कृष्णपक्ष

krishnathapa.com

क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो



यस्तै यस्तै :

  1. प्रतिभा12 May, 2009

    चोटिलो व्यंग्य, समय सान्दर्भिक छ कृष्ण जी,

    ReplyDelete
  2. तपाई त आजकल राजनीतिक ग़ज़ल पो धेरै लेख्न थाल्नु भयो त!

    ReplyDelete
  3. कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
    तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो
    malai ta sarhai man paryo ho krishna jee yo sher

    ReplyDelete
  4. प्रतिभा आशमा र दिनेशजी लाइ धेरै धेरै धन्यवाद कमेन्टको लागि धेरै धेरै धन्यवाद ! हो दिनेश जी मलाई नि अहिले तपाइले भने पछि यही शेर अली बढ़ी नै मन परयो ।

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!