कृष्णपक्ष

krishnathapa.com

यसपालिको विश्वकप २०१० भकुन्डे भिडन्त भर्खरै सकियो । आशा छ भकुन्डे ज्वरो(football fever)ले सताएका वेचैन र बिथोलिएका रातहरु अब सामान्य हुनेछन । साउथ अफ्रिकाको जोहनसवर्गमा भएको फिफा विश्वकप समापन समारोहको रौनकमा यसपाली सकिरा प्रमुख आकर्षण बनिन् ।

टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हेर्ने करोडौं दर्शक तथा मैदानमा उपस्थित हजारौं फुटबलप्रेमीहरुका बीच स्टेडियममा आएर सकिरा "वाका वाका....." भन्दै छमछमी नाचे पछि सकर सिटी अझ धुमधाम संग रंगियो । उनको सौन्दर्य, सङ्गीत र नृत्यको जादुले त त्यसै पनि मोहित बनाएकै थियो, यसबेला भने उनको सकर संग (भकुण्डो गीत) सबैको मुखैमा झुण्डियो -

जामिनामिना जेंगालेवा, वाका वाका ए ए ....




धेरैले दक्षिण अफ्रिकामा पहिलो पटक भएको फुटबल हेर्न टेलिभिजन अगाडी भोक तिर्खा र निन्द्रै समेत माया मारे रे । भकुण्डोको यो कस्तो नशा ? कसैले गज़ब गज़ब्का कविता लेखे कसैले ब्लग टासो पनि टास्न भ्याए, कसैलाई भने यो गोलरुपि महाजात्राले कामकाज समेत भद्रगोल बनाएको कुरो पनि सुन्न्नमा आयो । फेसबुकको स्टाटस्मा यसबारे केर्ने त कति भए कति भनि साध्य भएन । ब्लग तथा वेवकर्मीहरुले पनि कुनै न कुनै माध्यममा यो जात्राको प्रसारण गराए ।

सकर सिटीको अन्तिम उत्सवमा मेस्सी, रोनाल्डो, काका जस्ता चर्चित अनुहारहरु देखिएनन अर्थात सबैले दाबेदार मानेर बाजी ठोकाठोक गरेका टिमहरु लाखापाखा लागेपछि अन्तिम चरणको महाभिडन्तमा उत्रिए नेदरल्याण्ड र स्पेन । घमासान घम्साघम्सी हुदै निर्धारित समय गोलरहित बाराबारीमा सकिए पछि थप समयमा स्पेनका आन्द्रेजले गरेको निर्णायक गोलले पहिलो पटक स्पेनलाई विश्वकप फुटबल २०१०को उपाधि चुम्न सफल बनायो ।धेरै रमाइला र रोचक कुराहरु भए, अर्जेन्टिनाले जिते नांगै दौडने म्याराडोनाको इच्छा धन्न पुरा हुन् पाएन भने, पाउल नामक अक्टोपसले खेल विजेताको सही भविष्यवाणी गरेर अचम्मित पनि बनाए ।

आखिर भिडन्त सकियो, प्रारम्भमै स्विजरल्याण्ड संग हारेको स्पेनले उचाल्यो विश्वकपको त्यो सुनको ट्रफी । समापनको अन्त्यमा फेरी एकपटक वाका वाका गुन्जियो । साकिरा सँग नाच्न जान नपाए पनि इजरायली च्यानल एकमा कोबी पेरेजले हामीलाई उनको बल्बेली..... भन्ने गीतमा नचाए । अब मान्छेको घुइंचो पनि हरायो, तर टिभीको स्क्रिन छाडेर विश्वकपको नबुझिने बोल भएको थिमसंग् घरि घरि कानैमा बज्न थाले पछि एउटालाई सोधें, ए यो वाका वाका भन्या चाहि के रैछ हँ ?

व्याकरणका हिसाबले कुनै खास अर्थ नभएको तर कुनै वर्ग वा समुहले ठट्टेउलो गरि बोल्दा बोल्दै पछि खुब प्रचलित भएको शव्द रैछ यो - अफ्रिकन भाषामा। अर्थ चाहि गर वा अगाडी बढ, भन्ने हुदो रैछ त्यसको । अनि जामिनामिना जेंगालेवा भनेको चाही अफ्रिकन भाषामा कहाँबाट आएको रे । अर्थात जहाँ बाट आएको भए पनि, गो अहेड.... (दिस टाइम फर अफ्रिका ) !

बढ्दो तापक्रम र फुटबल जोरोले तातेको मौसममा आएको साकिरा जस्तै यो "हट" गीत बुझ्दै जादा साकिराले अफ्रिकाको कुनै एउटा पुरानो लोकप्रिय गीतलाइ रिमिक्स गरेर गाएकी पो रैछ, - गुगल दाइ र युट्युबले देखाए । आजकलको जमानामा केको मौलिकता ? यो रिमिक्सको खेति चाहि जहाँ पनि खुबै फस्टाउदो रहेछ भन्ने कुरा बुझियो । यी दुइ भिडियो हेर्नुस त...














कहिले काही एउटा निश्चित समुह वा वर्गका केटाकेटीले आफ्नो समुहले मात्र बुझ्ने भाषा बनाउछन । यसो गर्नु रमाइलो हुन्छ। अरुले हतपत नबुझेर ट्वाँ पर्यो भने त झन् मजै बेग्लै। विशेष गरि यस्तो कलामा केटीहरु अलि माहिर हुन्छन । कारण अरुले सुन्न र बुझ्न नमिल्ने तिनेर्का भित्रि कुरा धेरै हुदा हुन् ।

भर्खर भर्खर केटीहरुका माझ फ्रुट स्टाटसको चलन चल्यो फेसबुकमा । पायल शाक्यले भित्तामा लेखिन - strawberry । अर्थ चाहि अलि पछि थाहा पाइयो एकजना साथीको ब्लग मार्फत। त्यो भनेको - deep in love रैछ । त्यस्तै Happy being single भन्नु पर्यो भने Mango लेख्नु पर्ने रैछ । अनि pineapple को अर्थ चाहि hate love रैछ। अनि apple चाहि Just suffered from a breakup रे ।

स्कुले हुदा देखि नै हाटा" भन्ने शव्द खुब चलाइयो, अहिले पनि जारी छ, अर्थ चाहि एउटै हो, बिचमै टाप कस्ने। अर्थात हाजिर गर्यो टाप कस्यो । त्यति बेला हाफ टाइममा टाप कसिन्थ्यो । यता इजरायलमा पनि यस्ता शव्दहरु आविस्कार भएका छन । फेसबुकमा लेख रचना र कविता लेखिरहने मित्र दिप्सजीले एकदिन कुराकानीको क्रममा भन्नु भयो - अनि कृष्णजी तपाइको सोड़को खबर के छ त ? यो SOD भनेको चाहि Source of dollar रहेछ अर्थात इम्प्लोयेर वा पैसाको बोट। यस्तै अहिले बाल मतलब र खल्लीबल्ली भन्ने शब्दले यता रमाइलो तहल्का पिट्न थालेको छ ।

एक दुइ दिन सम्म यो भकुन्डे जोरो र वाका वाकाको रन्कोले छोडेन भने मलाइ पनि यस्तै भाषाको आविस्कार गर्दीम कि जस्तो लागि रा'छ .. के छ बिचार ?

वाकामन वाकालागे वाकाकमेन्ट वाका लेख्नुस वाका नलागे वाका भैगो ।(अब वाका हटाएर पढ्नु होला ;)

यस्तै यस्तै :

  1. ओहो हजुर , सकीराको वाका वाका सुनेपछि त निकै छिटो अपडेट भैसकेछ यो ब्लग | जारी राख्दै गर्नुहोला | यसपालीको लेख साँच्चै धमाकादर लाग्यो है |

    ReplyDelete
  2. सकिराको वाका वाकाले त अहिले चारैतिर धुम नै मचाउँदै छ नि ।
    सूचनामूलक छ लेख !!

    ReplyDelete
  3. पुरानो गीत नि राम्रो रहेछ.... भाषा नबुझे नि जुरुक्क उचाल्ने संगीत....तर ... मज्जाले रन्कायो यसपाली वका वकाले पनि.... उसो त सकिराको आफ्नै दमै बेग्लै ...

    वका यस्तो वका राम्रो वका पोष्ट वका लेख्ने वका अनि वका कमेन्ट वका भने वका कसरि वका भैगो वका यार ;)

    ReplyDelete
  4. Anonymous13 July, 2010

    कृष्ण जी!! एकदम स्वादिलो र फुर्तिलो अनी सान्दर्भिक लेखको लागि यहाँलाई धेरै बधाई छ। हसाउनुभएन मात्रै मलाई फनक्कै फर्काएर फेरी उही स्कुले र १०+२ को अल्लारेवय मा पुर्याइदिनुभयो। "हाटा" यो शब्द निक्कै प्रचलित थियो हामी माझ त्यो बेला शायद यो धादिङ्गे हरुकै पेवा पो थियो कि!! जुनसुकै बिषयवस्तुलाई रोचक र घोचक साथै समसापेक्ष र सन्देश्मूलक मात्र नभएर मनोरन्जनात्मक समेत बनाउन सक्ने खुबी नै तपाईंको लेखाइको अझै भनुँ आख्यानको ब्यक्तता अद्भूत शिल्पकला हो। यो सम्भावनै सम्भावनाले भरिएको कलम र कला लाई कहिल्यै बिश्राम नदिनुहोला। म आजीवन आजीवन यहाँको कलमी उद्गार यसैगरी बिबिध रुपमा ग्रहण गरिरहने अपेक्षा गर्छु।

    DEEPS Shah

    ReplyDelete
  5. २०१० को भकुन्डे कप सिद्धिएपनि यो साकिराको वाका वाका चाहि नमेटिने भयो बिश्वसमुदायामा बर्षौसम्म। सुरिलो भाकामा निकै मिठो पाराले पस्कनुभयो टासो पढीरहू जस्तो गरि । यो strawberry,pineapple. mango.sod कोड भाषा चै मलाई नौलो नै भयो ।

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!