यो मान्छे मान्छेको अनुहार बाँचेको
समयको क्यानभासमा तेरो एउटा अनुहार
किन छोपिएको छ ?
किन मेटिएको छ ?
किन बेखबर छ तेरो सपनाको रंग ?
उत्सव मनाउने हरुको भिडमा
विजयको खुसीको र तृप्तिको
भन् कृष्णपक्ष
तँ भित्रको मान्छे किन लेख्न सक्दैन
जिन्दगीका कविताहरु ?
एकै निमेषको लागि सहि जो निर्धक्क हासेको होस्
एकै दिवसको लागि सहि जो खुसि खुसि बाँचेको होस् ।
हो यतिखेर तँ एउटा प्रश्न उभिएको छस
लेख्न नसकिएका थुप्रै थुप्रै उत्तरहरूको
केर्न नसकिएका थुप्रै थुप्रै खाकाहरुको
र गाउन नसकिएका थुप्रै थुप्रै भाकाहरुको
संवेदनाहीन नियतिको क्यालेण्डरमा
गते नै नभएको एउटा खालि कोठा
तँ रित्तो रित्तो बाँचेको छस
ए शुन्य संगालेर बसेको क्षण,
ए रात भित्रै हराएको प्रकाश,
ए कालो भुइंमा मुछिएको रंग
ए सधैं उज्यालो हारेको कृष्णपक्ष !
यसरी मौन, यसरी चुपचाप, यसरी बेखबर
यसरी ढुक्क कति बस्छ्स ?
एउटा प्रश्न सोध्न मन लागेको छ
तेरो अराजक देश जस्तै
तँ मनपरी गर्न पाउँछस ?
कृष्णपक्ष
krishnathapa.com- आर एस एस पढनुहोस्
- फेसबुक पेजमन पराउनुहोस
- मेरो ट्वीटरफलो गर्नुहोस
- मेरो प्रोफाइलसाथी बन्नुहोस
म कृष्णपक्ष
रंग र कुची चलाउँछु
तपाईंको वेब-साइट पनि बनाउछु ।
म चित्र कोर्छु, रङ र कुचीलाई प्रेम गर्छु । म साहित्य पढ्न सिर्जना गर्न र शव्दहरु सँग खेल्न रमाउछु । कला र सिर्जनासँग अटुट प्रेम भएकैले मैले अहिले यही काम थालेको छु - वेब डिजाइन । यो इन्टरनेटको युग हो, संचारको तीव्रतालाई आत्मसात गर्दै अगाडी बढ्ने हो भने तपाईं या तपाईंको संस्थाको अनलाइन उपस्थिती अनिवार्य भईसकेको छ । तपाईंको वेव उपस्थितीलाई सुन्दर, कलात्मक र प्रभावकारी बनाउने काम कृष्णपक्षले गर्छ ।
hi@krishnathapa.com
No comments: