मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।
अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।
वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।
छाया जस्तै हासो खुसी , कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।
उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ
कृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।
कृष्णपक्ष
krishnathapa.com- आर एस एस पढनुहोस्
- फेसबुक पेजमन पराउनुहोस
- मेरो ट्वीटरफलो गर्नुहोस
- मेरो प्रोफाइलसाथी बन्नुहोस
म कृष्णपक्ष
रंग र कुची चलाउँछु
तपाईंको वेब-साइट पनि बनाउछु ।
म चित्र कोर्छु, रङ र कुचीलाई प्रेम गर्छु । म साहित्य पढ्न सिर्जना गर्न र शव्दहरु सँग खेल्न रमाउछु । कला र सिर्जनासँग अटुट प्रेम भएकैले मैले अहिले यही काम थालेको छु - वेब डिजाइन । यो इन्टरनेटको युग हो, संचारको तीव्रतालाई आत्मसात गर्दै अगाडी बढ्ने हो भने तपाईं या तपाईंको संस्थाको अनलाइन उपस्थिती अनिवार्य भईसकेको छ । तपाईंको वेव उपस्थितीलाई सुन्दर, कलात्मक र प्रभावकारी बनाउने काम कृष्णपक्षले गर्छ ।
hi@krishnathapa.com
मायाको मीठो अपेक्षा भरेर गजल नै रसिलो बनाउनुभएछ । के गर्नु यस्तै त होला माया भन्ने चिज, पर्खदापर्खदै बूढो भइने, नहेर्दा पनि धेरै कुरा देखिने । हराएको मायाबारे पोखिएको मार्मिक भाव पाएँ मैले ।
ReplyDeleteतपाईँको ब्लगमा पहिलो पाइला राखेँ आज कृष्णजी । नयाँपन पक्कै छ । तर मैले भने अक्षर ज्यादै मसिनो देखेँ । निरन्तरताको कामना !
धाईबाजीलाइ प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !
ReplyDeleteम मेरो ग़ज़ल लेखनको प्रारम्भिक चरणमा छु लेख्दै गरुला, हो दोश्रो साइड बार र कमेन्ट का अक्षर हरु साह्रै नै साना छन, एकपटक मिलाउने कोशिश गर्दा ले आउट नै भत्कियो, फेरी पनि कोशिश जारी छ, तब सम्म यस्तै नै है त ?