कहिलेकाही मन परे यस्तो पनि लेखिन्छ । कारण उ एउटा गतिमा बगिरहेको समाजको बहाव विपरित हिड्छ, कारण उ आफ्नै मनको कुरामात्र सुन्छ , कारण उ अटेरी छ.... कारणहरुको फेरहिस्त लामो हुन् सक्ला । त्यसैले पाच शेरहरूमा जति अटेका छन, आउनुस यो गज़ल नै सुन्नुस न त ।
धेरैबेर एक्लै एक्लै रमाइस बहुलाहा
मनले खा'को बाटो जब समाइस, बहुलाहा ।
कोरीको खुट्टा ढोगी धेरै ठूला भए यहाँ
नमानेर तैंले नाम कमाइस, "बहुलाहा"
ढाँट्ने, छल्ने, झुठ बोल्ने, हुन्छ उत सद्दे मान्छे
सत्य बोली आफूलाई बनाइस, "बहुलाहा"
मालिकको दास हुन टीको थाप्न अरु जाँदा
तैंले चाहिँ हक मागी भनाइस, "बहुलाहा"
तेरो कथा बदनामीको लेख्छ साले -कृष्णपक्ष
किन यस्तो दाग कालो लगाइस, बहुलाहा ?
"ढाँट्ने, छल्ने, झुठ बोल्ने, हुन्छ उत सद्दे मान्छे
ReplyDeleteसत्य बोली आफूलाई बनाइस, "बहुलाहा" "............
सत्यबादीहरुलाई पागल करार दिने यो जमानालाई तिखो प्रहार हो तपाईंको यो "पागल"!
विद्रोही चेत प्रगाढ छ । संसार यस्तै त छ, सत्य र न्यायको पक्षमा डट्यो भने एक्लो टापुमा रनभुल्लिनुपर्छ, पागलकै हैसियतमा । पाखण्ड समाजलाई दह्रो झापड हो यो ।
ReplyDeleteकृष्ण पक्षको झटारो दह्रै तालमा उछिट्टिएको छ .... यस्ता शाब्दिक झटारोले पक्कै पनि फल भने झार्न सफल हुन्छ !
ReplyDelete"धेरैबेर एक्लै एक्लै रमाइस बहुलाहा
मनले खा'को बाटो जब समाइस, बहुलाहा ।"
अलिकति व्यंग्यपरक यो गज़लमा आफ्नो धारणा व्यक्त गर्नु हुने सबैमा हार्दिक धन्यवाद छ !
ReplyDeleteधेरैबेर एक्लै एक्लै रमाइस बहुलाहा
ReplyDeleteमनले खा'को बाटो जब समाइस, बहुलाहा ।
वाह! यो मतला शेरले क्या मज्जा दियो त्यो लेखेर बताउन सक्दिंन ।
मैले केहि दिनदेखि यो शिर्षक देखेर गजबको कथा हुनुपर्छ भन्ने सोचेको थिएँ । त्यसैले फुर्सद लिएरै पढ्न आउने सोचेको थिएँ ।
विकृत परम्पराको किनारमा गजलले गह्रौं बुटले कुल्चिने आँट गरेको छ|गजल दमदार लाग्यो!
ReplyDeleteकृष्णपक्ष जी, खै यो गजल मलाइ भने अली अनौठो नै लाग्यो ।
ReplyDeleteवाचन गर्नै जानीन त्यसैले भनेको ।
एक पटक कसैले वाचन गरेको सुन्न मन छ कृष्ण जी । कृपया बन्दोबस्त मिलाइदिनुस्न है ।
तर जस्लाइ भन्नु भयो तीनमा यतीसम्म बुझ्नसक्ने शायद कमैहोलान् ।
मालिकको दास हुन टीको थाप्न अरु जाँदा
तैंले चाहिँ हक मागी भनाइस, "बहुलाहा"
तोडको लाग्यो कुरो । गज्जब छ ।
यसको मिटर ४+४, ४+४ मा आधारित छ, बिश्राम्ले अल्मल्याएको हुनसक्छ फेरी एकपटक पढ्नुस आफै थाहा पाउनु हुन्छ, अल्मलिने ठाउ कतै छैन ।
ReplyDeleteढाँट्ने, छल्ने, झुठ बोल्ने, हुन्छ उत सद्दे मान्छे
ReplyDeleteसत्य बोली आफूलाई बनाइस, "बहुलाहा"
एथार्थ कुरो !!!गजब को गजल ..!!