशन थियो सबै भन्दा अगाडी मंच जस्तो उच्च ठाउमा अशक्त भएर हिडनै नसक्ने अवस्थामा पनि उसलाई बिस्तारै त्यहिं नै राखिंथ्यो, म बिस्तारै मद्दत गर्थे ।

र आज उसलाई चिहान तिर लगिदै थियो । कहिलै नफ़र्कने गरि... हामी त्यहाँ पुग्यौं जहाँ बाट अब मेरो बुढो साथी कहिलै फर्कने छैन ।उ सधै सधै का लागी अस्ताई सकेको थियो ।न त उसले रोमंचक मूडमा मयाका सम्झना हरु अब सुनाउनेछ न त उसले यहूदी धर्म अनि जेरुसलम का बयान नै सुनाउनेछ।
छेउमा उभीने हरु भन्दै थिए तिमी गयोऊ अब हामीलाई कसले आशीर्वाद दिन्छ ?

मैले उसलाई स्याहार गतेको ठीक एक बर्ष भैसकेको थियो ।जहाँ मैले उसको घृणा रिस हासो आंसू दुःख अनि मानसिक बिचलन का अनेकौ रूप हरु नजिक बाट देखें, पाछिलो समय मा उसको मानसिक संतुलन हराए पछि मलाई अत्यन्त कठिन भएको थियो। त्यही बेला त हो नि मलाई इजरायल को यो काम देखि नै अत्यन्त वितृष्णा पलाएको । उ धेरै झर्काने र रिसहा स्वाभाव को भएको थियो ।

१ बर्ष पुरयाऊछू र छाडी दिन्छु भन्दै झेली रहें झेली रहें तर एक बर्ष पुग्न २ हप्ता अगावाई उसले नै संसार छाडेर गयो (शायद त्याही थाहा पाएर पो हो की! एक पटक त म आफै संग झास्किएँ)

यस्ता कैयौं घटना हरु समय ले लिएर आउछ, हामी संग जोड्छ अनि अनि फेरी कथा जस्तै त्यों सकिन्छ र नयाँ प्रकरण हरु शुरू hudai जान्छ तिन को के गणना ? मैले त्यो तथ्य लाइ पनि बुझेकै थिएँ र प्रकृति को नियम लाई पनि, तर धरती भित्र पुरिदा को अन्तिम घड़ीमा भने मैले आफुलाई सम्हाल्न अत्यन्त गार्हो भएको महशुश गरें। थाहै नपाई आखा हरु रसीला भए र केहिबेर सम्म अरुको नज़र बाट छोप्दै पर पर क्षितिज तिर हेरे जस्तो असफल बहाना गरि रहे । यतिखेर सम्म सूर्य ढल्कने क्रममा थियो, छेउमा बादल को पातलो धरसा रंगीएर रातो रातो भएको थियो ।



संगै रोई रहेकी उसकी छोरीले यो सबै देखि रहेकी थिई र मलाई इशारा गरि क्रिश! आऊ तिमी पनि बा को आत्मा को चिर शान्ति को लागी यो एवेन चढाऊ।
आत्मा फेरी फेरी सांसारिक मायामोह मा नफर्कियोस भनेर चिहान माथी पत्थर को नमूना चढ़ाउने चलन रहेछ । मैले पनि चुप चाप एउटा सानो टुक्रा ढुनगों उसको समाधि माथि राखिदियें ।उसकी छोरी धेरै बेर सम्म आबा लाइ छोपिएको माटो सुम्सुम्याउदै रोई रहेकीथिई ।

फर्कने बेला हामी मौन थियौं सबैका आंखा रसीला थिए मौनता लाई मैले नै भंग गरे,र भने सूली! तिमीले आबाका लागि बोलेका अन्तिम शब्दहरु के मेरो लागि अंग्रेजी माँ लेखी दिन सक्छौ? म त्यस लाइ मेरो भाषामा उल्था गर्नेछु ।

उसले स्वीकृति को इशारा गरी।

घरमा पुगे पछि उसले अंग्रेजीमा फेरी एक पटक पढेर सुनाई पढ़दा पढ़दै उ भावुक भएको मैले स्पष्ट देखे

आबा

तिम्रो हत्केला र निधार मा चुम्बन गर्न र स्नेह को अंगालो मा बाधिन तिम्री छोरी फेरी आई पुगेकी छ ।

तिम्रो श्रद्दाका लागि पोखिएका यी आंसू हरु र अन्तिम बिदाई को पीडा ले भारी भएका मन हरु सम्बत्सर को यो महान आकार लिएर तिम्रो स्वर्ग को पक्ष मा उभिऐ जस्तै लाग्छन।

तर तिमी जे थियौ,त्याही हुनु को निमित्त स्वर्ग भन्दा धेरै माथी स्वत बिराजित हुने छौ । तिमी प्रति को अगाध प्रेम ले म यसो भनी रहेकी छैन ।...... आबा, तिम्रो महानताको सत्य संग्लो पानी जतिकै स्पष्ट छ। हेर त, यो शोक सभामा झुकेका प्रत्यक माथहरु यतिखेर सम्म पनि तिम्रो हात को स्पर्श महशुश गरी रहेका छन । जसरी गल्ली चोक बगैचा र बेत केनेसेट आउदा जादा उनी हरु को शिर मा हात राखेर तिमी आशीर्वाद दिने गर्थ्यौ ।

तिम्रो सूक्ति ऋचा मन्त्र अनि आशीर्वाद का शव्द हरु पुष्प ले ढकीएको नश्वर देह बाहिर यो प्रांगन भरी अझै पनि गुन्ज़िरहेको सुन्छु र हावाका यी मंद बहावहरुमा पनि तिम्रो माया को मिठो आभास महशुश भई रहेको छ
र यो आभास यति जिवंत छ जहाँ मृत्यु का सबै माप परिधि र परिभाषा हरु रद्द भएका छन
त्यसैले त म भनिरहेकी छू ।

आबा
तिमी बाची रहेका छौ बाची रहने छौ
हामी संगै हामी भित्रै
सधै सधै का लागि !

छोरी सुलामित

समाप्त ।

भत्किएका पत्थरहरु

No comments

Saturday





भत्किएका पत्थरहरु
कृष्ण थापा इजरायल

आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचिसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म नियालीरहेँ ।…… म अहिले पनि आस्दोदमै छु यहाँ संगै काम गर्दा तिमीले भनेको भिक्षु उपासकका कथाहरु आजसम्म सम्झिरहन्छु । शायद वुद्धमार्गी भएर पनि हुनसक्छ तथागतका धेरै आख्यानहरु मेरो स्मृतिमा सधै ताजा रहेको छ जुन तिमीबाट सुन्न पन पराउँथे ।

<>
।र आज फेरि एउटा पाठककै हैसियतले सही तिमीले मेरो बुद्धधर्मको विषयमा केही लेखेको म पढ्न चाहान्छु । यहुदी इश्लाम वा कि्रशिचयनलाई छोएर लेख लेखि रहँदा तिमीले बुद्धलाई किन सम्झिएनौ यसलाई इष्र्या भन्छांै भने पनि मान्छु तर एउटा अङ्क बुद्धको लागि लेख है…॥





साथी निमा


पाठक प्रतिकि्रया भन्न पनि मिल्दैन इजरायल आएपछि शुरुको दिनमा उ र म आस्दोदमा संगै काम गथ्र्यौ । नयाँ वर्षको शुभकामना सहित उनले एउटा मेल सन्देश पठाएका रहेछन् ।

म के लेखुँ कुनै खास विषयमा केहि लेखुँ भनेर मैले कल्यिै केहि लेखेको छैन । शायद कुनै प्रसंगमा कतै धर्मका कुरा पनि आए होलान् तर तिम्रो आस्थाको उपेक्षा गरें भन्ने नठान । तिम्रो यो अनुरोध संगै मेरो सम्झनामा परशु प्रधानको माइ लिटिल वुद्धुको कथा स्मरण हुन्छ । जापानतिर पलायन भएका शेर्पा युवकको विवशता उनले समेटेका छन् यसमा । तिमीले पनि वौद्धका गल्लीहरुमा उनी व्यापारीको हैसियतले मानेपेमे गर्दै प्रेयर ह्वीलु घुमाउदा र आज इजरायलको सडकहरुमा ह्वील चेयर घुमाउदाको अन्तरमा तितो वास्तविकतासँग साक्षात्कार गरेका छौ । तिम्रो मेरो र हामी सबैको नियति इजरायलमा लगभग उस्तै छ । हामीसँग महत्वाकाँक्षा जोडिएका समयका घातहरु छन् । वौद्धिक शुन्यता भरिएका कर्महरु छन् अनि त्यहि कर्म गर्न हामी अभ्यस्त भएका छौं ।


तिम्रो सानो वुद्धलाई तिमीमा अनुवाद गरेर यस्तै केहि लेखुँ जस्तो लागेको थियो तर यस विषयले धर्मसंग कुनै सम्वन्धै राख्दैन जुन तिम्रो अनुरोध प्रति अन्याय हो । फेरि तिमी लेखको शीर्षक मानेपेम्मे हुँ राख भन्छौ । मित्र मानेपेमेको शाब्दिक आकारलाई श्पर्श सम्म गर्न सकें । यसको गहिराईमा चुर्लुम्म डुबेर लेखको शीर्षक नै मानेपेमे राख्ने साहस गर्न नसकेकोमा मलाई माफ गर्नेछौ ।


यसैपनि सन्दर्भ र अध्ययनको अभाव छ इजरायलमा । यदि तिमीले त्यो सानो वुद्ध प्रतिमाको सट्टामा धम्मपद वा नेपालीमा उल्था गरिएको कुनै वुद्ध ग्रन्थ उपहार दिएको भए सम्भव पनि हुन्थ्यो होला । तिम्रो अनुरोधको विरोधाभाष जस्तैलाग्ने गरि यसको शीर्षक "भत्किएका पत्थरहरु" लेखिरहेछु पत्थरहरु भित्रबाट तिमी वुद्धको आत्मा खोजि हेर ।







वर्षौ पहिले केन्द्रीय एशिया मध्यपूर्व यूरोप अनि भारत र चीनसंगको प्रमुख व्यापारिक मार्गको रुपमा विकसित भएको सिल्करोड अफगानिस्तानको वामियान उपत्यका हुँदै जान्छ । जस्को छेउमा उभिएका पहाडहरुबाट विशाल चट्टानी श्रृंखला शुरु भएको छ । आदिवासीको स्वर्ग जस्तै प्रतित् हुने ती चट्टाना पहाडमा अनौठा र अनकन्टार सुरुङहरुमात्र थिएनन् शताब्दीऔं पुराना कलाकृति र मूर्तिहरु यी चट्टानहरुमा कुदिँएका थिए । र मानव इतिहासकै सवैभन्दा विशाल बुद्धमूर्तिहरु कोषैपरबाट ती पहाडमा चम्किरहेका देखिन्थे । आजसम्म कुनै कालीगढले यस्तो विशाल भीमकाय मूर्ति किहं बनाएकै छैन । पत्थरको अग्लो पहाड नै मूर्तिमा ढालिएको यो विश्वकै सबैभन्दा ठूलो वुद्धमूर्ति थियो ।

सुन्दर वामियान उपत्यकाको सुरक्षार्थ यसको नजिकै एउटा पहरेदारी वस्ति वसाइएको थियो । ३००० मनिसहरुले यो उपत्यकालाई शत्रुका हातबाट बचाउन एउटा शहर नै निर्माण गरेको थिए । वाह्रौ र तेह्रौ शताब्दीतिरको त्यो शहरुलाईृ लालशहर भनिन्थ्यो जुन वामियान उपत्यका प्रवेश पूर्व ८०० फिट नजिकै थियो । १२२१ मा यहाँ जेंगिज खानका नातिले आक्रमण गरेको थिए । त्यो युद्धमा उनी मारिएपछि आक्रोशित भएका जेंगिज खानले वदलामा सारा वस्ति खण्डहरुमा परिणत गराइ दिएका थिए । यो आक्रमणपछि लाल शहरले कल्यिै जीवन्तता पाएन पौराणिक इट्टाका भित्ताहरु चाहि यथावत रहिरहे किनकी यो मरुभूमि शहरमा तिनको अस्तित्व सखाप बनाउन सक्ने भीषण वर्षा शायद कहिल्यै आएन होला ।

उता वामियान उपत्यकाको वुद्ध वस्तिबाट वुद्ध धर्मावलम्वीहरु सधै सधैंका लािग विस्थापित भएर गए । अफगानिस्तान भन्ने वित्तिकै आतँककारी ओसामा विन लादेनलाई खोज्दै अमेरिकाले ध्वस्त वनाएको मुस्लिम राष्ट्रको चित्रण हुन्छ-हाम्रो मनमा । तर हामीले सुनेको यही आतंकको थलो कुनैवेला हजारौ वुद्धगार्मीहरु भिक्ष्ा र तपस्वीहरुको तपोभूमि थियो । धर्मचक्रहरु घुमिरहेका त्यहाँका गुम्वाहरुमा खीटका धुन सँगै "ओम मणि पद्मे हुँ" का मन्त्रहरु गुञ्जिरहेका सुनिन्थे । मानव सभ्यताको विकास हुदै जाँदा शुरुको समयमा तेस्रो वा चौथो शताब्दी देखि नै यहाँ वुद्ध धर्म फक्रिएको थियो । "ॐ माने मेम्मे हुँ" को संकेत वुद्ध ध्वजाहरु गुम्वाका भित्ताहरु र घुमाउने चक्रहरु जहितिहं कोरिएको हुन्छ किन सम्मानित वुद्ध मन्त्र ॐ मणि पद्मे हुँ -ओम मानेपेमे चल्तीमा को प्रत्यक्ष कमल पुष्पको यज्ञमाथि मणिको अर्पण भन्ने जनाउँछ । यस मन्त्रोच्चारणले आत्मालाई मुक्तिको बाटोतर्फ डो-याउछ । यो सुक्तिलाई लाखौ वुद्धगार्मीहरुले दैनिक धार्मिक अभ्यासको रुपमा हजारौं पटक उच्चारण गरेर वा जप गरेर आफूलाई नितान्त अनाशक्त शान्त र पवित्र बनाइरहेका हुन्छन् । मणिको अर्पणले वहुमूल्य जुहारतको दान भन्ने प्रत्यक्ष अर्थमात्र राख्दैन कि यसले लोभ लालच आशक्ति र व्यग्रतालाई पन्छाएर मनलाई दुःखबाट छुटाउछ । वुद्धधर्ममा यसको महत्व र अर्थ यति व्यापक छ कि यसले सुख शान्ति समृद्धी खुसी र ज्ञान र महामुक्तिको सम्पूर्ण कामना एकैपटकमा गरेको हुन्छ ।





चीनको हिमाली भूभाग सम्म लम्बिएको ुहिनुदक्रशु पहाडि श्रृंखलाको अन्तिम लहर र लालशहरलाई काखमा राखेर तरेली जस्तै परेको ुकोही बाबाु पहाडी श्रृंखला । यी दुई पहाडी श्रंृखलाहरुको बीचमा शान्तिको सुन्दर वामियान उपत्यका अवस्थित थियो जुन अफगानिस्तानको काबुलदेखि करीब २३० किलोमिटर पर रहेको छ । विशेषतः तेस्रो शताब्दी देखी नवौ। शताब्दीसम्म यहाँ बुद्ध धर्मावलम्वीहरुको घना वस्ती रहेको थियो पछि विस्तारै इश्लाम धर्मको प्रभाव वढ्दै गएको कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

चिनीया तीर्थयात्री हुआङ साङले वामियान उपत्यका सन् ६३० मा भ्रमण गरेको थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्- "हजारौं भिक्षुहरु र दशवटा गुम्वाहरु भएको वामियान वुद्धिष्टहरुको केन्द्र हो । ती आश्चर्यलाग्दा भीमकाय वुद्ध प्रतिमा जुहारतले सजिएको रंगिन र सुन्दर थिए । यति बिशाल चित्राकर्षक मूर्ति भविश्यमा शायदै वन्नेछ ।" उनले अझ अर्को तेस्रो वुद्ध मूतिको विषयमा पनि उल्लेख गरेका छन् तर त्यो धेरै पहिले नष्ट गरिएको मनुमान गर्न सक्छौ ।

साच्चै नै आजसम्म त्यो अति नै भिमकाय वुद्धको प्रतिमा कतै बनेकै थिएन जसलाई दुष्ट तालिवानीहरुले केवल पत्थरमात्र देखे र विश्वकै अमूल्य सम्पदा सधैंको लागि भत्काएर धार्मिक कट्टरताको परिचय दिए ।

कुनै समयमा ती बुद्ध प्रतिमाहरु कोषौ परबाट सम्म निश्चय नै सुन्दर अलौकिक देखिन्थे होलान् । तामाका मुहार र हातहरुयुक्त ती दुई प्रतिमाले संसारमा वुद्धज्योति छरिरहेको जस्तो लाग्थ्यो । बाह्रौ शताब्दीसम्म वामियान भारतीय उपराज्य गान्धाराको अधिनमा थियो । वुद्धमार्गी वा हिन्दुहरुको धार्मिक क्षेत्र तथा धर्म दर्शन र ग्रीक-भारतीय कलाको केन्द्रस्थलको रुपमा स्थापित भएको थियो ।

गुम्वाका भिक्ष्ाहरु वामियानका पत्थरी पहाडका गुफाहरुमा कुटी बनाएर ध्यान गर्थे । ती मध्य धेरैले गुफाहरुमा र नीर्जीब पत्थरहरुमा बुद्धधर्मका अनेकौं आकॄति कुंदेर जीवन थपेका थिए । वामियान उपत्यकाका ती पौराणिक अवशेषहरु र दुइ विशाल बुद्ध आकृतिलाई युनेस्कोले विश्व सम्पदासूचिमा सुचिकृत गरेको थियो । एउटा वुद्ध प्रतिमा ५०७ र अर्को सन् ५५४ मा निर्माण भएको अनुमान छ । जसको उचाई क्रमशः १२५ फिट र १७५ फिट थियो । वुद्धधर्म फैलिएको त्यो कालखण्डमा ती चट्टानी पहाडभित्र तस्स्या गरेर शान्तिको खोजिमा लागेका भिक्ष्ाहरुले वर्षौको मेहनत लगाएर संसारकै गौरव ती पत्थरका प्रतिमाहरुको सृजना गरेका थिए । उभिएको मूर्ति विरोचनको र वसेको मूर्ति शाक्यमूनि वुद्धको थियो । हजारौ वर्ष अघि अनकन्टार चट्टानी गुफाहरुमा सांसारिक मोहबाट टाढा रही भूमिगत जस्तै अलप भएर तपस्या गर्ने तपस्वीहरुले त्यो अग्लो चट्टानी पहाडलाई नै खोपेर वुद्ध आस्थाको कलामात्र देखाउन खोजेका थिएनन् उनीहरुले कुदेका प्रतिमाका प्रत्येक वस्त्र गहना वा अंग आकृतिहरु प्रेम शान्ति र सहनशिलताका प्रतिक थिए ।

विरोचनको यो एतिहासिक सिला आत्मालाई ढुंगामात्र ठानेर करिव १ महिना सम्म सैयौं रकेट गि्रनेट र विस्फोटकहरु प्रहार गरेर मानव धर्म विरोधीहरुले क्रुरताको कस्तो उदाहरण देखाउन खोजेका थिए जसले विश्व समुदायलाई नै आश्चर्यमा पार् यो । हाम्रो युगको सवैभन्दा दुखदायी घट्ना घटाएर आफ्नै समुदायबाट समेत आलोचित र कलंकित भएका उनीहरुले पत्थरमाथि आक्रमण गरेर धर्मको अर्थलाई नै भत्काउन पुगे ।

वामियान वुद्धमाथिको आक्रमण धेरै पहिले देखि नै गरिदै आएको थियो । विश्व राजनीति िहंश्रक र अशान्त वन्दै गइरहेको परिपे्रक्ष्यमा यस्तो कि्रयाकलापलाई हामी शान्तिमाथिको आक्रमणको संज्ञा दिएर हेर्न सक्छौं । पश्चिम भारत र अफगानिस्तानलाई वाह्रौ शताव्दीतिर धांजीका मुहम्मदले आक्रमण गरेपछि त्यहाँका धेरै गुम्वा र अन्य कलाकृतिहरु लुटिए वा नष्ट गरिए । इश्लाम प्रसारकहरुद्धारा कैयांै पटक ती विशाल प्रतिमाहरु भत्काउने प्रयासहरु भए । तर ती प्रतिमा भत्काउनु पहाड फुटाउनु जस्तै कठिन थियो । अन्तिम मुगल सम्राट औराङजेवले पनि धार्मिक इष्र्याको कारणले बाँकी रहेका कलाकृतिमाथि वारुद र तोपगोला वर्षाएर कुकर्मको हद पार गरेका थिए भने त्यसरी नै नदीर शाह नामक शासकले पनि ती मूर्तिमाथि निरन्तर आगो लगाएर नष्ट गर्ने असफल कोशिष गरेको थिए ।

बामियान बौद्धस्थल यूरोप भारत र चीन बीचको ऐतिहासिक व्यापारिक केन्द्रमार्ग त थियो नै साथै तीर्थयात्री भिक्ष्ा योगी वा लामो यात्राका व्यापारीहरुको अस्थायी आवासको रुपमा पनि ती चट्टाना गुफाहरु रही आएका थिए । पछिल्ला वर्षहरुमा ती खुल्ला र चिसा गुफाहरु अफगानिस्तानको िहंसात्मक गुहयुद्धको चपेटामा पि_िल्सएका आन्तरिक शरणार्थीको वासस्थान पनि भएको थियो ।

दुष्टहरुका कैंयौ कोशिष वावजुद पनि हामीले पाइला टेकेको २१ औ। शताब्दीसम्म ती भीमकाय प्रतिमाहरु यथावत रहेका थिए तर आजको यो चेतनसिल युगमा आइसकेर पनि हामीले तिनलाई यसरी गुमाउन पुग्यौ। कि विश्व समुदायले केही गर्न सकेन । मानव शान्ति माथि मानवरुपी दानवहरुद्धारा यसरी नै जघन्य आक्रमण भइरहेको छ । अर्को तिर चेतनशील वर्गहरु निरिह भएर मौनता अंगाल्न विवश भइरहेको छन् । तालिवानीहरुको घृणित कार्यले मानव सभ्यतामै दाग लगायो । चट्टानहरु संगै यसले धामिृक सहिष्णुतामा विश्वास गर्ने सबै मानिसहरुको विश्वास माथि आघात पुर् यायो । पर्वत समान प्रतित हुने ती प्रतिमाहरु महायाना वुद्धमार्गका महान विम्बहरु थिए । जसले भिक्ष्ा वा तपस्वीहरुमात्र नभई जो कोही पनि आत्मज्ञानको उज्यालो प्राप्त गर्न सक्छ भन्ने पे्ररणा दिइरहेको हुन्थ्यो । ती ऐतिहासिक वुद्ध प्रतिमाहरुको महत्व र मूल्य आजको पुस्ताको लागि अमापनीय थियो अनमोल थियो । लामो वामियान उपत्यकाको चट्टानी पहाड जसले हिन्दुकुश र कोहीवावा पर्वनीय श्रंखलालाई विभाजन गरेको छ त्यहाका ती धरोहर भत्काउन प्रयुक्त वम विष्फोटको आवाजले शान्तिप्रेमी सम्पूर्ण मानव समुदाय त्रसित हुन पुग्यो ।


मान्छे भित्रको बुद्ध आत्मा स्वार्थले पुरिदै गएको छ । आज समस्त शान्ती प्रीय मानिससमा यस्ता कुकृत्यको विरुद्धमा कसरी प्रश्तुत हुने सोच्न सकिरहेका पनि छैनन् । व्यस्तता मानवीय समवेदना हीनता र आधुनिकताले निम्त्याएको परिणाम हो यो । आफू बाहेक अरुको अस्तित्व स्विकार्न नचाहने र प्रदुषित मानसिकता बोकेको समुदाय धर्म वैमनस्ययुक्त विश्व राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुबीचको असन्तुलनको प्रभावबाट यसरी दिनदिनै निरिह बुद्धका सहनशिल मनहरु निशाना वन्दै गइरहेका छन् ।

ऐतिहासिक स्थलहरु मूर्ति-मन्दिर वा सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने कालचेतना आजका शिक्षित मानिसहरुमा मात्र नभै वामियानका भेडा बाख्रा चराउने किसानहरु वा पर्यटकलाई खानेकुरा र पानी पुर् याउने स्थानीयहरु बीच पनि उत्तिकै थियो । तर िहंस्रक शैतानी मन बोकेका धार्मिक अगुवाहरु जो अिहंसा शान्ति विश्व वन्धुत्व र मिलनसारिताको आध्यात्मिक सन्देश फैलिएको हेर्न चाहदैन थिए उनीहरु सम्पूर्ण विश्वले आपत्ति विरोध र खेद प्रकट गर्दा पनि इतिहासकै घृणित र लज्जास्पद कार्यमा सफल भएरै छाडे ।

कट्टर राजनेताको उत्तेजित मनोवेगको विनाशकारी यो निर्णयले धर्मसंग मात्रैपनि सम्बन्ध नराखेर ज्यादा राजनिति र आतंकवादी गतिविधि संग सरोकार राख्छ भनेर धेरै विश्लेषकहरुले ठम्याए । सन २००६ मा तिनै विशाल मूर्ति र वौद्धक्षेत्रको सेरोफेरोको विनाश खिचिएको ूदि जियान्ट बद्धजू नामक डकुमेन्ट्री बनाइयो यसमा त झन के प्रमाणित गरेर देखाईएको छ भने- विनाशकारी त्यो आदेश २००१ मार्चमा इश्लाम नेता मुल्लाह ओभारको नभै आंतककारी नेता ओसामा विन लादेनको थियो जसले पछि अमेरिकाको ट्वीन टावर ध्वस्त गर्ने आदेश पनि दिएका थिए ।

जब जब धर्मको क्षति हुन्छ र पापकर्म वढ्दैजान्छ तव म अवतार लिनेछु भनेर कृष्णले महाभारतमा भनेका छन् । इश्वरीय अवतारको रुपमा नै सही अन्तत्वगत्वा आतंककै वहानामा भए पनि तालीवानी क्रुर शासकहरुको विनाश भएरै छाड्यो । लादेनलाई संरक्षण गरेको र आतंकको थलोको रुपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरि तालिवानीहरुलाई पतन गराएपछि धेरैले त्यो घट्नालाई आध्यान्मिक रुपमा गाासेर विश्लेषण गरे । त्यसो त अमेरिकी अभियान आफैमा अर्को आतंङ्क हो भनेर विश्व समुदायमाझ आलोचित भइराखेको छ । हामी त्यता नजाउँ यतिमात्र बुझौं मूर्तिमाथि अन्याय गर्नेहरु धेरै दिन टिकेनन् ।

निमा तिमीले थाहा पाएका थियौ हालका इजरायलका राष्ट्रपति सिमोन पेरेजले टेम्पल माउनट भित्रको मुस्लिम वाहुल्यता रहेको धार्मिक स्थलमा प्रवेश गर्दा यहुदीहरुले इजरायलभरी कत्रो विरोधको आगो सल्काएका थिए ! तिम्रो समुदायले पनि वुद्धमूर्ति भत्काएको त्यो क्षणमा के हिन्दु वा मुस्लिमजस्तै या कि्रशिचयन वा यहुदीहरु जस्तै विपक्षको मन्दिर मस्जिद वा चर्च भत्काएको आगो वाल्ने र पुस्तक ग्रन्थहरु जलाउने कार्य गर्न सक्दैनथ्यो र

तर अहँ उनीहरु वुद्ध मार्गमा हिडेका थिए । स्वभाविक रुपमा तिम्रो समुदायबाट खेद र आपत्ति त आयो तर यसले संघर्ष र रक्तपातको कुनै बाटो लिएन । सधै झै बुदमार्गीहरु उस्तै शान्त मौन र सहनशील रहिरहे । उनीहरु बुद्ध प्रकृतिजस्तै नितान्त उद्धेगरहित सागर बनिरहे । फलस्वरुप तिम्रो वुद्धका कालिगढ भिक्ष्ाहरु सन २०१० भित्रमा त्यही महान वुद्ध त्यहि स्थान र त्यही आकारमा निर्माण गरिरहेछन् र सहनशिलताको अर्को इतिहास कोरिरहेछन् ।

अफगानिस्तानमा वुद्धमार्गीहरु विस्थापित भएर मुस्लिमहरुको जगजगि भएपश्चात पनि त्यो ऐतिहासिक वामियान उपतयका र हजारौ वर्ष पुरानो विशाल बुद्ध प्रतिमा बुद्ध समुदायको लागि गौरवको पर्यटकीय क्षेत्र बनेको थियो ।

यद्यपी धार्मिक स्थलको रुपमा स्थानीयहरुले स्थापित हुन भने दिएका थिएनन् । कतिपयलाई त त्यो वुद्धको मूर्ति थियो भन्ने सम्म पनि थाहा थिएन । शाक्यमुनिको वसेको प्रतिमालाई उनीहरु कुनै स्त्रीको मूर्ति भनठान्थे र विेरोचनलाई पुरुषको आकृति । वुद्ध धर्मावलम्वीहरु त्यहाँ कोही बस्तैनथे ।

पछिल्ला धेरै वर्ष देखि यता त्यहाँ कुनै गेरु वस्त्रधारी बुद्ध भिक्ष्ाहरुले मानेपेमे हुँ भन्दै हिडेको देखिएको थिएन । न त भत्कदै गएको बुद्ध प्रतिमा र खण्डहरुको अस्तितवमा रुपान्तरित भै सकेको गुमवाहरु र ढुंगे गुफाहरुमा धर्मका कुनै मन्त्र वा भक्ति संगित गुिाजएको नै थियो । पर्यटकीय धरोहरका रुपमा भ्रमण गर्नेहरु त धेरै भए होलान् तर त्यहाँ धार्मिक तीर्थयात्राको लागि वुद्धमार्गीहरु नगएको धेरै वर्ष भैसकेको थियो ।

मान्छेको नयाँ वस्ती र नयाँ समाजको निर्माण संगै धार्मिक राजनितिक उचारचढाव र पिल्स्याइहरुबीच भत्किदै गएको त्यो पत्थरको मूर्तिबाट वुद्धको आत्मा पहिले नै हराइसकेको थियो कि ! शायद हुन सक्छ तिमीहरुले यस्तै केही सोच्यौ कि भनेर विश्व सशंँकित पनि भएको थियो । तिमीहरुको मौनता र मूर्तिमा आत्माको प्रतिस्थापन गर्ने परम्पराले यस्तै सोच्न वाध्य वनाएको थियो । तर तिमी विरोधमा नआएको त्यो कारणले थिएन ।

वुद्ध त शान्ति हो तिमीहरु शान्त भयौ । तिमीले कसैलाई शत्रु देख्नै सकेनौ अज्ञानीहरुको भूलको लागि सँघर्णमा जानु तिम्रै धर्मले दिएन । प्रतेक ढुङ्गाहरुमा वुद्ध आत्मा वाँचिरहेको थियो जसको भौतिक स्वरुप भत्काइदा तिम्रो मन दुखे पनि सधै अटल र निश्चल रहेको तथागतको शान्त आत्मिक स्वरुप र शान्तिप्रतिको आस्था तिमीले भंग हुन दिएनौ ।

गोपाल योाजनको यो गीत जस्तैः

समर खेल्न शत्रु छैन
जित्नुपर्ने युद्ध छैन
शान्ति भन्दा पर अर्को
भेट्नुपर्ने वुद्ध छैन ।
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI