Responsive Ad Slot

Showing posts with label Ghazal. Show all posts
Showing posts with label Ghazal. Show all posts

खबरदार !!!

No comments

Friday

सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछि
जनताको छातिभित्र आन्दोलन जलेपछि ।

भत्कनेछ खंडहर झै सामंती संरचना
दरबरिया नीरंकुशे बंधन जलेपछि ।

फ़र्किनेछन आगोका लपकाहरु आफैतिर
सचेत नागरिकमाथीको दमन जलेपछि।

बिर्सियौ की इतिहास कोरिन सक्छ भन्ने
क्रांतिमा जनताको जिउधन जलेपछि ।

मजदूरी गर्न छाडी कैयौ ‘सेतु’हरु आउछन
शासकले आगो बाल्दा मन जलेपछि ।

र यसबेला म यो ग़ज़ल लेखि रहेको छैन , म ती लोकतान्त्रिक, आन्दोलन का दिन हरु सम्झी रहेको छु जतिखेर म नेपालमै थिए र यी शब्दहरु त्यो सांझ कोरिएको थियो,जतिखेर आन्दोलनमा सहभागी “सेतु बिस्वकर्मा” को राज्य द्वारा हत्या गरिएको थियो
र आज नेपाल संघीय लोकतान्त्रिक गणतंत्र घोषित भैसकेको छ,ती ज्ञात अज्ञात शहीद हरुलाई यो भन्दा सुंदर श्रद्दा सुमन के हुन सक्छ?
नया नेपालले गणतांत्रिक अभ्यासको क्रममा प्रारम्भमा केही अप्ठ्याराहरु झेल्नु पर्ने त स्वभाबिक छ तर हाम्रो राजनीति फेरी संघार मै अल्झिएको छ परिवर्तन को नाउमा शुरूमै पदका लागि देखिएको यो खिचातानी र बिषमताले नेपाली जनता मा के संदेश दिईरहेको छ त ?
राजसंस्था ढालेर गणतंत्र को घोषणा गर्नुलाई नै अन्तिम लक्ष्य ठानेर आफु आफैमा बझियौ भने,
राजनीतिकर्मिहरू ! तिमिहरू फेरी चुक्न सक्छौ,
खबरदार !!!
कृष्ण थापा
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI